युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
42 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार १०,बाजुराः सदरमुकाम मार्तडीमा रहेको रहेको बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ ।बडिमालिका नगरपालिकाले ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक आज सार्वजनिक गरेको हो । सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन मार्फत पालिकाको निति तथा कार्यक्रम बारे जानकारी गराइएको थियो ।

नगरपालिकाले चालु तर्फ  ३२ करोड ५९ लाख ८८ हजार ४ सय अर्थात कुल बजेटको ६४ दशमलव ६९ प्रतिसत र पुँजिगत तर्फ १७ करोड ७९ लाख ३० हजार ६ सय रुपिया अर्थात ३५ दशमलव ३१ प्रतिशत बजेट बिनियोजन गरेको हो । आर्थिक बिकाश अन्तरर्गत २ करोड ३१ लाख १ हजार, सामाजिक बिकाश अन्तरगत १८ करोड ८३ लाख ३६ हजार बजेट बिनियोजन गरिएको छ । त्यसै पुर्वाधार बिकाश अन्तरगत ११ करोड ४३ लाख, बन वातावरण तथा बित्त ब्यबस्थापन शुसासन अन्तरर्गत १ करोड २३ लाख ६ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्चमा १६ करोड ५८ लाख ७६ हजार रकम बिनियोजन गरिएको छ ।

पालिकाले आर्थिक बिकाशको कृर्षि तर्फ ५२ लाख,उद्योग तर्फ ३३ लाख,पर्यटन तर्फ २९ लाख १६ हजार,बितिय सहकारी तर्फ २ लाख ५० हजार,पशुपंक्षी तर्फ २६ लाख २९ हजार बजेट बिनियोजन गरेको छ । त्यस्तै सामाजिक बिकाश तर्फको शिक्षा तर्फमा १३ करोड ४८ लाख ३२ हजार,स्वास्थ्य तर्फ,३ करोड ६६ लाख,१७ हजार,खानेपानी तथा सरसफाई तर्फ ७० लाख १५ हजार बजेट बिनियोजन गरेको छ । युवा तथा खेलकुद तर्फ ११ लाख, ४१ हजार बजेट बिनियोजन गरेको छ । त्यस्तै पुर्वाधार बिकाश तर्फको यातायात पुर्वाधार तर्फ सडक पहुँचलाई सहज बनाउन बडिमालिका पर्यटकिय सडकको लागी १ करोड ३ लाद,मार्तडी बुढाकोर्ध सडक तर्फ ६६ लाख ३७ हजार,मेलकाध र रजाली सडक तर्फ ७४ लाख,थुवाकाँध देखि डोलाकाट्यु सडक तर्फ १० लाख,त्यस्तै संघ परदेश समपुरक योजनाको लागी साझेदारी तर्फ ३ करोड,नगरस्तरीय मर्मत कोष तर्फ ३० लाख संगै नगरप्रमुख बिश्वास अभियानका लागी ३० लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमको एवम् चालु खर्चको भुक्तानीका लागी २ करोड छुट्टाएको छ ।

भवन तथा शहरी विकाश तर्फ अधुरा शहरी स्वास्थ्य केन्द्रका भवन निमार्ण,वडा कार्यालय भवन निमार्णको लागी १ करोड २५ लाख,कवर्डहल निमार्णको लागी १५ लाख बजेट बिनियोजन गरेको हो । त्यस्तै वन वातावरण तथा बिपद् ब्यबस्थापन शुसासन क्षेत्रको वातावर तथा जलवायु अन्तरसम्बन्धित क्षेत्र वातावरणीय परीक्षण दिगो बिकाशको लागी विपत ब्यबस्तापन तर्फ ५१ लाख बिनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासन तर्फ प्रबिधि मैत्रि बडिमालिका नगरपालिकाको संस्थागत बिकाश सञ्चालनको लागी २० लाख,सबै वडा,स्वास्थ्य संस्था,नगरपालिकाका बिभिन्न शाखा,उपशाखा न्यायीक समिति सञ्चालनको लागी १० लाख ,सार्वजनिक सुनुवाई चौमासकि समिक्षा उपभोक्तालाई तालिम पत्रपत्रिका कृयाकलापहरुको लागी १६ करोड ५८ लाख ७६ हजार बजेट बिनियोजन गरेको छ । पालिकाले सबैको क्षेत्रको कुल जम्मा गरेर ५० करोड ३९ लाख १९ हजारको बजेट बिभिन्न शिर्षकहरुमा रहि आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत नगर उपप्रमुख नन्दा थापाले गर्नुभएको थियो ।

त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अमर खड्काले आर्थिक बिकाश तर्फ “ आर्थिक बिकाशको पहिलो आधार कृषि नै हो पहिलो पुर्वाधार”भन्ने अभियान मार्फत नगरपालिका र स्थानिय कृषकहरुको साझेदारीमा बडिमालिका कोदोको बिष्कुट उद्योगको रुपमा पालिका गौरवको आयोजना सञ्चालन गरीने बताउनुभएको हो । किशानको लगानी,किशानकै आम्दानी भन्ने अभियान मार्फत कृषि उपजको संकलन गरीने,प्रशोधन गरी जिल्ला भित्र वा बाहिर निर्यात कार्यक्रम सञ्चालन गरीने,रैथाने उपहार,गाउँको भान्सामा लहर शहरको,योजना अनुरुप सार्वजनिक निति,एककिकृत कृषि प्रशोधन उद्योग स्थापना,तँपाई गर्नुहोस् उत्पादन,हामी खोज्छौ बजार,भन्ने नारालाई आत्मसात गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण गर्न पालिकाले सहयोग गर्ने,किशानको पहिचान,बारीमै अनुदान,कार्यक्रम मार्फत ढुवानी ,अनुदान,गरीने प्रमुख खड्काले बताएका हुन् । त्यस्तै शितगृह भण्डारण,र बितरण केन्द्र स्थापना,सिचाई प्रबिधिको सुबिधा,सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानिय उत्पादित दाल तथा तरकारीलाई उपयोग गरीने,स्थानीय बाली कोदोको प्रर्बद्धन, कृषकहरुलाई कोदो बाली तर्फ आर्कषित गर्न बडिमालिकाले कोदो दिवस हरेक बर्षको मंसिर १ मा मनाइने प्रमुख खड्काले बताउनु भयो ।

त्यस्तै नगर भित्रका पर्यटकिय होटलहरुमा कोदोको परिकार लगायत रैथाने मेनु तयार गरी अभियान सञ्चालन गरीने,नगरपालिका ,वडा,कार्यालय र मातहतका कार्यालयहरुको कार्यकक्ष र तालिम हलमा स्थानीय कृषकहरुले बनाएका हलो,डोको,ग्याब्री,पञ्चेबाजा लगायत अन्य सामाग्रीहरुलाई नाम सहित सजाएर राख्ने निति लिईने, बताउनुभयो ।एकिकृत बिकाश निति अन्तरर्गत नगरप्रमुख संग बिश्वास अभियान परियोजना सञ्चालन गरीने,नगरको समृद्धि कृषि,पर्यटन र यातायातलाई प्राथामिकताका साथ लागु गरीने,बिकाश साझेदारी प्रदेश संघ संस्थाको उपस्थितमा बडिमालिकाको बिकाश लगानी अभिबृद्धि गर्न लगानी कर्ता,बिकाश साझेदार,प्रदेश तथा संघ सरकारको सहभागीतामा बडिमालिका बिकाश लगानी सम्मेलन गर्न बडिमालिका बिकाश कचहरी कार्यक्रम सञ्चालन गरीने प्रमुख खड्काले बताए । पशुपंक्षी सम्बन्धि गोठ,देखि ओठ सम्म बधशादा देखि भान्सा सम्म,नारालाई साकार पार्न पशुपंक्षी ब्यबसय प्रबद्र्धन कार्यक्रम गरीने,पशु आहाराको लागी घाँस खेतीको कार्यक्रम सञ्चालन गरीने भएको छ ।

बाँझो जमिन,सामुदायिक वन र अन्य सडक किनार आसपास र खुला क्षेत्रमा डाँलेघाँस तथा भुईघाँस खेती गरी पशुपालन ब्यबसायलाई मजबुत बनाईने भएको छ । प्रत्येक वडामा स्थानीय लोकल कुखुरा कालिज फर्म संञ्चालन गर्ने कृषहरुलाई प्रोत्साहन गरीने,पशुपंक्षी सम्बन्धि रोग निवारण,पशु सुरक्षालाई सुनिश्चित गर्न पशुपंक्षी उपचार सेवा अभियान सञ्चालन गरीने भएको छ । संस्कृति तथा पर्यटन प्रर्बद्धनको लागी नगर क्षेत्र भित्रका धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने निति लिइने,पर्यटकको नियमितता,बडीमालिका तिर्थयात्रा,भन्ने नारालाई साकार पार्न बडिमालिका पाटन क्षेत्रलाई बाह्रै महिना संञ्चालन गर्न आबश्यक आधारभुत पुर्वाधार निमार्ण गर्दे,बडिमालिका यात्रालाई निरन्तरता दिइने भएको छ । बडिमालिका जाने बाटोलाई सोता पाटनसम्म नियमित सञ्चालन .गर्न तथा वास बस्नको लागी होटलको सट्टा खर्क स्टेशलाई प्राथामिकता दिइने भएको छ ।बडिमालिका नगरपालिकाका महत्वपुर्ण पर्यटकि स्थानहरु मना कैलाश मन्दिर,बिरेखोला झरना,त्रिबेणी पाटन,बडिमालिका मन्दिर उपरकोट,कालाजग्रा पारखेगढी,दहडाँडा,जाल्पादेवि मन्दिर,चल्लेसैन दह,लगायत सुन्दर तथा धार्मिक स्थानको संरक्षण पर्बद्धन गर्नुका सार्थ  बडिमालिका वडा.नम्बर ८ स्थित रानीवनलाई हरित पार्कको रुपमा बिकाश गरीने भएको छ । कालाजग्रा क्षेत्र लगायत नगरपालिकाका पर्यटकिय क्षेत्रमा जाने बाटोका अग्ला चट्टानहरुमा कलात्कम मुर्तिहरु निमार्ण गरी आबश्यक रंगरोगन गरीने भएको छ ।

उद्योग तर्फ स्थानिय कच्चा पदार्थमा आधारित साना घरेलु तथा उद्योगहरुको बिकाश बिस्तार गर्न बिभिन्न किसिमका ब्याबसायिक सीपमुलक तालिमको ब्यबस्था गरीने भएको छ । नगरपालिका स्तरीय औद्योगिक नीति तर्जुमा गरी साना घरेलु उत्पादन मुलक उद्योगहरुको स्थापना गर्ने प्रबिधी हस्तातरण गर्ने जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने भएको छ । युवा रोजगार र महिला उद्यम बिकाश सम्बद्ध रणनैतिक आयोजनाको परिमार्जन गर्दै एद्यम बिकाश रणनीति तर्जुमा गरीने भएको छ । पुर्वाधार बिकाश तर्फ निमार्णाधिन बडिमालिका चक्रपथको स्तरोन्नती एवम् बिस्तार कार्यलाई निरन्तरता दिइने,बडिमालिका आवास कार्यक्रा अन्तरर्गत परिवारको सदस्य सहकारी तगा गैरसहकारी संस्थामा आबद्ध नभएको कुनै पनि किसिमको ब्यापार नगरेको,बिदेश नगएको, बेरोजगार नगरवासीलाई रोजगार कार्यक्रमको सहकार्यमा बडिमालिका नगर आवास कार्यक्रा सञ्चालन गरी प्रत्येक वडाको कुनै एकल बिपन्न परिवारका लागी न्युनतम आवास निमार्ण गरीने निति लिइने भएको छ । नगर स्तरको खानेपानी समस्या समाधान गर्न बिस्तृत अध्ययन प्रतिवेदन तयार गरी सो अनुसार कार्यान्वयन गरीने भएको छ ।

नगरभित्र बिद्युत सेवा नपुगेका क्षेत्रहरुमा बिद्युत लाईन बिस्तार गर्ने कार्यलाई बढावा दिइने भएको छ । प्रबिधि मैत्रि प्रशासन,बिकाश समृद्धि र शुसासन नारालाई साकार पार्न पेपरलेस बडीमालिका सरकारले अबधारण निरन्तरता दिन एकिकृत सुचना ब्यबस्थापन प्रणालीलाई ब्यबस्थित बनाउदै लगिने भएको छ । बडिमालिका नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारीता सेवामा आबद्ध पत्रकारहरुको सेवा प्रवद्र्धनको लागी पत्रकार क्षमता विकास कार्यक्रमलाई प्राथामिकता दिइने भएको छ । लोककल्याणकारी बिज्ञापनको निती यसै बर्षबाट लागु गरी कार्यान्वयन गरीने भएको छ । बडीमालिका नगरपालिकाको विकाश तथा शुसासनका क्षेत्रमा कलम चालउने एक जना पत्रकारहरुलाई पालिका स्थापना दिवसको अबसरमा बडीमालिका पत्रकारीता पुरस्कार मार्फत पत्रकारको सम्मान गर्ने कार्यक्रम यसै बर्षबाट लागु गरीने भएको । शिक्षा क्षेत्र संग सम्बन्धित नगर प्रमुख विश्वास अभियान कार्यक्रम मार्फत नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा बिद्यालयको स्वास्थ्य,अबस्था,शिक्षकको ईमान्दारीता मुल्ल्याकंन गरीने भएको छ । एम.बि.बि.एस.अध्ययन गर्ने नगरपालिका भित्रको कुनै एक जना बिद्यार्थीलाई र बिद्यावारीधी गर्ने नगरपालिका भित्रको एक जना महिला पुरुषलाई बिषेश आर्थिक सहयोग उपलब्ध गराईने भएको छ । नगर उपप्रमुख संग छात्रावृति कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

त्यस्तै स्वास्थ्य,तर्फ बर्षको एक पटक घर दैलोमा जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरीने,जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको सहकार्यमा जडीबुटी प्रशोधन केन्द्र संञ्चालन गरीने भएको छ ।खेलकुद तर्फ युवाहरुलाई प्रविधि उद्यम ब्यबसाय संग संग्लग्न गराउने निति लिइने भएको छ । वडा.नम्बर ८ मा रहेको कर्वडहल सुबिधा सम्पन्न प्रदेश स्तरको खेल मैदान बनाउन आवश्यक पुर्वाधार निमार्ण गरीने भएको छ । बडीमालिका नगरपालिकाको शान,महिनाको १ दिन अनिवार्य श्रमदान अभियान समेत सञ्चालन गरीने भएको छ । नगरपालिकालाई समृद्ध नगर सुखी नगरबासी बनाउँन हरेक क्षेत्रलाई प्राथामिकता दिएर अगाडी बढ्ने नगर प्रमुख अमर खड्काले बताए । निति तथा कार्यक्रममा समावेश गरीएका योजनाहरुको कार्यान्वयन गर्न पालिका पछाडी नहट्ने उनले बताएका हुन् । चालु आर्थिक बर्षमा जे जति निति तथा कार्यक्रमहरु ल्याएका छौ ति कार्यक्रमहरुलाई सञ्चालन गर्दे लिइने उनले बताएका हुन् । २०८०/ ८१ का केहि निति तथा कार्यक्रमहरु पनि सञ्चालन गर्न सकिएका छैनन् ति कार्यक्रमहलाई पनि निरन्तरता दिइनुका साथै यो आर्थिक बर्षका निति तथा कार्यक्रमहरुलाई पनि एकसाथ सञ्चालन गर्दे लगिने नगर प्रमुख खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!