धनगढी : बझाङमा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–७ को ठुलीखाली जंगलमा बुङ्गल नगरपालिका–१० डौडकी ४५ वर्षीय प्रमा बागको रुखबाट लडेर मृत्यु भएको हो।
उनको बिहिवार दिउँसो घटना स्थलमा नै मृत्यु भएको बझाङ प्रहरीका सूचना अधिकारी व्यापक चन्द्र शाहले बताए। स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी बेस देउलेखबाट प्रहरी हल्दार बासुदेव तेलीसहितका तीन जनाको टोली घटना स्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय, बझाङबाट प्रहरी निरीक्षक व्यापक चन्द शाहसहितको टोलीसमेत घटनास्थल तिर गएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।दिनेशखबरबाट…