युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
39 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार ९,बाजुराः  बाजुराका नुन डिपो तथा बिक्री केन्द्रमा स्थानियको अत्याधिक भिड भएसंगै प्रहरीको सुरक्षामा नुन बिक्री गरीदै आएको छ । जिल्ला बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएसंगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन नुन बिक्री बितरण गर्ने हुँदा बाजुराका नुन डिपो तथा बिक्री केन्द्रमा स्थानियको अत्याधिक भिड हुँदा प्रहरीको सहायतामा नुन बिक्री गर्न थालिएको हो । नुन किन्ने स्थानियको अत्याधिक घुइँचो हुने हुँदा पालैपालो प्रहरीको सुरक्षामा नुन बिक्री गरीदै आएको छ ।

दिनभरको चर्को घाममा बसेर बाजुराबासीलाई नुन किन्नु पर्ने बाध्यता रहेको छ ।जिल्लामा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव भएको छ ।किन्न जाने ग्राहकले भने अनुसारको नुन समेत पाउँन सकेका छैनन् । कोटा अनुसारको नुन नआँउदा बिक्री ग्राहकहरुले भने अनुसारको नुन पाउँन नसकेको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । उनले दिएको जानकारी अनुसार जिल्लामा नुनको चरमै अभाव त भएको होइन् तर पनि कोटा अनुसारको नुन ढुवानी नहुँदा केहि समस्या भएको बताएका छन् । जिल्लामा गत चैतदेखि नै ग्राहकहरुले सोचे अनुसारको नुन पाउँन नसकेको कार्यालय प्रमुख बोहोराले बताएका छन् ।

केहि समय अगाडी भने मार्तडीमा रहेको डिपो कार्यालयमा नुन सकिएर ताला लगाइएको थियो तर त्यसको केहि समय पश्चात डिपोमा नुन आएर कार्यालयले ब्रिकी बितरण गरेको उनले जानकारी दिए । पहिले जस्तो गाह्रकले चित्त बुझ्दो नुन पाएका छैनन्,त्यो कुरामा हामी सहमत छौ तर डिपोमा नुनको चरम अभाव भने नरहेको उनले बताएका छन् । पहिले प्रत्येक ब्यक्तिलाई ११ के.जी. नुन दिइन्थ्यो भने आजभोली अलि नुनको कमी हुँदा एकजलाई ५ के.जी.का दरले नुन बिक्री बितरण गरिदै आएको कार्यालय प्रमुख बोहराको भनाई रहेको छ । अहिले हप्ताको एकदिन मात्रै नुन बिक्री हुँदा नुन बिक्री केन्द्रमा स्थानियको भिड लागेको उनले बताए । भिडलाई ब्यबस्थित गर्न जिल्ला सदरमुकाम मार्तडीमा रहेको नुन डिपोमा प्रहरीको सुरक्षामा नुन बिक्री गरीदै आएको उनले बताए । सरकारले जिल्लाको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कारण यो समस्या सिर्जना भएको उनले बताएका छन् ।

दुर्गमका जिल्लामा आयोडिन युक्त नुन ढुवानीका लागी सरकारले अनुदान दिँदै आएको छ । ढुवानी अनुदानका कारण नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा बिक्रि बितरण गरीदै आएको छ । तर पछिल्लो समय डिपोबाट एउटै परिवारका धेरै आउने र बढी मात्रामा नुन किनेर बजार लगेर बेचेको गुनासो समेत आएको नुन डिपो कार्यालय मार्तडीले जनाएको छ । डिपोबाट धेरै नुन लिएर बजारमा बिक्री हुने हुँदा पनि यो समस्या भएको कार्यालयले जनाएको छ ।जिल्ला बाजुराका नुन डिपो तथा बिक्री केन्द्रमा भानु नुन बिक्री बितरण हुदै आएको छ । भानु नुन दुर्गम तथा पिछडीएका जिल्लामा बिक्री हुने गरेको छ । नेपालमा शक्ति भानु र आयो नुन बिक्री हुदै आएका छन् जसमध्ये जिल्ला बाजुराका डिपो तथा बिक्री केन्द्रमा आयोडिन युक्त नुन बिक्री हुदै आएको छ । पछिल्लो समय जिल्ला बाजुरामा कोटा अनुसारको नुन ढुवानी नहुँदा समस्या भएको हो ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको डिपो कार्यालयमा आइतबार नुन किन्नेको भिड लागेको हो । बडिमालिका नगरपालिका वडा.नम्बर. ९ रेडियो बाजुरा जाने बाटो नजिकै रहेको नुन डिपोमा आइतबार स्थानियको नुन किन्नेको भिड लागेको हो । उक्त भिडलाई शान्त तथा सुरक्षित तरीकाले नुन बिक्री गर्न प्रहरीको सुरक्षामा नुन बिक्री गरीएको थियो । बाजुराको भौगोलिक बिकटतालाई मध्यनजर गर्दे नेपाल साल्ट ट्रेडिङले जिल्लामा ४ वटा अस्थायी डिपो स्थापना गरी नुन बिक्री गर्दे आईरहेको छ । चारवटा डिपो तथा चारवटा बिक्री केन्द्रमा यतिबेला नुन किन्ने स्थानियको भिड लाग्ने गरेको छ जुन भिडलाई ब्यबस्थित गर्न प्रहरीको सुरक्षा समेत गरीएको छ । जिल्ला बाजुरामा नौ हजार क्वीण्टल भन्दा बढी नुनको आबश्यकता पर्ने गरेको भए पनि तर बार्षिक दुई तिन हजार क्वीण्टल मात्रै आयोडिन युक्त नुन बिक्री हुने गरेको छ कतिपय सेवा सुबिधा भएका ठाउँका स्थानियले पाउँछन् भने बिकट क्षेत्रका स्थानियलाई नुन पाउँनै मुस्किल हुने गरेको छ ।

त्यस्तै जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको कोल्टीमा पनि आइतबार नुन किन्ने स्थानियको भिड लागेको हो । बिहान दश बजेबाट बिक्री हुने नुन डिपोमा स्थानिय बिहानै देखि लाईनमा लागेका थिए । कोल्टीमा मान्छेको भिडभाडले गर्दा झैझगडा हुँदा नुन बिक्री बन्द समेत गरीएको हो । दिनभरको चर्को घाममा बसेर उनीहरुले सोचे अनुसारको नुन पाउँन सकेका छैनन् । कोल्टी लगायत अन्य नुन बिक्री हुने केन्द्रमा समेत नुनको अभाव रहेको छ । बाजुरामा नुनको कोटा अपुग भएको भन्दै सरकारलाई लिखित जानकारी दिइएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । नुन बजारको भन्दा डिपोमा सस्तो पर्ने भएका कारण कतिपयले डिपोबाट धेरै लगेर बजार बिक्री गर्ने हुँदा समस्या भएको उनले बताएका छन् । डिपोमा सस्तो मूल्यमा पाइने भएकाले नुनमा तस्करी हुँदा पनि समस्या उत्पन्न भएको उनले बताए ।

तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। नुनको व्यवसायिक उत्पादन चट्टानहरुमा रहेका नुन खानीहरु र समुद्री पानीको वाष्पिकरणबाट गरिन्छ। वर्षेनी विश्वमा २० करोड टन नुनको उत्पादन हुन्छ। जसमध्ये ६ प्रतिशत मान्छेको खाद्यान्नमा प्रयोग हुन्छ।नुन मानव शरिरको लागी निकै आबश्यक तत्व हो । मानिस मात्रै नभई अन्य गाइबस्तुहरुको लागी नुन प्रयोग गर्ने गरीन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!