
अशोक कुमार शाही
असार १० गते २०७८
चार बर्ष अघि काठमाडौ पढ्न गयकी एक जना किशोरी कोही कसैको प्रेममा फसेर भारतको मुम्बईमा बेभिन पुगेकी थिईन । हाम्रो नेपाल हामी नेपाली अभियानका कैलाली संयोजक हिमाल साउदको अथक प्रयास पछि पिडित किसोरीको उद्धार गरी सकुसल नेपाल पठाएका छन् ।
निज बेभिएकी किशोरीलाइ तपाईले कसरी उद्वार गर्नु भयो भनेर सोध्दा साउदले भने उद्धर गर्दाको संघर्ष यसरी सुनाए । निज हाामी नेपाली हाम्रो नेपाल अभियाँनका साँउदले यसरी राखे आफ्ना कुरा आज भन्दा ठिक १० दिन पहिला राती को दस बजे मलाई लाई फोन आयो । म अन्जना यादब ( नाम बद्लियको) के म हिमाल साउद सङ्ग कुरा गर्दै छु भनेर प्रश्न आयो र मैल भने भन्नू हजुर भन्नुस के होला भन्दा उहा पीडितले भनिन हजुर सामाजिक अभियन्ता होर ? मैले भने नाई त्यस्तो त होइन तर केही समस्या छर ? भन्दा पीडितले आफु बेचिएको बारे पुरा पीडा बताइन र मैले भने हजुरलाई मेरो नम्बर कस्ले दियो ? उनले भनिन् एक जना नेपाली माान्छे आउनु भएको थियो उहालाई मैले मेरा सबै ंपीडाहरु सुनाउदा उहाँले मलाई हजुरको नाम दिनु भयो हजुरले यो भन्दा पहिला पनि यस्तो सामाजिक काम गर्दै आउनु भएको सुन्दा मलाई आश जाग्यो । अनि मैले भने खै सबै कुरा सक्छु त भन्न सक्दैन तर कोसिस अवश्यै गर्न सक्छु मलाई हजुर त्यहाको नाम र ठेगाना दिनुस कसरी मिल्न सकिन्छ । भन्दा उनले भनिन् हामीलाइ भेट्न त कस्टमर भयर नै आउनु पर्छ भन्दा मैले भने हुन्छ मलाई ठेगाना दिनुस अनि हजुरको नम्बर यो होर उनले भनिन् हुन्छ भन्दै आफ्नो ठेगाना पत्ता दिए पछि दोस्रो दिन साँझ म एक जना भारतिय साथी लगेर गए । समस्या यो थियो न कहिले देखेको न कहिले गएको ठाउँमा कसरी चिन्ने भनेर तर उनले भने झै हामी त्यहा गयौँ र त्यहा एक जना बाहिर जो ग्राहाकलाई भित्र लग्छ उसलाई सोध्यौँ यहाँ के–के पाइन्छ उसले भन्यो पैसा भए सबै मिल्छ ।
त्यस पछि मैले भने रोजेको पनि पाइन्छ उसले भन्यो रोजेको चाहिने भए पैसा ज्यादा लाग्छ मैले भने कति सम्म लाग्छ ? मैले भने २ हजार एक घन्टाको लागि मैले भने अलि मिलाउ भन्दा १५०० सयमा कुरा भयो र हामी दुई जना भित्र गयौ त्यस पछि जो देख्यौ त्यो कुनै जात्रा भन्दा कम थिएन पचासौ केटा केटीहरु आफ्नै दुनियामा थिए र मैले भने यो नाम गरेकी केटी खै भन्दा उसले बोलायो तर उसको पनि मलाई न देखेको कारण हिड्नुस रुम तिर भन्दा मेरो मन भावुक भयो । नेपाली चेली यो हालतमा आफू भन्दा कान्छी उमेर कि मैले भने हिड्नु म रुममा पुग्न साथ मैले आफ्नो आइडी देखाए म हिमाल साउद हो तिमीले जसलाई फोन गरेकी थियौ । उनले रुदै भनिन् दाई मलाई यो नर्गबाट उद्दार गरि दिनुस भनेर मैले भने के के भएको हो भन भनेर उनले सबै आफुले भोगेका पीडाहरु बताइन् जो पहिला पढी सक्नु भयो हजुर हरुले । मैले मन थाम्न सकिन र हुन्छ म कोसिस गर्छु भन्दै त्यहाबाट ४५ मिनेट मा बाहिर आए र साथिलाई भने हिडौ अब त्यहाबाट त निक्लियौ तर अब कसरी उद्दार गर्ने भन्ने मनमा हजारौं कुरा खेल्न थाले । मैले फेरि उहीँ पुरानो तरिका अप्नाए अब हरेक दिन मलाई जान सम्भब पनि थिएन त्यति आर्थिक पनि थिएन । अनि मैले एक जना भारतिय साथीलाई पठाउथे जसको हातमा नेपाली दस रुपया हुन्थ्यो त्यसमा हिमाल नाम लेखेको उसले उनी हरुलाई आफ्नो जाने आउने र कति पैसामा बाहिर लिन सकिन्छ भन्थी ।
दिन बित्दै गए यता मेरा मीत जि इन्द्रजित सर संग पनि म सल्लाह गरि रहे कहि कतै अप्ठ्यारो भयो भने कसरी जाने भनेर । आन्तिमा मैले शिव सेना नेताको पनि साहरा लगे र उन्लाक सबै कुरा भन्दा उन्ले पुलिस ठानामा निवेदन गर्न भने पछि मैले भने त्यसरी जाहेरी हुन्छ भोली मलाई पनि अप्ठ्यारो पर्छ भन्दा उनले भने म के गर्न सक्छु त मैले भने मलाई १,५०,०००।– (एक लाख पचास हजार) रुपैयाँ आवश्यक छ उनलाई बाहिर २० दिनको लागि बुकिङ्ग गर्नुस तब सम्म उ नेपाल पुगि सक्छ भन्दा उहाले भन्नू भयो यत्रो रकम अनि पछि मलाई को दिन्छ भन्दा मैले उनलाई भने मेरो जिम्मेवारी भयो ।
पैसा उ सङ्ग छ तर पहिला उसलाइ बाहिर निकाल्नु पर्यो भन्दा उहाले ल भयो मेरो तर्फबाट दस हजार सयोग पनि गयो भन्दा म अब सफल भय भनेर म निक्लिए र हामीले त्यसै गर्यौ दोस्रोे दिन एक जना गउको मान्छेलाई त्यो माल्किनसंग कुरा गर्न लगयौ र कुरा पक्का भयो उनलाई साझ दुई बजे त्यहाबाट निकाली सके पछि उनले वाचा गरे अनुसार हामीलाइ पैसा पनि उनले दिइन् तर टिकट को पैसा चाइ शिव सेना नेताले दिय र छोड्न गाडी पठाय म बाहिर नै रुके किनकी कहि पत्तो लाग्यो भने मलाई पनि खतरा हुन्छ भनेर उनलाई गोरखपुर रेलमा बसाएर हामी त्यहाबाट हिड्यौ अहिले उनी गोरखपुरबाट सुन्सरीको लागि पनि हिडी सकेकी छन् । उनि यो कालकोठरीबाट मुक्त पाइ सके पछि हाम्रो पहलमा सकुशल नेपाल पुगेर घर परिवारसंग भेटघाट गर्न पाउने वातावरण भएको छ ।