बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई जे.आइ.जेट संस्थाको आर्थिक सहयोगमा हाते ट्याक्टर वितरण गरिएको छ। गाउँपालिकाको समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको हो। हिमाली गाउँपालिका ४ फैती र लेप्डी कृषक समुह र ६ का बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर हाते ट्याक्टर वितरण गरेका छन।
दुई वटा आलु ब्याक बनाउन पनि मिल्ने र जोत्ने मिल्ने खालको हाते ट्याक्टर दिएको छ। २ वटा जित्न मिल्ने खालको कृषक समुहलाई हस्तान्तरण गरिएको छ। आधुनिक उपकरण प्रयोग गर्दा उत्पादनमा वृद्धि आउने भएको छ। श्रम कम लाग्ने संगै कृषकलाई हल्लो जोतेर दुई चार दिन दिन लाग्ने ठाउँमा हाते ट्याक्टर प्रयोग गर्दा २ घण्टा भित्र काम गर्ने भएको छ। उत्पादन वृद्धि हुनु संगै श्रम खेर जानलाई जोगिने र काम छिटोछरितो हुने भएको हिमाली गाउँपालिका कृषि बिकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।
हाते ट्याक्टर वितरण कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, कृषि बिकास प्रमुख टोपबहादुर शाही, जे.आइ.जेट संस्थाका प्रतिनिधि इन्द्रजित सुनार लगायत कृषक समुह उपस्थितिमा हाते ट्याक्टर बितरण कार्यक्रम गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।











