युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
144 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला सदरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट सञ्चालनमा रहेको “बहसमा बार्जु,बाजुरा महोत्सव” २०८१ मा हिजो चर्चित गायक लोकदोहोरी क्षेत्रको हस्तीका रुपमा चिरपरिचित रामजी खाणले बेजोड प्रस्तुती दिदै महोत्सवको महोल तताएका छन् । लोकदोहोरी क्षेत्रको स्टेज किङ्गको रुपमा चिनिने लोकदोहोरी गायक रामजी खाणको प्रस्तुतिले महोत्सवमा झन रौनकता थपिएको थियो भने महोत्सव हेर्ने आम दर्शकहरु गायक खाणले झुमिझुमी नचाउँनु भएको थियो । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै नाम कमाउँन सफल गायक खाणले आज महोत्सवमा प्रस्तुती दिदै महोत्सव हेर्ने सम्पुर्ण दर्शकहरुलाई नचाउँनु भएको हो । महोत्सवमा उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्देगर्दा सम्पुर्ण दर्शकहरुले उनलाई उनलाई साथ दिएका थिए । महोत्सवको एघारौ दिन सोमबार साँझ बाजुराको चिसो मौसमलाई न्यानो पार्दे गायक खाणले प्रस्तुती दिदै महोत्सवको माहोललाई ताताएका हुन् ।

 पछिल्लो समय नेपाली गित संगीतमा निकै चर्चा कमाएका गायक रामजी खाणको प्रस्तुती हेर्नका लागि जिल्लाका बिभिन्न ठाउँबाट मानिसहरु आएका थिए । खाणको प्रस्तुती हेर्न साना बालबालीका देखि बुढापाखाहरु महोत्सव परिसरमा पुगेका थिए । नेपालको पुर्व पश्चिम देखि मेचि महाकालीसम्मका आम ब्यक्तिहरुको मन मुटुमा बस्न सफल गायकले प्रस्तुती दिदै गर्दा निकै कोलाहल समेत मच्चिएको थियो भने दर्शकहरु खुलेर नाचेका थिए । गायक खाणको स्टेजमा आगमन भए सँगै चारैतिर वाहवाह संगै हल्ला फैलिएर उनको गिमा नाच्ने दर्शकहरुको संख्या ह्वात्तै बढेको थियो । उनले आफ्ना चर्चित गितहरु,अमिलो रसैले,जिम्बल बाउकी छोरी,पानको पत्तामा,फुल फुलेर पहेलै भयो,तिमि राम्रो हासोले,जाम भन्यो लाहुरेले,बोलका दर्जनौ  गितहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।


स्टेजमा गएर आधा दर्जन भन्दा बढी गितहरु प्रस्तुत गरेका गायकले आम बाजुरेली दर्शकहरुको माया पाएका छन् । खाणको प्रस्तुती रमाउँन महोत्सव भित्र स्टल राखेर ब्यबसाय गरीरहेका ब्यबसायिहरु पनि नाँच्नको लागी स्टेजतिर लम्किएका थिए । साँफ पखको सिरसिरे हावा संगै मिठामिठा गितबाट गायक खाणले आम दर्शकहरुलाई भब्यताका साथ मनोरञ्जन दिएका थिए । उनले प्रस्तुती दिर्दे गर्दा प्राय ननाच्ने कोहि थिएनन् कतिपयले शरिरकै लुगा फुकालेर महोत्सव स्थलभित्र नाँच्नुका साथै मनोरञ्जन गरीरहेका थिए । उनको प्रस्तुतीमा आज दर्शकहरुले महोत्सव स्थल भरिभराउ रहनुका साथै दर्शकको निकै बाक्लो उपस्थित रहेको थियो । खाणले गित गाउने बित्तिकै दर्शकहरु हौसिएका थिए। उनको प्रस्तुतीमा साना बालबालीका देखि युवायुवती र बुढापाखा समेत झुमेका थिए । उनको प्रस्तुतीमा सबैले एकसाथ दिएका थिए खाण संगै दर्शकहरुको साथ र सहयोगले महोत्सवको माहोल तातेको हो ।

दिनहुँ राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका कारण महोत्सवमा दर्शकहरु बढ्दै गएको महोत्सव सांस्कृतिक संयोजक राजेश (पायल) बि.क.ले बताउनुभएको छ । महोत्सव सुरु भएको दिन देखि आजसम्म महोत्सव भब्यताका साथ सञ्चालन भईरहेको र ख्याती प्राप्त कलाकारहरुका प्रस्तुती रहने कार्य जारी रहको उनले बताएका छन् । महोत्सवमा सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, स्टलमा घरेलु तथा हस्तकला, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका रहेका छन् । जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त गत बैशाख २८ गतेदेखि महोत्सव संञ्चालन गरीएको महोत्सव मुल समारोह समितिका अध्यक्ष हर्क खडायले बताएका छन् ।


महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक रामजी खाण,गायिका शोभा थापा,गायिका बिमला थापा लगायत अन्य स्थानिय कलाकारहरुका प्रस्तुती रहेका थिए भने मंगलबार महोत्सवमा ख्याति प्राप्त गायिका जसलाई स्टेज किङ्गको रुपमा चिनिने ज्योती मगर,(हास्यकलाकार) गुड्डु बली ( बाजुरेली बज्यै) र मोडल राजेश (पायल) बि.क. लगायतको प्रस्तुती रहने भएको छ । महोत्सवमा चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,गजल उत्सव,साहित्य साँझ,कृषि उत्पादन,जडिबुटी,बाजुराको सांस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकाश,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!