युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
458 पटक पढिएको

लोकतन्त्र बिहानी न्युज,बाजुराः पछिल्लो समय गीत सङ्गीतको क्षेत्र मार्फत नवउदित गायक अंकुश बि.शी.ले आफ्नो पहिचान बनाउँदै गएका छन् । लामो समयको प्रयासपछि युवा गायक अंकुश बि.शी. ले गित संगितको क्षेत्रमा लागेर बिस्तारै आफुलाई चिनाउँदै गएका हुन् । गित संगीका माध्यम मार्फत उनले आफ्नो पहिचान समेत बनाउँदै गएका छन् । कतिपय कलाकारहरु अरुको देखावटीपनमा नाम राख्नलाई कलाकारितामा लाग्ने गरेको भएता पनि गायक बि.शी. भने लामो समयको निरन्तर प्रयास पछि गित संगितको यात्रामा आफ्नो बिस्तारै पहिचान बनाउँदै अगाडी बढेका छन् । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा.नं.९ मलालगाउँमा जन्मनुभएका नवउदित युवा गायक बि.शी पछिल्लो समय आफ्नो साङ्गितिक क्षेत्रमा अगाडी बढ्दै गएका छन् । निरन्तरको प्रयास पछि गायक बि.शी साङ्गितिक क्षेत्रमा अगाडी बढ्दै गएका हुन् ।

सानै उमेरदेखि गायन क्षेत्रमा रुचि राख्दै आएका गायक बि.शी. बिभिन्न स्कुल,शुक्रबार्षिय कार्यक्रमम बार्षिक उत्सव,शुदुरपश्चिममा गाइने देउडा तथा ठाडी भाका गितहरु गुनगुनाउँदै आएका उनी पछिल्लो समयमा आफ्नो कलाकारीता क्षेत्रलाई सबै दर्शकको सामु अगाडी बढाउँदै आएका छन् । बि.सं.२०६२ साल चैत्र २ गते बुबा टेक बहादुर मिजार र आमा कोकिला मिजारको कोखबाट मलालगाँउमा जन्मेका उनी आफ्नै गाउँको सामुदायिक बिद्यालय रत्न मा.वि.बिद्यालयमा कक्षा ८ मा पढदै गर्दा देखि गित संगितको क्षेत्रमा बढी जसो रुची राख्दै आएका गायक बि.शी.अहिले त्यहि गित संगित क्षेत्रमा थप प्रगती गर्दे गएका छन् । स्कुलमा हुने कार्यक्रममा मिठामिठा गित सुनाएर सबैको मन जित्न सफल हुँदै शिक्षकको माया ममता संगै घरपरिवारको आत्मिय सल्लाहबाट उनी बिस्तारै गित संगितका केहि गर्नुपर्छ भन्ने उदेश्य बोकेका उनीले आफ्नो कला गलालाई निर्खार्दे बिस्तारै सबैको माया ममताले गित संगितमै केहि गर्नुपर्छ भन्दै लागेका उनी अहिले प्राय सबैको मन मुटुमा बस्न सफल पनि भएका छन् ।

सानैमा आफ्नो घरकै वरीपरी गितहरु गाउँने,संगै नाँच्ने उनी गित संगितलाई माया गर्दे केहि गर्नुपर्छ भन्दै मनमा आँट साहस बोकेर बाजुरा जिल्लामै जन्मनुभएका चर्चित सर्जक राजेन्द्र शाह.बि.पि.संगको भेटघाट उहाँको माया र साथ सहयोगले उनी अहिले गित संगितको क्षेत्रमा अगाडी बढीरहेका छन् । सर्जक शाहको मिठो माया साथ सहयोगबाट आफ्नो गायक बन्ने सपना पुरा हुने धोको बोकेका गायक बि.शी. साँच्चै गायक बन्न पुगेका छन् । शाहको साथ सहयोगलाई आजभोली गायक बि.शी.ले हरपल कोटी कोटी प्रमाण गर्ने गरेका छन् । उहाँको साथ सहयोग नभएको भए सायद संगितको यात्रा मेरो लागी सपना मात्रै हुने थियो गायक बि.शी. बताउनुहुछ । आदरणिय गुरु राजेन्द्र शाह बि.पी. को माया ममताले आज थोरै भएता पनि गित संगितको यात्रालाई अगाडी बढाईरहेको गायब बि.शी. बताउनुहुन्छ ।

सर्जक शाहको सुझाव सल्लाह ग्रहण गर्दे गित गाउँने धोको पुरा हुने भयो भन्दै उत्साहित भएका गायक बि.शी. कक्षा १० को परीक्षा दिएर कामको शिलशिलामा भातरतिर गएका उनी दुई चार महिना मात्रै काम गरेर स्वदेश फर्केका उनीले २०७९ साउन २९ गतेका दिन आफ्नो पहिलो देउडा गित जसमा राजेन्द्र शाह बि.पी. को लय,बिनोद बाजुरेलीको एरेञ्जर र गायिका गौरी भट्ट र आफ्नै आवाजमा रहेको गित कैका पणि फेला नामक देउडा गित रेकर्ड गरेर केहि समय पछाडी स्वयम् आफैले अभियन गरेर उक्त गितको भिडियो सहितको  सांगितिक बजारमा ल्याउन सफल भएका थिए । त्यसपछाडी गायक बि.शी.खुसीले गदगद हुँदै अझै गित संगितको क्षेत्रलाई माया गरेर अगाडी बढाउँदै लिने बाचा सहित आजभोली निरन्तर गित संगितको यात्रामा तल्लिन रहेका छन् । गित संगितमा आजभोली आफ्नो छुट्टै पहिचान बनाउँदै उनी अगाडी बढिरहेका छन् । सानैदेखि गित संगितलाई माया गर्ने गायक बि.शी. आजभोली जिल्लाभित्र वा बाहिर हुने बिभिन्न मेला महोत्सवमा आफ्नो कला प्रतिभालाई प्रस्फुटन गर्दे आफ्नो पहिचान संगै दर्शकहरुको माया ममता पाइरेका छन् ।

गायक बि.शी.मा गितका शब्दहरु समेत कोर्ने क्षमता संगै राम्रो अभिनय समेत गर्ने खुबी रहेको छ । बाजुराको स्थानीय कला संस्कृतिलाई जर्गेना गर्दे गायक बि.शी.संगितको यात्रामा निरन्तर लागी परेका छन् । आफुलाई चिनाउन तथा आफ्नो पहिचान बढाउँनका कलाकारिता क्षेत्रमा उनी दिनरात लागी परेका छन् । गायक बि.शी.को सानैदेखिको कलाकार बन्ने सपना बिस्तारै पूरा हुँदै गएको छ । एक सामान्य परिवारमा जन्मिएका  बि.शी.अहिले करिब १९ बर्षका भए ।सानै उमेरमा बजारमा गित ल्याईसकेका गायक बि.शी .फेरी तत्काल अर्को गित सांगितिक बजारमा ल्याउने तयारी गरीरहेका छन् । उनको अर्को देउडा गित जसमा राजेन्द्र रावतको लय शब्द,राजेन्द्र बाजुरेलीको एरेञ्जर र गायिका गौरी भट्ट र उनकै आफ्नै आवाज रहेका गित ठुलो रैछ धनै नामक गित सांगितिक बजारमा आउँने तयारीमा रहेको छ । त्यस गितले गायक  बि. शी लाई थप हौसल प्रदान गर्ने बिश्वास रहेका छ। एकपछि अर्को गर्दे आफ्नो गित संगितको यात्रालाई निरत्तरता दिदै उनीले आफ्नो पहिचान समेत बनाउँदै गएका छन् ।

घरको आर्थिक अवस्थाका त्यति राम्रो नभएका कारण पढाई लाई चाहेर पनि राम्रो बनाउन नसकेका उनीले गित संगितको यात्रालाई भने थाती राखेका छन् । घरकै मेलापात बाट सुरु भएको उनको कलाकारिता अहिले जिल्ला मा हुने मेला महोत्सव र अन्य कार्यक्रमहरुमा उनको माग बढन थालेको छ । अझै आफुलाई कालाकारिता क्षेत्रमा अब्बल बनाउन निकै मेहनत गरिएरहेको र आगामी दिन हरुमा पनि अझै आफ्नो कलालाई बढाउने तयारीमा रहेको गायक बि. शी.ले बताएका छन् ।मानिसको जिवनमा गित संगित महत्वपुर्ण  पाटो भएका कारण आफुले आफ्नो जिवनमा गित संगितलाई सधैभर माया गरेर अगाडी बढ्ने बताएका छन् ।सानै देखि रमाइला देउडा ठाडी भाका गित गाउँने उनी अहिले पनि मिठो आवाजमा देउडा गितहरु सुनाउने गर्छन् संगै निडर भएर प्रस्तुती दिने उनले खुबीका कारण जिल्लामा हुने मेला महोत्सव अन्य कार्यक्रममा उनको माग बढेको हो । बिशेषत बाजुराको माटोमा जन्मेर बाजुराको कला सस्कृतिको उत्थान गर्दै आएका गायक बि.शी.को कलाकार बन्ने निकै सौख रहेको थियो उक्त शौख बिस्तारै पुरा हुँदै गएको छ । बाजुरा जस्तो बिकट तथा दुर्गम ठाउँमा जन्मेका गायक बि.शी. पछिल्लो समय कलाकारीताका माध्ययम मार्फत सबैको मन मुटुमा बस्न सफल भएका छन् । हरेक मेला महोत्सवमा आफ्नो निकै नै राम्रो खुबि देखाउने गायक बि.शी. सबै दर्शकको मन मुटुमा बस्न सफल भएका छन् ।

आम राष्ट्रिय तथा अन्य स्थानिय कलाकार संगको चिनजान संगै सबैले सम्झन लायक उनी बनेका छन् ।  देउडा संस्कृतिलाईलाई बढि स्थायित्व दिने बि.शी गित संगितको यात्रालाई अझै राम्रो गर्नुपर्छ भन्दै मनमा ठुलो साहस लिएर अगाडी बढीरहेका छन् । जिवनमा अरु केही गर्न बन्न नसके पनि बाजुरेलि कला सस्कुतिको उत्थान गर्दै आफ्नो संस्कृति देउडा क्षेत्रलाई जोगाई राख्न आफु निरन्तर लागी रहने गायक बि.शी.ले बताएका छन् । जिवनको कालखण्डमा कलाकारीता क्षेत्र संगै बाजुराको कला सस्कृति जोगाउनको लागि विभिन्न क्षेत्रबाट लागी रहने उनले बताएका छन् । सानैदेखि गित मन पराउने भए पनि उनी उनी २०७९ साउन २९ गतेबाट गित रेर्कड गरीसकेपछि औपचारिक रूपमा गित संगितको क्षेत्रमा कटिबद्ध भएर अगाडी बढीरहेका छन् भने आफ्नो पहिचानलाई पनि अगाडी बढाउदै गएका छन् ।

हाम्रो समाजमा गायन क्षेत्रमा आउँदा विभिन्न टिकाटिप्पणी गर्नेहरु नहोलान् भन्न सकिदैन, तर अवसर र समय पाएपछि आफ्नो उद्देश्य पूरा गर्न कठिन नहुने रहेछ भन्ने कुराको प्रमाण पनि संगित क्षेत्र भएका कारण आफु यस क्षेत्रमा लागी परेको गायक बि.शी. को भनाई रहेका छ ।जति मेहनत हुन्छ त्यति मान सम्मान र इज्जत कलाकारिताले दिएको छ । चाहे त्यो कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी किन नहोस् यो क्षेत्रमा काम गर्नेहरु मानिसहरुसंग सबै मानिसहरुले ठूलो आशा र भरोसा गरेका हुन्छन् । त्यसकारण पनि यो क्षेत्र आफ्नो लागी निकै नै राम्रो भएका कारण गित संगितको क्षेत्रलाई अगाढी बढाउनुका साथै पहिचान थप्दै अगाडी बढेको गायक बि.शी. को भनाई रहेका छ । गित संगितको क्षेत्रबाट गायक बि.शी ले आफुलाई स्थानिय स्तरबाट हुदै राष्ट्रिय स्तरसम्म आफुलाई चिनाउँदै र संगितका माध्यम मार्फत आफ्नो पहिचान बनाउँदै गएका छन् ।

बाल्यकाल देखिको कलाकार बन्ने चाहना पुरा गर्न संगै गित संगितको बाटोमा हिडाउन सिकाउने सम्पुर्ण अग्रज कलाकारहरुलाई गायक बि.शी.ले हृदय देखि धन्यबाद समेत दिएका छन् । उहाँको साथ सहयोगबाट आफु अहिले यो स्थानमा पुग्न सफल भएको बताउँदै आफुलाई गित संगितको बाटोमा हिडाउन सिकाउने बरिष्ठ सर्जक राजेन्द्र शाह (बिपी) देउडा गायक प्रकाश थापा, हर्क खडायत, चित्र बिष्ट, राजेन्द्र रावत, गणेश चौतारी,रंग नेपाली लगायत आफुलाई संगित क्षेत्रमा अथाह माया गरेर हिड्न सिकाउने ब्यक्तिप्रति गायक बि.शी ले धन्यबाद दिएका छन् । उनकै माया ममता साथ सहयोगले अहिले गायक बि.शी. बिस्तारै गित संगितको क्षेत्रमा अगाडी बढिरहेका छन् । आफुलाई गित संगितकै माध्यमबाट आम दर्शकहरुमा परिचित गराउनको लागी उनी गित संगितमा कटिबद्ध रुपमा लागी परेका छन् ।सांगितक बजारमा धेरै गितहरु ल्याउन नसकिएको भएता पनि गित संगित क्षेत्रलाई औधी माया गरीरहेको र आउँने दिनहरुमा एकपछि अर्को गर्दे थप प्रगती गर्दे जाने पनि उनले बताएका छन् ।

बजारमा गित ल्याउने मात्रै कलाकार होइनन्,जसले आफ्नो कला प्रतिभालाई सबैको सामु प्रस्फुटन गर्छन् ति ब्यक्तिहरु पनि कलाकार हुन,सङ्गीत एउटा पूजा हो , एउटा तपस्या हो , सङ्गीत मानव जातीको अभिन्न अङ्ग हो  ,जीवनको सुरुवात पनि सङ्गीतबाटै हुन्छ, र अन्त्य पनि सङ्गीतबाटै हुन्छ भन्ने धारण राखेर अगाडी बढेका बि.शी. दिन प्रतिदिन आफ्नो मेहेनत र खुबी देखाएर गित संगितको क्षेत्रमा लागी रहेका छन् । थोरै गाएर धेरै हिट हुन खोज्ने परीपाटी अहिलेको समयमा धेरै रहेको उनले बताए । आजकल गायक बन्न चाहनेहरु मेहनत नै गर्न चाहदैनन् पैशाको हिसावले अगाडी बढ्छन् तर आफु त्यस्तो नभई आफ्नो मेहेनतका साथ गित संगितको क्षेत्र मार्फत आफ्नो पहिचान बनाउँदै अगाडी बढीरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!