बाजुरा: जिल्लामा पुनस् बिद्युतिय सेवा अबरुद्ध हुने भएको छ ।असार १६ गते आइतबार देखि २२ गतेसम्म जिल्लामा राष्टिय लाइनको बिद्युतिय सेवा अवरुद्ध हुने भएको छ ।गत असार ५ गतेदेखि १५ गतेसम्म फरक समयमा बिद्युत सेवा अबरुद्ध हुने भनेको थियो र बिद्युतिय सेवा अबरुद्ध समेत भएको थियो तर मौसम प्रतिकुलका कारण लाइन मर्मतमा सहजता नभएकोले थप ८ दिन थपिएको नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।
बाजुरा बितरण केन्द्र अन्तर्गत निर्माण भईसकेको ३३/११ के. भि.बाजुरा सबस्टेशन देखि ३३/११ के।भि।साँफेबगर सबस्टेशन सम्म सबस्टेशन अन्तरर्गतको लाईन जडान कार्य तथा ३३ के.भि.प्रशारण लाइन साँफेबगर देखि मार्तडी सबस्टेशन सम्म मर्मत सम्भार तथा सुधार गर्नुपर्ने भएकाले फेरि असार १५ देखि २२ गतेसम्म थप बिद्युत सेवा अबरुद्ध हुने बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ । पहिलेकै समयमा बिद्युतिय लाईन अबरुद्ध हुने कार्यालयले जनाएको छ।