बाजुराः भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा हुन गईरहेको कुकुर तथा बिरालाको बन्ध्याकरण शिविर भोलीबाट सन्चालन हुने भएको छ ।रेबिज रोग नियन्त्रणका लागि कुकुर तथा बिरालाहरुमा बन्ध्याकरण शिविर सन्चालन गरीने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ ।
कुकुर बिरालाहरुको जनसंख्या धेरै भई कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन बिज्ञ केन्द्रले सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण सुरु गर्ने कार्यालयले जनाएको छ । बन्ध्याकरण शिविरमा जिल्ला भरिका सामुदायिक कुकुर लगायत बिरालोको बन्ध्याकरण गर्न लागिएको हो। ।
सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि उक्त शिविर सञ्चालनगर्न लागीएको हो । पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु शिविरको उद्देश्य रहेको छ । रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले शिबिर सञ्चालन गर्न लागीएको कार्यालयले जनाएको छ ।