युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
365 पटक पढिएको

उमेश रोकाया,बाजुरा-  वर्षौंपछि गाउँमा चक्की घट्ट सञ्चालनमा आएपछि घण्टौ पिठ्युँमा बोकेर घट्ट पिसन जान बाध्यता अन्त्य भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ स्थित बोर्ता गाउँमा चक्की घट्ट सञ्चालन गरिएको छ। यहाँ पुर्खा देखि गाउँमा पानीको अभावले गर्दा समस्या भएको हो।

 

स्थानीय प्राय खाना रोटी खाने गरेको कारणले गाउँमा घट्ट नहुदा कोदो, गहुँ र मकै पिस्नका लागि जतारामा प्रयोग गर्ने गरिन्थ्यो। जतारा पिसेर रोटी खाना धेरै समस्या आउने गर्थे। गाउँमा कुनै घट्ट नहुदा ठुलो समस्या अलमल परेका थियौं। घट्ट गएर गेडा पिसन रुगिनको खोलामा गएर दुई घण्टा पैदल गरेर जानुपर्ने बाध्यता रहेको थियोे। लामो बाटो हिडेर आवतजावत गर्न पनि जटिल समस्या भएको हो। घण्टौ हिडेर पिठ्युँमा गेडा बोकेर घट्ट पिस्ने काम गरिन्थ्यो स्थानीय मदन भण्डारीले बताउनुभयो। आजभोलि हिमाली गाउँपालिका सहयोगमा गाउँमा नयाँ चक्की घट्ट सुरु गरिएको छ। बोर्ता सबै बासिन्दा खुशी भएका छन। गाउँमा करिब १ सय १५ घरधुरी परिवार बसोबास गर्दै आइरहेको छौँ। विगतका दुख पिडाहरु लाई अहिले समाधान गरिएको छ। यो हाम्रो अहिले गाउँपालिका आर्थिक सहयोग बनेको चक्की घट्ट हो। गाउँमा चक्की घट्ट सुरुवात गरेको दुई हप्ता भएको छ। यसले गर्दा गेडा पिसनका लागि सबै स्थानीयलाई सहज भएको छ।

 

गाउँमा बिजुली जडान गरिए संगै विशेषगरी बत्ती बाट चलिरहेको छ। त्यसमा सबै स्थानीय खुशी व्यक्त गरेका छन। गाउँ बाट घट्ट पिस्नका लागि टाढा जानुपर्ने बाध्यता हिमाली गाउँपालिकाले हटाइएको छ। पहिलो टाढा २ दिन लगाएर गहुँ र कोदो पिस्नका घट्ट धाउनुपर्ने अवस्था थियोे। अहिले चक्की घट्ट घरको दैलोमा रहेकोे छ। लामो समयदेखि पिठ्युँमा भारी बोकेर हिडेर आवतजावत गर्ने अवस्था दूर भएको छ। हामी अहिले घरबाट १ मिनेटको बाटो नजिकै रहेकोे छ। चक्की घट्ट सञ्चालन संगै एक जना गाउँमा रोजगार पनि पाएका छ। गाउँमा चक्की घट्ट चालु भएपछि छिटोछरितो तरिकाले गेडा पिस्ने गरेका छन। गाउँपालिकाले पुरानो दुख हटाइएको हुँदा धन्यवाद समेत दिएका भण्डारी बताए। अहिले गाउँमा चक्की घट्ट निर्माण भइ सुरु भएको हुँदा त्यसमा खुशी छौँ। हाम्रो गाउँपालिकालाई स्थानीय बासिन्दाले धन्यवाद दिएका छन। पहिले भनेपछि घट्ट पिसनका लागि दुख पिडा पाइन्थ्यो। १ देखि २ दिन सम्म लाग्ने गरेका थियौं। घट्ट पिसनका लागि अर्को गाउँमा गएर राती बास बसेर पनि पिसेर ल्याउने गरिने अवस्था थियोे। अहिले गाउँमा चक्की घट्ट सञ्चालन आएपछि रिगा, ह्याङ्लु, रुगिन र फैती गाउँका खोलामा जानुपर्ने रहेकोे थियो।

 

अहिले हाम्रो गाउँमा सुबिधा भैरहेको छ। पुरुष भन्दा महिलालाई घट्ट पिसन जादा जुन खालको पिडा छ त्यसलाई महसुस गर्दै अहिले विशेषगरी गाउँपालिकालाई सहयोगका धन्यवाद दिएको स्थानीय धनलाल लुवारले बताएका छन। प्रायः गाउँमा जतारोमा गेडा पिसेर रोटी खाने गरेको हुन्थ्यो। घट्ट पिसनका लागि धेरै टाढा धाउनुपर्ने बाध्यता रहेकोे थियो। पहिला धान कम फल्ने धेरै जसो अन्नबाली हुने ठाउँका मान्छेहरू रोटी खाएर पेट पाल्ने गर्थे। गाउँमा भन्दा घट्ट टाढा हुँदा निकै कष्टकर गर्नुपर्ने अवस्था थियोे। पुर्खा धेरै लामो समयपछि गाउँमा घट्ट पिसन पाएका छन। गाउँमा सेवा सुबिधा हुँदा स्थानीयहरु सहयोग मदत भएको छ। चक्की घर आगनमा सञ्चालनमा आउँदा सारै खुशी छौँ। गरिब जनतालाई दुख देखेर घट्ट पिसन दुनियाँ ठाउँमा धाउनुपर्ने समस्यालाई गाउँपालिका सहयोग गर्दा समाधान भएको छ।

 

अहिले चक्की घट्ट बनेपछि गाउँ भन्दा टाढा धाउनुपर्ने बाध्यता हटेको छ। गाउँमै सुरु गरिएको चक्की घट्टको पिठो रोटी खान पाउदा हामी सबै गाउले खुशी भएको स्थानीय भण्डारीले बताए। गाउँमा घट्ट नहुदा बोर्ता गाउँ स्थानीयहरु लाई घर भन्दा एक दुई दिन लगाएर अर्को गाउँमा घट्ट पिसेर ल्याएने गरेका थिए। त्यो समस्यालाई समाधान गर्न गाउँपालिका बाट कुटानी पिसानी भनेर ४ लाख रूपमा बजेट हालेको हो। अहिले गाउँमा घट्ट भनिसकेपछि गाउँ अधिकास मान्छेलाई सहज भएको छ। घण्टौ हिडेर अर्को गाउँमा गएर धाउनुपर्ने बाध्यता अहिले हटेको हुँदा स्थानीय बासी खुशी भएको हिमाली गाउँपालिका ४ वडा अध्यक्ष भिमानन्द पाण्डेले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!