बाजुरा: जिल्लाकाे पुर्वि उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराे जादा पहिराेबाट च्यापिएर ७० बाख्रा मरेका छन् ।
गएराति आएकाे अबिरल बर्षाले एक्कसी बाख्रा राखेको खाेर माथिबाट आएको पहिरोले स्थानिय गोरख राज बोहराका ४० वटा, जर्म बोहराका १० वटा ,र जीवन बोहराका २० वटा गरि जम्मा ७० बाख्रा मरेका छन् । भने १० वटा बाख्रा सकुशल रहेकोे स्थानीय वीर बहादुर बोहराले बताए।
बिहान खाना खाएर बाख्रा वन चराउन जाने बेला बाख्रा मरेकाे अबस्थामा पाईएकाे बताईएकाे छ । बाख्रा मरेकाे मुचुल्काकाे लागि कवाडी प्रहरी चौकीलाई लागि खबर गरिएको स्थानियले बताएका छन्। साे स्थान प्रहरी चाैकिबाट करिब ३/४ घण्टाकाे दुरिमा रहेकाे छ ।बिस्तृत खबर आउँन बाकी रहेकाे छ ।