गोबिन्द्र राज तिमिल्सेना, असार ७,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर ७ गोपीसेरामा खानेपानीको चरम अभाव भएको छ । गुणस्तरीय खानेपानीका धाराहरु निमार्ण नहुँदा खानेपानीको समस्या सिर्जना भएको हो । गोपीसेराका स्थानिय बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट आधा घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता रहेको गोपीसेराका स्थानियहरुले गुनासो गरेका छन् ।बर्षातको समय सुरु भए पश्चात अहिले झनै समस्या भएको स्थानियले बताएका छन् । गाउँमा खानेपानीको समस्या हुँदा अहिले स्थानिय आधा घण्टाको दुरीमा हिडेर (बिडापरी) ,ओखलखोपे , रगतचाना पुगेर पानी ल्याएर खानुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन् ।
खोलाकै पानीले पुस्तौपुस्तादेखि धान्दै आएको गोपीसेरा बस्ती अहिले बर्षातको समय सुरु हुँदा खोलामा धमिलो पानी आउने भएका कारण स्थानियलाई खानेपानीको निकै समस्या भएको हो । गाउँमा निमार्ण गरीएका धाराहरु गतिलो ढंगका नहुँदा खानेपानीको समस्या सिर्जना भएको स्थानिय तथा कालाऋृषि युवा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् । उनका अनुसार गाउँमा खानेपानीको समस्या अहिले मात्रै नभई यहाँका स्थानिय बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएको उनले बताए ।बर्षातको समयमा खोलाको पानीबाटै दैनिकी चल्ने गथ्र्यो तर अहिले बर्षातको समय सुरु खोलामा धमिलो पानी बग्न थालेपछि गाउँमा खानेपानीको समस्या भएको उनले बताए । गाउँघरमा उचित गुणस्तरी धाराहरुको निमार्ण नुहँदा यो समसया आएको अध्यक्ष तिमिल्सेनाले बताएका छन् । नागरीक बषौदेखि उहिँ सेरे खोलाको पानीले दैनिकी चलाउँदै आईरहेका छन् । मानिस लगायत अन्य गाईबस्तु त्यहि खोलाको धमिलो पानी खान बाध्य रहेका छन् ।तर अहिले बर्षातको समय सुरु हुँदा खोलाको पानी पिउँन योग्य नहुँदा समस्या भएको उनले बताए । गोपीसेराका नागरीकले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आउनु परेको उनले गुनासो गरे ।
बर्षायाम सुरु भएसंगै अहिले गाउँघरमा खानेपानीको चरम समस्या भएको छ । गोपीसेरामा खानेपानीको समस्या त पहिल्यै देखिकै हो तर बर्षातको समयमा झनै समस्या हुने गरेको एक जना अर्का स्थानिय दिपेश तिमिल्सेनाले बताएका छन् । गाउँमा शुद्ध खानेपानीको अभाव छ ,स्थानिय उहि खोलाको पानीले दैनिकी चलाई रहेका छन्,अहिले बर्खा लाग्यो,खोला धमिलो हुन थाल्यो,धाराहरुमा पानी आउँदैन् अनि घण्टौ हिडेर टाढाको पानी ल्याउर खानुपर्ने बाध्यता रहेको उनले बताए । गाउँमा करिब १८/ १९ घरपरिवारको बसोबास रहेको छ,उनीहरु बर्षौदेखि खोलाकै पानीमा आत्मनिर्भर रहेका छन् । गाउँमा कुनै गुणस्तीय खानेपानीको ब्यबस्था हुन सकेको छैन् । झन अहिले बर्षातको समयमा खानेपानीले बढी सताउने गरेको उनले गुनासो गरे। एक घर एक धारा भनिए पनि गोपीसेरामा भने त्यो अबस्था नभएको उनले बताए । गाउँघरमा खानेपानीको बर्षौदेखि समस्या भएको भए पनि यसको समाधानको लागी कसैले पनि पहल नगरेको उनले बताए । स्थानिय सरकार संग जनप्रतिनिधिहरुले पनि वास्ता नगरेको र कानमा तेल हालेर बसीरहेको अबस्था रहेको उनले बताए ।
गाउँमा खानेपानीले सताएको छ , अहिले बर्षातको समयमा खान पकाउनको लागी समेत पानीको अभाव छ ,बर्षौदेखि खोलाकै पानी सेवन गर्दे आईरहेका छौ । तर अहिले बर्खाको समय सुरु हुँदा खोलाको पानी त्यति पिउँन योग्य नभएका कारण हातमा घैला बोकेर टाढा गएर खानेपानी ल्याउनु परेको स्थानिय मोती पाध्यायले बताए । आफुले पहिल्यै देखि नै गाउँमा उचित गुणस्तरीय खानेपानी नभएको गुनासो गरेको भए पनि कसैले पनि वास्ता नगरेको पाध्यायले बताए । गाउँमा खानेपानीको समस्या अहिले मात्रै नभई यो पहिले देखिकै भएको तर गाउँमा कुनै गुणस्तरीय खानेपानीको ब्यबस्था नहुँदा हरेक बर्ष झै बर्षातको समयमा स्थानियहरुले खानेपानीको समस्या झेल्दै आईरहेका पाध्यायले बताए । गाउँमा गोपीसेरा खानेपानी उपभोक्ता समितिले निमार्ण गरेका धाराहरु भए पनि उक्त धाराहरुमा खासै पानी नआउने,बर्षातको समयमा बेलाबेला बिग्रने कारणले समस्या उत्पन्न हुने गरेको उनले बताए । उक्त मुहानको पनि उचित ब्यबस्था नहुँदा खानेपानीको समस्या हुने गरेको र बर्षातको समयमा धाराहरुमा पानी नै नआउँने भएका कारण हरेक बर्षातको समयमा स्थानियले टाढाको पानी बोकेर खानुपर्ने बाध्यता रहेको स्थानिय मोती पाध्यायको भनाई रहेको छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी यहाँका स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेको अर्का स्थानिय कर्ण प्रशाद जोशीले बताएका छन् । छन् । सदरमुकाम संगै जोडिएको गाउँ बस्तीहरुमा सुबिधा सम्पन्न खानेपानीको ब्यबस्था नहुँदा स्थानियले घण्टौ हिडेर काँधमा पानी बोकेर खानुपर्ने अबस्था रहेको उनले बताए । सेराबस्तीमा बर्षौदेखि खानेपानीको समस्या छ,तर यसको समाधानको लागी कुनै निकायले पनि पहल नगरेको स्थानिय सरकार र यहाँका जनप्रतिनिधि पनि बेखबर रहेको उनले बताए । सेरा बस्तीमा खानेपानीको समस्या धेरै पहिला देखिकै हो तर आजसम्म पनि गाउँमा राम्रो खानेपानीको ब्यबस्था कसैले पनि गर्न नसकेको उनले बताए ।सेराका स्थानिय बर्षौदेखि दैनिक खानपिन लगायत गाईबस्तुहरुलाई खोलाकै पानी खुवाँउदै आईरहेका छन् । अहिले बर्षातको समयमा खोलाको पानी गाईबस्तुहरुलाई खुवाउँन मिल्ने भएता पनि मानिसको लागी खानेपानीको चरम समस्या भएको छ । त्यस गाउँ बस्तिमा पुर्खौ देखि अहिलेसम्म पनि गुणस्तिय खानेपानीको ब्यबस्था हुन सकेको छैन् । परापुर्व काल देखिनै त्यहाँका स्थानिय खोलाकै पानी खान बाध्य रहेका छन् ।
बर्षातको समयमा त्यहाँका स्थानियलाई निकै सास्ति खेप्न पर्ने बाध्यता रहेको छ । बर्षातको समयमा खोलाको पानि धमिलो हुने हुदा पिउँनको लागि समेत खानेपानीको अभाव हुने गरेको छ । सिचाई लगायत अन्य खेतबारीमा तरकारी खेतिमा पानी लगाउन सुबिधा रहेको भएपनि पिउँनको लागी भने खानेपानीको निकै समस्या रहेको छ ।गाउँमा बर्षौदेखि शुद्ध खानेपानीको समस्या रहेको छ । मानिसहरूलाई दैनिक लुगाकपडा धुन,सरसफाई लगायत अन्य पिउँनको लागि पनि खोलाको पानिमा भर पर्नु पर्ने बाध्यता रहेको छ । तर अहिले बर्षातको समसमा अरु समसया समाधान भए पनि मानिसको सेवनको लागी भने खानेपानीको निकै समस्या सिर्जना भएको छ ।बषौ देखि त्यहाँका नागरीक खोलाकै पानी खाएर जिवन बिताउँदै आईरहेका छन् । खोलाको पानिमा शरिरलाई हानिकारक गर्ने नकारात्मक तत्व भएका कारण त्यस खोलाको पानि पिउँन त्यति उपयुक्त नरहेको तर बाध्यताले पिउँनु पर्ने अबस्था रहेको छ ।
बर्षातको समयमा अरु कुनै बिकल्प नहुँदा स्थानिय त्यहि खोलाको पानीलाई सेतो कपडाले छानेर सेवन गर्ने गरेका छन् । तर यो समयमा अत्याधिक फोहर बग्ने भएका कारण उक्त पानी पिउँन योग्य नहुँदा स्थानिय टाढाटाढा पुगेर काँधमा पानी बोकेर खाईरहेको अबस्था रहेको छ । असारको महिना छ ,खेतबारीमा काम पुरै बाकी हुन्छ,खाउँ भने धारामा पानी हुदैन्,पानी ल्याउन टाढा जानुपर्ने बाध्यता छ,खेतबारीको काम पनि प्रभावित हुन्छ स्थानियले गुनासो गरेका छन् ।स्थानिय सरकार र राज्यले खानेपानीको उचित ब्यवस्थापन गर्न नसक्दा अधिकांस बस्तीहरुमा शुद्ध खानेपानीको पहुँच अझै पुग्न सकेको छैन् । शुद्ध खानेपानीको पहुँच पुग्न नसक्दा स्थानियबासी बर्षै देखि खोला,मुहान,इनारको पानी पिउन बाध्य रहेका छन् ।
खोला तथा मुहानको हानिकारक पानिबाट कतिपय स्थानीयहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । दुषित पानिले दैनिक रुघाखोकी,झाडापखाला,आउँ,हैजा लगायतका प्रकोप बढ्दै गएका छन् ।कतिपय गाउँमा खानेपानीको सुबिधा नहुदा स्थानिय पहिले देखि नै खोलाको पानी खान बाध्य छन् त्यहि समस्या बडिमालिका ७ सेरा बस्तिको पनि रहेको छ । त्यस गाउँमा गुणस्तरीय खानेपानीको सुबिधा नुहुदा स्थानिय बासि बर्षौदेखि खोला,मुहानको पानी खान बाध्य रहेका छन् ।बर्षातको समयमा झनै समस्या हुने सेरा बस्तीका बासीहरु लामो समयदेखि उहिँ खोला,मुहानको पानीले दैनिकी चलाउदै आईरहेका छन् ।