युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
76 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार १०, बाजुराः  सडक सञ्चालन भएको करिब १० बर्ष बितिसक्दा पनि मार्तडी–कोल्टी सडकखण्डमा अहिलेसम्म पनि बस सेवा सञ्चालन हुन सकेको छैन्। सडक निर्माण संगै सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टि सम्म अहिलेसम्म पनि बस सेवा सञ्चालन नहुदा दैनिक मार्तडी देखि कोल्टि र कोल्टि देखि मार्तडी आउँने बाजुराका स्थानियलाई समस्या भएको छ । लामो समयसम्म जिपमा महङ्गो भाडा तिरेर बाजुराका नागरिक मारमा पर्दै आएका छन् । साँफेबगर देखि मार्तडी सम्म बस सेवा सञ्चालन भएको भए पनि सदरमुकाम मार्तडी देखि कोल्टि सम्म बस सेवा सञ्चालन हुन नसक्दा जिल्लाको पुर्वि उत्तरि भेगका चार पालिकाका नागरिकहरलाई बढि समस्या भएको हो ।

जिल्लाको पुर्वि उत्तरि क्षेत्रमा रहेका पालिका बुढिनन्दा,हिमाली, जगन्नाथ र स्वामिकार्तिकका नागरिक लामो समयदेखि बसको पर्खाईमा रहेको भए तापनि अहिलेसम्म कुनै पनि ठोस तरिकाले बस सेवा सञ्चालन हुन सकेको छैन् । जसको प्रत्यक्ष असर ती चार पालिकाका नागरिकलाई पर्ने गरेको छ । त्यस्तै बडिमालिकाको जिल्लि,रजातोली, ढम्कनेका स्थानियलाई पनि बस सञ्चालन नहुदा समस्या परेको हो । गाउँ रोड धेरै पहिला पुग्यो,त्यसपछाडि ट्याक्टर,जिपहरु आउँन थाले अब बसहरु पनि सञ्चालन हुन्छन् भन्ने आशा मनमा लग्यौ तर सडक सञ्चालन भएको लामो समय बितिसक्दा पनि बसहरु सञचालन हुन नसकेको रजातोलीका स्थानियहरुले बताएका छन् । गाउँ रोड त पुग्यो,तर यातायातलाई अझै सरल बनाउने बस अहिलेसम्म पनि पुग्न सकेन् त्यहाँका स्थानियको भनाइ रहेको छ । लामो समयसम्म बस सेवा सञ्चालन नहुदा त्यहाँका नागरिक संगै माथिल्लो क्षेत्रका चारवटा पालिका छिमेकी जिल्ला हुम्ला,मुगु लगायतका नागरिकलाई पनि समस्या हुने गरेको छ ।

सडक निर्माण भएको लामो समयसम्म पनि बस सुचारु हुन नसक्नु दुखतको कुरा रहेको छ । करिब १० बर्षसम्म बसको पर्खाई रहेका माथिल्लो क्षेत्रका नागरिक कहिले बस सञ्चालन हुन्छ र हामिहरुले सुख पाउछौ भन्ने आशामा रहेका छन् । बस सञ्चालन हुन नसक्दा माथिल्लो क्षेत्रका नागरिकहरुलाई दैनिक १५००/२००० सम्म भाडा तिरेर जिपमा सदरमुकाम मार्तडी आउँनु पर्ने बाध्यता रहेको छ । सदरमुकाममा बढिजसो काम पर्ने भएकोले जानुपर्ने हुन्छ,नागरिकता लगायत अन्य केही सामान बनाउन सदरमुकाममा पुग्नु पर्ने अबस्था हुन्छ जसको लागी जिपमा सवार भएर जानुपर्ने बाहेक अर्को बिकल्प छैन्। कोल्टि देखि सदरमुकाम मार्तडी सम्म जिपको भाडा करिब १५००/२००० सम्म हुने गर्छ त्यसमा खाना खर्च मार्तडी केहि बसेर फेरि फिर्ता हुदा न्युनतम ७०००/८००० हजार सम्म खर्च हुने गरेको बुढिनन्दा कोल्टिका  स्थानीयले बताएका छन्। यदि कोल्टिसम्मै बस सञ्चालन भएको भए धेरै सहज हुने थियो, कमसेकम भाडा कम लाग्थ्यो,भाडा बचे पनि केही सहज हुने थियो उनीहरुले बताए ।

बर्षौ देखि बस सेवा सञ्चालन हुन नसक्दा माथिल्लो क्षेत्रका नागरिक मारमा पर्दै आएका छन् । गाउँमा उत्पादन गरेको केही तरकारी लगायत फलफुल बजारिकरणमा समेत उनिहरुलाई समस्या हुने गरेको छ । सदरमुकाम संगै जोडिएको ढम्कने,रजातोली लगायतका क्षेत्रमा उत्पादन गरिएको तरकारी सदरमुकाममा पुर्याउन मुस्किल हुन्छ भने माथिल्लो चारवटा पालिकाको लागि यो त “ फलामको च्युउरा चपाउनु सरि हो।यदि मार्तडी देखि कोल्टि क्षेत्रसम्म बस सञ्चालन भईदिएको खण्डमा त्यहाँका स्थानियलाई हरेक काममा सहजता मिल्ने अनुमान रहेको छ । गाउँमा उत्पादन गरेको तरकारी कम भाडा तिरेरै सदरमुकाममा ल्याउन सकिन्थ्यो , मानिसहरुको गाडि भाडामा पनि धेरै सहजता मिल्ने थियो तर बस सेवा सञ्चालन नुहदा त्यहाका नागरिक यि सबै सेवाबाट बञ्चित रहेका छन्। माथिल्लो दुर्गम गाउँबस्तीका बासिन्दा पछिल्लो समय बस चढ्ने पर्खाइमा छन् । बाजुराको पूर्वीउत्तर क्षेत्रका दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै यहाँका स्थानीयवासी बस चढ्ने पर्खाइमा रहेका हुन् ।तर  गाउँमा सडक पुगेपनि बस सञ्चालन नहुँदा गाउँमा कहिले बस आउँला भनेर त्यहाँका नागरिक मनमा आशा लिएर बसेका छन् ।

 

जिल्ला सदरमुकाम मार्तडीबाट सडक कोल्टी हुदै पिलुचौर पुगेको झन्डै १० वर्ष भए पनि बस सेवा सञ्चालन भने अझै हुन सकेको छैन्। गत बर्षको माघमा एक पटक कोल्टीमा बस पुगेपनि त्यो भन्दा पछाडि सडकको राम्रो स्तरोन्नतिले पुग्न सकेको छैन् त्यो बेला कोल्टिमा बस पुगेपछि अब गाउँबाट बस चढ्न पाइने भयो भन्दै खुसी भएका स्थानिय फेरि निराश भएका छन्  । गाउँघरमा सडक पुगे पनि बस सञ्चालन नहुँदा यहाँका स्थानीयलाई कहिले उ आउँला अनि म जाउलाू भने जस्तै भएको छ । २०७२ सालदेखि मार्तडी–दानसाँघु हुँदै कोल्टीमा छोटा दुरीका सवारीसाधन जिप, ट्याक्टर सञ्चालन हुँदै आएको भए पनि बस सेवा भने सञ्चालन हुन सकेको छैन । लामो समयसम्म छोटा दुरिका सवारीसाधन चले पनि आनन्दित यातायातको लागी बस सेवा भने सञ्चालन हुन भने नसकेको स्थानियको भनाइ रहेको छ । बस सेवा सञ्चालन नुहदा कतिपय नागरिकहरु पैदल यात्रा गरेर जिल्ला सदरमुकाम मार्तडी आउँने गरेका छन् । केही आर्थिक हुने ब्यक्तिहरु जिपमा बसेर सदरमुकाम आउँने भए तापनि दिन दुखि गरिब नागरिकलाई भने निकै सास्ति खेप्न परेको छ । दैनिक रोजिरोटि,गिट्टि कुटेर खाने नागरिकलाई भने सदरमुकाम कुनै काम पर्दा आउँन जानको लागी निकै समस्या हुने गरेको छ ।

 

जिल्लाका अन्य पालिकामा बस सञ्चालन भए तापनि माथिल्लो क्षेत्रका चार वटा पालिकामा भने अझै बस सेवा सञ्चालन हुन सकेको छैन् । स्थानियहरुले पटकपटक बस सञ्चालनको माग गरे पनि त्यो माग अझै पूरा हुन सकेको छैन्। जिल्लाको त्रिवेणी, बडीमालिका, बुढीगङ्गा, खप्तडछेडेदह गौमुल लगायतका बस्तीका बासिन्दालाई बेतालमाण्डौ, बाम्का, तिपाडा र मार्तडी बसपार्क रहेपनि पूर्वीउत्तर क्षेत्रका बासिन्दाका लागि भने त्यो अबस्था छैन् । उनिहरुलाई सदरमुकाम बाटै जिपको यात्रामा आफ्नो गाउँघर जानुपर्ने बाध्यता रहेको छ । माथिल्लो चारवटै पालिकाका स्थानियले कोल्टीमा पनि बसपार्क निर्माण गरि बस सेवा सञ्चालन गरियोस भन्ने माग गरेपनि त्यो सपना अझै पूरा हुन सकेको छैन् तर माथिल्लो क्षेत्रको लागी बस सेवा सञ्चालन गर्नु पर्ने निकै नै आबश्यक देखिन्छ । माथिल्लो क्षेत्रको लागी बस सेवा अति आवश्यक रहेको बुढीनन्दा नगरपालिका–३ का स्थानीय तथा पत्रकार बल बोहोराको भनाई रहेको छ ।

 

उनका अनुसार पुर्वि उत्तरी क्षेत्रका स्थानियले बस सेवा सञ्चालनको लागी गत बर्ष देखि नै बेलाबेला माग गरिरहेका उनले बताए। यता जिल्ला प्रशासन, जनप्रतिनिधि र सरोकारवाला निकायको पहलमा गत माघ महिनामा कोल्टीमा बस सेवा सञ्चालन गरे पनि त्यो लामो समय चल्न नसकेको उनले बताएका छन् । सरोकारवाला निकायको पहलमा एक पटक बस सेवा सञ्चालन गरे पनि फेरि त्यसले निरन्तरता नपाएको उनले गुनासो गरे। मार्तडी दखि कोल्टिसम्मको सडकको अबस्था खासै राम्रो नभएको र सडक निर्माण कार्य पूरा नभएकाले सडकमा बस सञ्चालन गर्न उपयुक्त नभएपछि कोल्टीमा बस सेवा सञ्चालन गर्न समस्या भएको जिल्ला प्रसाशन कार्यालय बाजुराले जनाएको छ । मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर कालोपत्रे बजेट छुट्याइएको छ । अर्को चुथीदेखि ढक्कनेसम्म ६ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर कालोपत्रको काम पूरा नभएकोले बस सेवा सञ्चालनमा समस्या भएको प्रसाशन बाजुराले जनाएको छ । उक्त सडकको कालोपत्रे काम सकिए पश्चात् बर्षातको समय पछाडि बस सेवा सञ्चालन गर्न सकिने प्रसाशन बाजुराले जनाएको छ ।

यता प्रसाशन कार्यालय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार माथिल्लो पालिकाका नागरिकले गुनासो गरे पश्चात् मार्तडी देखि कोल्टि सम्मको बस सेवा सञ्चालनको लागी प्रसाशन बाजुराले अस्थायि अनुमती दिएको तर सडक कालोपत्रेको काम सम्पन्न नहुदा बस सञ्चालन गर्न समस्या भएको बताएका छन् ।जिल्लाका अन्य ठाउँका नागरिक जस्तैः माथिल्लो क्षेत्रका नागरिकले पनि सेवा सुबिधा पाउनु पर्छ भन्ने उदेश्य र त्यहाँका नागरिकले गरेको माग अनुसार जिल्लास्थित सरोकारवाला निकाय सबै संगको सहकार्यमा सर्बदलिय बैठक बसि प्रसाशनले बस सञ्चालनको लागी अस्थायि अनुमति दिएको तर कालोपत्रको काम सम्पन्न नहुदा तथा बर्षातको समय आएकोले बस सञ्चालन गर्न नसकिएको अधिकारी पौडेलले बताएका छन् । सडक निर्माणको काम जिम्मा लिएको ठेकेदार कम्पनीलाई सडक निर्माणको कार्य तिब्र गर्न भनी जानकारी गराउदा अहिले कार्य भईरहेको र कार्य सम्पन्न भए पछि बर्षातको जोखिम हेरेर सञ्चालन गरिने पौडेलले बताएका छन् ।

 

जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्थानीयलाई यातायातको सुविधा दिनका लागि कोल्टीमा बस सेवा सञ्चालन गर्न अति आवश्यक रहेको छ । बिगत लामो समयसम्म बस सेवा सञ्चालन नहुदा त्यहाँका नागरिक हरेक सेवा सुबिधाबाट बञ्चित हुँदै आईरहेका छन् भने दैनिक भाडा महङ्गिको चपेटामा समेत पर्ने गरेका छन् । सडकको कालोपत्रे संगै बर्षात पछाडि भए पनि निरन्तर बस सेवा सञ्चालन भएको खण्डमा सजिलो हुने त्यहाँका नागरिकले बताएका छन् । मार्तडी देखि कोल्टि सम्म दैनिक बस सेवा सञ्चालन भएको खण्डमा सबै नागरिकको कामकाजमा सहजता हुने त्यहाँका स्थानियको भनाइ छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टि सम्म बस सेवा सञ्चालन भएको खण्डमा ब्यापारमा पनि सहजता मिल्नुका साथै दैनिक मानिसको आवतजावत सहज सरल हुनुका साथै उत्पादन गरिएका सामान ढुवानीमा पनि सहजता मिल्ने अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!