बाजुराः जिल्लाको गौमुल गाउँपालिकामा एक जनामा डेङ्गी संक्रमण पुष्टी भएको छ । गौमुल गाउँपालिका वडा नं ४ की २० वर्षीया गर्भवती महिलामा डेङ्गी पुष्टी भएको हो ।
संक्रमित गर्भवती महिलालाई अस्पतालको उपचार कक्षमा चिकित्सकीय निगारानी सहीत उपचार भईरहेको घट्मुना आधारभूत अस्पतालका डाक्टर रामानुज हाथिले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि अस्पताल आएकी थिइन्, उनको चेकजाँचपछि डेङ्गी संक्रमण पुष्टि भएकोमा अहिले अस्पतालमै उपचार भईरहेको र अवस्था भने सामान्य रहेको डाक्टर हाथिले बताएका छन् ।
मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेङ्गी फैलिने डाक्टर हाथिले बताए । चिकित्सकहरुका अनुसार डेङ्गी रोग डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।