गोबिन्द्र राज तिमिल्सेना,असार २२,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर. ७ जिल्ली दानचौरमा असार १७ गते राति आएको अबिरल बर्षातले गर्दा सडकमाथिबाट पहिरो गई अबरुद्ध भएको सडकखण्ड करिब एक साता बितिसक्दा पनि सञ्चालनमा आउँन नसक्दा समस्या भएको छ । सडक अबरुद्ध भएको करिब एक साताबितिसक्दा पनि सञ्चालनमा नआउँदा दैनिक यातायातका साधन लगायत मानिसहरुलाई सास्ती खेप्नु परेको छ । रातभरको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि अबरुद्ध भएको सडक सञ्चालन गर्न सकिएको छैन् । रातभर लगातार पानी पर्दा पहिरो पन्छाउन निकै समस्या भईरहेको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।
रातभर लगातार अबिरल बर्षा हुन थालेपछि सडक खुलाउन समस्या भएको हो । सडक सञ्चालन गर्नको लागी प्रहरीको टोली लगायत डोजरको सहित परिचालन गरीएको भएपनि रातभरको अबिरल बर्षातले पहिरो झन बग्न थालेपछि सडक खुलाउन सकस भएको प्रशाशन कार्यालय बाजुराको भनाई रहेको छ । सडक अबरुद्ध भएको एक हप्ता बितिसक्दा पनि सडक खुल्न नसक्दा मार्तडी देखि कोल्टी सम्मका यातायातका साधहरु ठप्प रहेको छन् । सडक माथिबाट धमाधम पहिरो बग्न थालेपछि सडक झन अबरुद्ध हुदै गएको हो । सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्ड हरेक बर्षातको समयमा अबरुद्ध हुदै आएको छ । उक्त ठाउँमा पहिरो बग्न थालेको करिब दुई बर्ष बितिसक्दा पनि पहिरो बग्ने क्रम रोकिएको छैन् । हिउँदको समयमा पनि बग्ने पहिरो बर्षातको समयमा झन बढी बग्न थालेपछि यातायातका साधन लगायत दैनिक मानिसहरुको आवतजावतमा समस्या भएको छ ।
अबरुद्ध सडक अहिलेसम्म पनि सञ्चालनमा आउँन नसक्दा नागरीकहरुलाई निकै सास्ती खेप्नु परेको छ । सडकमा सवारी आवागमन अवरुद्ध बनेको छ भने मानिसहरुको आवातजावत पनि निकै सकस बनेको छ । बर्खा लागेसँगै सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा जिप यात्रु लगायत स्थानिय नागरीकहरुले सास्ती व्यहोर्दै आएका छन् । करिब एक साता बितिसक्दा पनि सडक खुल्न नसक्दा यातायातका साधनहरु बढी प्रभावित बनेका छन् । मार्तडी देखि कोल्टीसम्मको यातायात आवागमन टुटेको छ । पहिरोको रोकथामको लागी जिल्ला प्रशाशन,बडिमालिका नगरपालिका,प्रहरी सेना लगायत सरोकारवाला निकाय संग छलफल गरीएको भएपनि अझै अबरुद्ध सडक सञ्चालनमा आउँन सकेको छैन् । पहिरो झन बढीबग्न थालेको र हल्का प्रयासले उक्त परिहो पन्छाउन नसकिने हुँदा समस्या भईरहेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
माथिबाट पहिरो दिनहुँ बग्न थालेपछि सडक सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाले जनाएको छ । पहिरो निकै नै ठुलो लागेको हुँदा कहाँबाट र कसरी सडक सञ्चालन गर्ने भन्ने कुरा अन्योल रहेको नगरपालिकाले भनाई रहेको छ । करिब एक सातादेखि अबरुद्ध सडक अझै सम्म सञ्चालनमा आउँन नसक्दा समस्या भईरहेको र जिल्लाको पुर्वी उत्तरी भेगमा रहेका चारवटा पालिकामा यातायात सेवा सञ्चालन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ । पहिरोको रोकथाम तथा सडक सञ्चालन गर्नको लागी नगरपालिकाले हर प्रयास गरीरहेको तर समस्या समाधान हुन नसकेको नगरपालिकाले जनाएको छ । सडक माथिबाटपहिरो बग्न थालेपछि सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् ।
विगत दुई बर्ष देखि सधै बर्खायाममा दानचौर जिल्ली पहिराले नागरिकहरुलाई दुः ख दिदै आएको छ । पहिरोले भिमकाय आकार लिदै गएकोले थप बितण्डा गर्ने अनुमान गरीएको छ । अबरुद्ध जिल्ली पहिरोले गर्दा पुर्वि उत्तरि क्षेत्रका चारवटै पालिका बुढिनन्दा,हिमाली ,स्मातिकार्तिक र जगन्नाथ गाउँपालिका लगायत छिमेकी जिल्ला हुम्ला,कालिकोटका नागरिकहरुले समेत सास्ती भोग्नु परेको छ । जिल्लीमा गएको पहिरो त्यस्तै मार्तडी कोल्टी सडक खण्डका नदीहरुमा पुल नहुँदा हरेक बर्षातको समयमा यातायतका साधनहरु संग नागरिकहरुले कष्टकर यात्रा गर्दै आईरहेका छन् । जिल्ली पहिरोको कारण जिल्ली बासीहरुका खेतीयोग्य जमिन नदिमा मिसिएका छन ।
पहिरो बग्न सुरु भएको करिब दुई बर्ष भयो,बर्षातको समयमा झनै बग्न सुरु हुँदा खेतीयोग्य जमिन बगाएर नदिमा मिसाउँदा चिन्ता थपिएको जिल्ली बासीहरुले बताएका छन् ।
पहिरो आसपास लगायतका क्षेत्रहरु उच्च जोखिममा रहेका छन् भने परिहोका कारण लक्ष्मी माध्यामिक बिद्यालय पनि उच्च जोखिममा रहेको छ । जिल्ली पहिरोका कारण हरेक बर्ष लक्ष्मी माध्यामिक बिद्यालयको पढाई प्रभावित बन्दै आएको छ । अहिले बन्द रहेको भएपनि साउन महिनाबाट सञ्चालन हुने बिद्यालयमा अब पढाई प्रभावित हुने भउको छ । नजिकै पहिरो बगेको हुँदा बिद्यार्थीहरु बिद्यालयमा आउँन नसक्दा पढाई प्रभावित बन्न पुग्ने अबस्था रहेको छ । जिल्ली पहिरोका कारण बडिमालिका ७ का वडाबासीहरुलाई निकै समस्या भएको छ । असारको महिनामा कामकाज गर्नमा समेत उक्त पहिरोले समसया गर्दे आएको छ । साथै चुथी,रजातोली,ढम्कनेमा ब्यबसाय गर्दे आएका होटल ब्यबसायिहरुलाई पनि सामान ढुवानीमा समसया भएको छ । पहिरोमा यात्रा गर्न पनि निकै असहज रहेको छ । ‘सडक अबरुद्ध भएपछि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको ढुवानी गर्न समेत समस्या भएको छ । अबरुद्ध सडक कसरी सञ्चालन गर्ने भन्ने बिषयमा हरेक दिन छलफल भईरहेको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।











