गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा खानेपानीको चरम समस्या भएको छ । बर्षायाम सुरु भईसक्दा पनि सदरमुकाममा खानेपानीको समस्या हुँदा बजारबासी समस्यामा परेका छन् । खोनेपानीका लाइनहरुमा पानी नआउँदा बजारबासीहरुले खाली खानेपानीका पाइप हेरेर चित्त बुझाउनु पर्ने बाध्यता रहेको छ । नियमित खानेपानी नआउँदा बजारबासी आजित भएका छन् । पहिला सुख्खा खडेरीका कारण मुहानमा पानी नभएर खानेपानीको समस्या भएको भएपनि अहिले साँफपख केहि छिटफुट बर्षा भएपनि पर्याप्त पानीको उपलब्धता नहुँदा समस्या भएको छ ।
सदरमुकाम मार्तडीमा पानिको चरम अभाब हुदाँ नागरिकले सास्ती बेहोर्नु पर्ने बाध्यता रहेको छ। चैत्र महिनाबाटै धाराहरुमा नियमित पानी नआउँदा बजारबासी मर्कामा परेका छन् । लामो समयदेखि धाराहरुमा नियमित पानी नआउँदा दैनिक कामकाजमा समस्या भएको हो । बजारमा दैनिक होटल ब्यबसायि गरीरहेका ब्यबसायिहरुलाई झन बढी समस्या परेको छ । नियमित धारामा पानी नआएर सास्ती खेप्दै आएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र सरोकारवाला निकाय मौन बसेको प्रति बजारबासीहरुले स्थानीय सरकार र सरोकारवाला निकायलाई आरोप लगाएका छन् भने सामाजिक सञ्जालमा अहिले खानेपानीको बिषयमा बिभिन्न टिकाटिप्पणी गर्दे आएका छन् ।
जिल्ला सदरमुकाम मार्तडीमा अहिलेसम्म पनि उतिच गुणस्तरीय खानेपानीको ब्यबस्था नहुँदा समस्या हुँदै आएको छ । बनाएका खानेपानीका टंकीहरु पनि पुराना हुनुका साथै चुहिने भएका कारण पनि पानीको समस्या थपिदै गएको हो । त्यति मात्रै नभई सदरमुकाम मार्तडीमा यत्रतत्र पाईपलाईहरु छरिएर रहेका छन् । प्रत्येक ठाउँका कतिपय पाईप लाईहरु काटिएका कारण पनि पानीको समस्या थपिएको हो । सदरमुकाममा लामो समयसम्म पानीको समस्या भईरहँदा पनि यसको बारेमा कसैले पनि राम्रोसंग चासो नदिएको बजारबासीहरुको दुखेसो रहेको छ । बजारबासीहरुले पटकपटक स्थानीय सरकार र मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई पानिको समस्या समाधान गर्न झकझकाई राखेको भएपनि पानीको पुर्ति अझै हुन नसकेको उनीहरुको भनाई रहेको छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी जिल्लाको सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रहरुमाका स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आइरहेको स्थानियहरुले बताएका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमै पानीको चरम समस्या रहेको छ भने अन्य ठाउँमा पानीको समस्या नहुने त कुरै भएन् तर समस्या भएको भए पनि स्थानिय सरकार संग जिल्लाबाट प्रतिनिधित्व गर्ने सरकारको उच्च पदस्थमा बसेका नेताहरु कानमा तेल हालेर बसीरहेको स्थानियले आरोप लगाएका छन् । सरमुकाममा निमार्ण गरीएका धाराहरुमा कहिले काही मात्रै पानी आउने गरेका कारण बजारबासीहरु निकै समस्या परेका छन् ।
अहिले सदरमुकाम मार्तडीमा खोनेपानीको लागी बजारबासीहरु थापावाडा,भम्क,पानीपातल,बाउली लगायत टाढाटाढा गएर खानेपानी ल्याउन बाध्य रहेका छन् । नियमित धारामा पानी नआउँदा बजारबासीहरुले टाढाटाढाबाट पानी काँधमा बोकेर खानुपर्ने बाध्यता रहेको छ । जिल्ला सदरमुकाममा जनसंख्या अन्य ठाउँको भन्दा बढी भएको र जनसंख्या अनुसारको खोनीपानीको आपुर्ति न्यून हुने गरेका कारण स्थानीय तथा सर्वसाधारणलाई खोनीपनीको समस्या भएको सदरमुकाममा होटल ब्यवसायी गरीरहेका ब्यबसायिहरुले बताएका छन्। सदरमुकाममा आउने पानीको पाइपलाइन संगै निमार्ण गरीएका खोनेपानीका टंकिहरु पुरानो भएको र ठाउँठाउँमा चुहीने गरेका कारण खानेपानीको समस्या बढदै गएको बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यालयले जनाएको छ । सुख्खा खडेरीका कारण पनि मुहान सुकेको पानी पर्याप्त नभएको र सदरमुकाममा जनसंख्या बढी रहेका कारण सबै ठाउँमा पानीको आपुर्ति गर्न नसकिएको कार्यालयले जनाएको छ ।
सदरमुकाममा अहिले खानेपानीको समस्या छ ,हामीले सके अनुसारको प्रयास गरीरहेका छौ,टंकिमा भए जति पानी दिएकै छौ,वास्तवमा सुख्खा खडेरी र उचित गुणस्तरीय पाइपलाइन र टंकिको ब्यबस्था नहुँदा खानेपानीको समस्या भएको बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताएका छन् । उनका अनुसार सदरमुकाममा पानीको चरम समस्या त होइन् तर जनसंख्याको आधारमा पुरै बजारबासीहरुलाई पुर्याउन नसकिएको उनले बताएका छन् । पहिला बिहान बेलुकी सोचेअनुसारको पानी दिन सकिएको थियो तर आजभोली सुख्खा खडेरीका कारण मुहानमै पानी नहुँदा बिहान बेलुकी पर्याप्त पानी दिन नसकिएको उनको भनाई रहेको छ । अब मुहानमै पानी नभएको खण्डमा पानी दिने कुरो भएन,खडेरीले मुहान सुकेका छन्,आजभोली अलि बर्षात भएपनि खानेपानीको समस्या नहटेको कार्यालय प्रमुख रावलले बताएका छन् । खानेपानीको समस्या समाधान गर्न कार्यालय गम्भिरतापुर्वक अगाडी बढेको र दिनहुँ समन्वय सहकार्य भईरहेको उनले बताएका छन् । ।
यता बडिमालिका नगरपालिकाले सदरमुकामको लागी हरेक बर्ष खानेपानीलाई नियमित संचालन गर्न पालिकाबाट बजेटको ब्यबस्था गर्दे आएको भए पनि बृहत मार्तडी खानेपानी तथा उपभोक्ता समितिले नियमित संचालन गर्न नसकेको आरोप लगाएको छ । पालिकाले हरेक बर्ष मार्तडी खानेपानीको लागी पहल गरीरहेकै हुन्छ नगरपालिकाबाट पनि पटक पटक बजेट ब्यबस्थापन गरीएकै हुन्छ तर खानेपानी उपभोक्ता समितिले नियमित सञ्चालन गर्न नसक्दा समसया हुने गरेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । हामीले उपभोक्ता समितिलाई पालिकामै बोलाएर खानेपानीको ब्यबस्थापनको लागी कुरा गरेकै हुन्छौ,तर समस्या समाधान गर्न नसकिएको प्रमुख खड्काको भनाई रहेको छ । सदरमुकाममा खानेपानीको सोचेजस्तो समस्या समाधान गर्न सकिएको छैन, हामी पहलमै लागथीरहेका छौ,उनको भनाई रहेको छ । बिभिन्न कारणले प्रयाप्त मात्रामा सदरमुकाम बासीहरुलाई खानेपानीको व्यवस्थापन गर्न नसकिएको उनले बताएका छन् ।
तर यता स्थानियले भने खाली उपभोक्ता समितिलाई मात्रै आरोप लगाएको र पालिका बच्न खाजेको प्रति आरोप लगाएका छन् । उपभोक्ता समितिको पनि कमजोर छ , पालिकाको पनि कमजोर छ ,पालिकाले उचित गुणस्तरी खानेपानीको ब्यबस्था गरेको भए उपभोक्ता समितिले सञ्चालन गर्न सक्ने नसक्ने कुरा त्यो भन्दा पछी थाहा हुने बजारबासीहरुले बताएका छन् । पालिकाले खानेपानी संकलनको लागी गुणस्तरीय टंकिहरुको निमार्ण गरेको भए यो समस्या नआउँने बजारबासीहरुको भनाई रहेको छ । पुरानै टंकिहरुको लागी मर्मतको लागी पालिकाले जति बजेट ब्यबस्थापन गरेपनि गुणस्तरीय नहुने बजारबासीहरुले बताएका छन् । बजारबासीहरुले भनेका छन् पालिकाले अब सदरमुकामको खानेपानीको ब्यबस्थापनको लागी गुणस्तरीय भौतिक संरचना बनाउन आबश्यक रहेको बताएका छन् । पालिकाले खानेपानीको राम्रूो ब्यबस्थापन गरी रेखदेख गरेको खण्डमा यो समस्या हट्ने उनीहरुको बुझाई रहेको छ ।
सदरमुकाम मार्तडीमा खोनपानीको समस्या भएपछी अहिले बजारबासी टाढाटाढा धाएर खानेपानी ल्याउन बाध्य भएका छन् । अहिले मार्तडी बासीहरुले कहिँ खोला त कहिँ कुवाको पानी खान बाध्य भएका छन् । खानेपानी नहुँदा बिद्यार्थीहरुलाई बडी समस्या थपिएको छ । बिहान बेलकी पानी नआउँदा कतिपय बिद्यार्थीहरु भोकै स्कुल जान बाध्य रहेका छन् भने लुगाकपडा धुन बाट पनि बञ्चित भएका छन् । पानी नागरिकको आधारभुत आबश्यकता हो,यसलाई नियमित संचालन गरि ब्यबस्थापन गर्न सरोकार निकायको जरुरी रहेको भएपनि सदरमुकाममा यसबारे कसैले चाँसो नदिएको स्थानिय सरकार पनि छेपारो गतिमा अगाडी बढेका कारण खानेपानीको समस्या भएको बिद्यार्थी प्रर्मिला रोकायाले बताएकी छन् । मार्तडीमा खानेपानीको उचित ब्यबस्थापन गर्न सरोकारवाला निकाय र स्थानिय सरकारले उचित ध्यान दिनुपर्ने देखिएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा मात्रै पानीको समस्या नभई जिल्लाको बुढीनन्दा नगरपालिकामा पनि खानेपानीले सताएको छ । पालिकाको कोल्टी बजारमा खानेपानीको चरम समस्या हुँदा नागरिकहरु नगरपालिकामा धर्ना समेत बसेका छ्न । लामो समय देखि खानेपानीको समस्या हुँदा समस्या भोगेका त्यहाँका बजारबासीहरुले हिजो नगरपालिका घेराउ समेत गरेका थिए । पटक पटक खानेपानीको पानीको समस्या हुँदा नगरपालिकामा बजार बासिले हिजो रित्ता भाँडाकुडा लिएर खानेपानीको ब्यबस्था गर भन्दै नाराबाजीका साथ नगरपालिका पुगेको धर्ना गरेका हुन् । सदरमुकाम मार्तडी जस्तै समस्या कोल्टीमा पनि रहेको छ । सरोकारवाला निकाय तथा स्थानिय सरकाबाट खानेपानीको उचित ब्यबस्थापन नहुँदा नागरिकले सधै दुः ख भोग्नु परिरहेको छ ।