युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
54 पटक पढिएको

गोबिन्द राज तिमिल्सेना,असार १२ ,बाजुराः सुदुरको शान,बाजुराको माटोले जन्माएको चर्चित देउडा गायक प्रकाश थापाको “मायाकै आराधना गर्छु”नामक लोकदोहोरी गित साङ्गितिक बजारमा (भिडियोसहित) सार्वजनिक भएको छ। बढिजसो देउडा तथा ठाडि भाकामा आवाज दिएका थापाले “मायाकै आराधना गर्छु”नामक लोकदोहोरी गित साङ्गितिक बजारमा ल्याएका हुन्।गायक थापा भन्ने बितिक्कै देउडाको हस्तीको रुपमा चिनिने उनै कोकल कण्ठी श्वरमा धनी बाजुरली चर्चित गायक थापाको मार्मिक लोकदोहारी गित “मायाकै आराधना गर्छु” बजारमा आएको हो ।

खप्तड डिजिटल म्युजिक युट्युब च्यानलबाट बुधबार उक्त गीत सार्वजनिक भएको हो। उक्त गितमा स्वयम् गायक थापा र गायिका सुनिता बुढाक्षेत्रीले आवाज दिएकी छन् । गीतको लय गायक थापाकै रहेको छ भने गितको शव्द चर्चित सर्जक राजेन्द्र शाह बिपी को रहेको छ ।उक्त गितमा गायक बिनोद बाजुरालीले एरेञ्जर गरेका छन् टेक बहादुर बिष्ट र सञ्जिता शाहीले अभिनय गरेको उक्त गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । देउडा गित मार्फत सबैको मन मुटुमा बस्न सफल बाजुरा मात्रै नभई देशभर आफ्नो नाम कमाउन सफल उनै चर्चित देउडा तथा ठाडि भाका गायक थापाको मायाकै आरधना गर्छु नामक लोकदोहोरी गित साङ्गितिक बजारमा आएको हो ।

२०५७ सालमा “ सुदुरपश्चिम बिकटै भएनी, सम्झना छ मै मरी गएनी ” नामक देउडा गीतबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले करिब २५/२६ बर्ष लामो सांगीतिक यात्रामा  करिब ७००/८०० सय भन्दा बढी देउडा तथा ठाडिभाका गीतहरुमा आवाज दिसकेका छन् ।सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान हुन् । बाजुराको मोटोमा जन्मेर लामो समयदेखि साङ्गितक क्षेत्रमा होमिदै आएका गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिम् वासिको रोजाईमा पर्ने एक असल कर्मठ देउडा गायक हुन् । गायक थापा जति पनि गितहरु साङ्गितिक बजारमा ल्याउछन् त्यति नै गितहरु उनका चर्चामा रहने गर्छन यो लोकदोहोरी गितले पनि राम्रो बजार पाउने आशा लिएको गायक प्रकाश थापाले बताएका छन्।

लामो समयसम्म देउडा तथा ठाकि भाका गितहरुमा आवाज दिदै आईरहेका गायक थापाले निकै नै मार्मिक लोकदोहोरी गित साङ्गितिक बजारमा ल्याउन सफल भएका छन् । बिशेषत देउडा क्षेत्रको हस्तिका रुपमा चिनिने गायक थापा आम सुदुरपश्चिमेली हरुको मन मुटुमा बस्न सफल एक कर्णप्रीय देउडा गायक हुन्। गायक थापाका गितहरु जति पनि साङ्गितिक बजारमा आएका ती गितहरु त्यति नै राम्रा र सबैको रोजाईमा परेका गितहरु रहेका छन् । भने उक्त गितहरुले राम्रो बजार समेत पाएका छन् । पेशाका हिसाबले गायक थापा शिक्षक भए पनि उनले गित सङ्गितको क्षेत्रलाई पनि एकसाथ गर्दै अगाडि बढाएका छन् । गायक थापा संग लामो पेशागत अनुभव समेत रहेको छ । पेशागत शिक्षकका हिसाबले पनि उनी सबैको रोजाईमा पर्ने ब्यक्ति रहेका छन् । स-साना बालबालिका देखि बुढापाखाहरुको आँखाको नजरमा सर्वप्रथम गायक तथा शिक्षक थापा पर्ने गरेका छन् । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी जन्मेका उनी लामो समयदेखि साङ्गितक क्षेत्रमा ठुलो योगदान गर्दै आईरहेका छन् ।

बाजुरेली देउडा गितको राजा कोकल कण्ठि श्वरका धनी गायक थापाको लोकदोहाोरी गित “मायाकै आराधना गर्छु”आज साङ्गितिक बजारमा आएको हो । यो लोकदोहोरी गितलाई आम दर्शकहरुले मन पराउने आशा लिएको थाष्क थापाले बताएका छन । देउडा गित जस्तै यो लोकदोहोरी गितले पनि बजार पाउँने आशा लिएको उनले बताएका छन । जिल्ल बाजुरामा पछिल्लो समय लोक दोहोरी गितहरु गाउँनेको संख्या बढेको हुँदा यसलाई पनि सबैले माया गर्ने गायक थापाले बताए । गायक थापाको गित संगित क्षेत्रमा लगाव निकै नै रहेको छ जसले गर्दा हालसम्म पनि उहाँले आम दर्शकहरुको माया पाईरहेका छन । उनले गाएका देउडा तथा ठाडी भाका गितहरुमा भावबिहोार नहुने कमै मात्रामा भेटिन्छन। बाालबालीका,युवा तथा बुढापाखाको रोजाईमा गायक थापा पर्ने गरेका छन । गायक थापाका हजारौ गितहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन । गंगा जल,आगो सल्किगयो,कन लायो आगो,खाउ भन्या मोहि छैन,पहेली धानका बाला,बसु दतारी नाई,बासन पुरी धान लगायतका कयौ गितले त्यो बेला चर्चा बटुलेका र चर्चा कमाएका गायक थापा अहिलेको समयमा पनि त्यति नै चर्चा कमाउँन सफल रहेका छन ।

गित सांगित यात्रालाई सधै आत्मसात गरेर अगाडी बढिरहने गायक थापाले बताएका छन। बढीजसो देउडा गितमा आवाज दिने भएपनि सबै गित संगितलाई उत्तिकै माया गरीरहेको थापाले बताएका छन।बाजुराको शान देउडा भएकोले आफुले सधै देउडा तथा ठाडी भाका गित गाउँने गरेको उनले बताएका छन।चर्चित देउडा तथा ठाडी भाका गायक थापाका बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,बाजुराको लाठ्या,खोलीको कायाजााल,तारा मधुराई छन,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,गैरी पिपल ढाली,डाँफे हिमालैमा लगायतका हजारौ संख्यामा चर्चित गितहरु साङ्गितिक बजारमा रहेका छन।

भिडियो यहाँ रहेको छ …

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!