बाजुराः क्यानडा निवासी समावसेवी एजी शेर्पाको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ लठैया खल्ला स्थित (शिविरमा) रहेको जनएकता आधारभुत बिद्यालयमा अध्ययनतर ४० जना बिद्यार्थीहरुलाई समाजसेवि शेर्पाको आर्थिक सहयोगमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ ।
उनले दिएको जानकारी अनुसार जनएकता आधारभुत बिद्यालयमा अध्ययनरत पहिलो चरणमा छुटेका बिद्यार्थी भाईबहिनीहरुलाई अहिले सामाग्री बितरण गरीएको बताएकी छन् । सोहि बिद्यालयमा पहिलो चरणमा ७० जना बिद्यार्थीहरुलाई अमेरीका निवासी समावसेवि ओङ्छु शेर्पा,मिना गुरुङ शेर्पा र सोहि अमेरीका बस्दै आएका समाजसेवी खडक खड्का र मैया खड्का द्धय दम्पतीको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको थियो।त्यसबेला छुटेका अन्य ४० जना बिद्यार्थीहरुलाई दोस्रो चरणमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको अभियान्ता शाहीले जानकारी दिनुभएको छ ।
पहिलो चरणमा छुटेका बिद्यार्थीहरुलाई पुन समानसेवि एजी शेर्पाको आर्थिक सहयोगमा सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको शाहीले बथताएकी छन् । विद्यार्थीहरूलाई दिइएको ब्याग तथा स्टेशनरी सामाग्रीले बिद्यार्थीहरुको शिक्षाप्रति थप ऊर्जा बढ्ने बिश्वास लिएको शाहीले बताईन्। मानव सेवा नै धमै हो भन्ने उदेश्यलाई आत्मसाथ गर्दे अभियान्ता शाहीको पहलमा जनएकता आधारभुत बिद्यालयका पहिलो चरणमा छुटेका ४० जना बिद्यार्थीहरुलाई क्यानडा बस्दै आएका समाजसेवि शेर्पाको आर्थिक सहयोगमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको हो । बिद्यार्थीरुको पढाईमा सहजता गर्नको लागी शर्पाको आर्थिक सहयोगमा सामाग्री बितरण गरीएको शाहीले बताउनु भएको छ ।
स्कुल ब्याग पाउँदा बिद्यार्थीहरु पनि खुसी भएका छन् । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गरीदिएको प्रति बिद्यालय परिवारले समाजसेवि शर्पालाई धन्यबाद दिएको छ भने सामाग्री बितरण गर्नमा सहयोग गर्ने सामाजिक अभियान्ता शाहीलाई पनि बिद्यालय परिवारले धन्यबाद दिएको छ । स्कुल ब्याग बितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका,अध्ययनरत बिद्यार्थी लगायत अभिभावको उपस्थितमा सामाग्री बितरण गरीएको हो ।