
बाजुरा— जिल्लाको सदरमुकाम मार्तडी नजिकै बडिमालिका ७ खडुकामा करेन्ट लागेर दुई खच्चर मरेका छन् । सदरमुकाम मार्तडी बाट कोल्टी सामान ढुवानी गरी जाने क्रममा बडिमालिका नगरपालिका वडा न २ का मिन बहादुर चन्दका २ खच्चर करेन्ट लागेर मरेको मिन बहादुर चन्दले बताएका छन ।
बडिमालिका नगरपालिका वडा न ७ खडुकामा पहिरोले पोलहरु ढालेको अबस्थामा कोल्टी जादै गरेका दुई खच्चड मरेका हुन् ।
त्रिबेणी सहकारी संस्था लिमिटेड द्धारा संचालित बाजुरा साना जलविद्युत केन्द्रको बडिमालिका ७ मा बिस्तार गरिएको लाइनमा बुधबार रातीको अबिरल बर्षासंगै आएको पहिरोले ५ ओटा पोलहरु ढालेको र सोही ठाउँमा पहिरो गएको खवर प्राधिकरणलाई थाहा नभएका कारण खच्चड मरेको जनाएको छ ।