बाजुरा- भारतकाे नयाँ दिल्लीमा राेजगार गर्दै आएकी एक महिला २ छाेरा छाेरी छाेडेर अर्कै सँग फरार भएकी छन ।
बाजुरा जिल्लाकाे त्रिवेणी नगरपालिका वडा नम्बर ६ घर भएकी मिना खड्का रहेकाे उनका श्रिमान भरत बहादुर खड्काले लाेकतन्त्र विहानी न्यूजलाई बताएका छन ।
फरार मिनाकाे माईति घर बडीमालिका नगरपालिका वडा नम्बर ५ मना रहेकाे प्रवासी नेपाली जन समाजका केन्द्रीय सदस्य छत्र बुढा (सी) ले जानकारी दिएका छन । उनी बिगत ९ बर्ष देखि राेजगारीकाे शिलसिलामा भारतकाेनयाँ दिल्ली स्थित रानीबागमा बस्दै आएका थिए । उनका श्रिमान भरत बहादुर खड्काका अनुसार मिना त्रिवेणी नगरपालिका वडा नम्बर ६ पैमा घर भएका धन बहादुर साँउदसँग भागेकाे खुल्न आएकाेछ ।
अहिले भाग्ने र भगाउने दुबै जनाकाे खाेजि कार्य भैरहेकाे उनका श्रीमाले बताएका छन । समाचारमा दिएकाे तस्विर अनुसार फेला पार्नु हुँने महानुभावहरुले प्रवासी नेपाली जन समाजका केन्द्रीय सदस्य छत्र बुढा (सी) काे सम्पर्क नम्बर +917678154500 मा सम्पर्क गरिदिन अनुराेध गरेका छन । भाग्ने महिलाका एक छाेरा र एक छाेरी रहेका छन ।