युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
48 पटक पढिएको

गोबिन्द्र राज पाध्याय,असार १५,बाजुराः बाजुरामा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव  हर्षोउल्लासका साथ मनाईएको छ । जिल्लाका ९ वटै स्थानिय तहहरुमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हर्षोउल्लासका साथ मनाईएको हो । ९ वटै स्थानिय तहहरुले आज धान दिवस तथा रोपाई महोत्सव हर्षोउल्लासका साथ मनाएका छन्। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस बाजुरामा पनि भव्यताका साथ मनाइएको छ ।

शनिबार कृषि ज्ञान केन्द्र बाजुरा र बडीमालिका नगरपालिका कृषि विकास शाखाले संयुक्त रुपमा गडखेतमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका छन।जलवायु मैत्रि कृषि,धान उत्पादनमा बृद्धि ” भन्ने मुल नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ भव्यताका साथ मनाएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । दिवसमा स्थानीय कृषक, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी पत्रकार लगायतले हिलोमा धान रोप्दै असारे गित गाएर रमाइलो गरेका थिए। सहभागीहरुले हिलोमा रमाउदै एक अर्कालाई हिलोले हान्नेर, धान रोपेर दिवस मनाएका हुन।

नगर प्रमुख अमर खड्काको अधयक्षतामा सञ्चालन भएको धान दिवस तथा रोपाई महोत्सव कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले तीनै तहका सरकारले आधुनिक कृषि प्रणालीको अवलम्बन गरी उत्पादकत्व र उत्पादनमा बृद्धि गर्नुपर्ने बताए । त्यस्तै बडिमालिकाका नगर प्रमुख अमर खड्काले कृषि क्षेत्रमा थप सुधार गर्न नगरपालिकाले नीति लिएको बताएका छन् ।धान उत्पादनमा बृद्धि गर्न सकियो भने जिल्लालाई आत्मनिर्भर बनाउँन सकिने हुँदा बडिमालिका नगरपालिकाको तर्फबाट बिशेष निति अबलम्बन गरीएको उनले बताए ।नगर सरकारले कृषि क्षेत्रमा व्यापक सुधार गरी लगानी गरेको बताउँदैं आगामी आर्थिक वर्षबाट समग्र रुपमा कृषि क्षेत्रमा फड्को मार्ने विश्वास आफुले लिएको नगर प्रमुख खड्काले बताए ।

त्यस्तै यता कृषि ज्ञान केन्द्र बाजुरामा प्रमुख भुमिराज उपाध्यायले जिल्लालाई धान खेतीमा आत्मनिर्भर बनाउँन ज्ञान केन्द्रले महत्वपुर्ण भुमिका खेलिरहेको बताउँदै आगामी बर्षहरुमा पनि कृषि क्षेत्रको सुधारको लागी कार्यालयले महत्वपुर्ण भुमिका खेलिरहने बताए । अहिले खडेरीले अलि समस्या हुँदा रोपाईमा केहि ढिला भएको उनले बताए र जिल्लामा हालसम्म करिब २६ प्रतिशत मात्र रोपाई सकिएको प्रमुख उपाध्यायले बताएका छन् ।कतिपय ठाउँहरुमा सिचाईको सुविधा भएपनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा सिँंचाई गर्नुपर्ने बाध्यता रहेकाले असार १५ गतेसम्म जिल्लामा २६ प्रतिशत मात्र रोपाई समपन्न भएको उनले बताए ।

बडिमालिका नगरपालिका ९ मा रहेको गडखेतमा आज भब्यताका साथ धान दिवस तथा रोपाई महोत्सव भब्यताका साथ मनाईएको हो । एकता महिला कृषक समूहको निमन्त्रणमा गड्खेतमा दिवस मनाईएको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेश विकले बताएका छन् ।गडखेतमा स्थानीय कृषक, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी पत्रकार लगायतको उपस्थितमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हर्षोउल्लासका साथ मनाईएको विकले बताए ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।

 

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताएका छन् ।खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् प्रमुख उपाध्यायले बताए ।

जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषी ज्ञान केन्द्र बाजुराले जनाएको छ।जिल्लाको पुर्बि उत्तर क्षेत्रमा पानी कम पर्ने र सिंचित क्षेत्र नभएकोले स्वामिकार्तिक खापर गाउँपालिकाको वाइ, हिमाली गाउँपालिकाको केही भाग जगन्नाथ गाउँपालिकाको केही क्षेत्रमा रोपाइ कम मात्रामा हुने ज्ञान केन्द्र बाजुराले जनाएको छ। यो बर्ष देशभर ९० प्रतिशत धान रोपाई हुने प्रक्षेपण गरएिको छ ।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव नगर प्रमुख अमर खड्काको अधयक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।कार्यक्रममा नगर उप–प्रमुख नन्दा थापा, गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल,कृषि ज्ञान केन्द्र प्रमुख भुमिराज उपाध्याय,बडिमालिका कृषि शाखा प्रमुख रमेश वि.क.सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल पत्रकार लगायत स्थानीय कृषकहरुको सहभागीता रहेको थियो । जिल्लाका अन्य पालिकाहरुले पनि हर्षोउल्लासका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका छन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!