युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
46 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार २७ बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर ७ रजातोलीको नाउले खोलामा पुल नहुँदा स्थानियलाई बर्षातको समयमा सास्ती खेप्नु परेको छ । खोलामा बर्षौदेखि पुल नबन्दा स्थानियहरु हरेक बर्षातको समयमा सास्ती खेप्दै आईरहेका छन् । खोलामा “झोलुङ्गु पुल नहुँदा हरेक बर्षातको समयमा स्थानियहरुलाई समस्या हुने गरेको छ । बर्षौदेखि खोलामा काठेपुलको सहायताले जोखिमपुर्ण यात्रा गरेर स्थानिय ओहोरदोहोर गरीरहेका छन् । तर निमार्ण गरीएको काठेपुल बर्षातको समयमा खोलाले बगाउँने हुँदा स्थानियलाई समस्या हुदै आएको हो ।

नाउले खोलामा गुणस्तरीय पक्की तथा“झोलुङ्गु पुल पुल नहुँदा बडिमालिका ७ रजातोली,ढम्कनेका बासिन्दालाई खोला तर्न समस्या भएको छ । बर्षातको समयमा सोहि बाटो भएर जिल्ला सदरमुकाममार्तडी आउँने नागरीकहरुलाई निकै समस्या हुने गरेको छ । खोलामा बनाइएको काठेपुल हरेक बर्षातको समयमा खोलाले बगाउँने हुँदा त्यहाँका नागरीक हरेक बर्षातको समयमा जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेका छन् ।खोलामा पुल नबन्दा स्थानियहरुलाई हरेक बर्षातमा मेलापात,घास,दाउदा गर्न समेत सकस हुने गरेको छ । खोलामा काठेपुलको काम नगर्दा त्यहाँका स्थानियलाई निकै समसइा हुदै आएको छ । बर्षातको समयमा यातायातका साधहरु नचल्ने हुँदा रजातोली,ढम्कने लगायत जिल्लाको पुर्वि उत्तरी क्षेत्रका ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बजारसम्म पुग्न खोलामा पुल नहुँदा समस्या भएको हो ।

मार्तडी सडकखण्डको बिचमा पर्ने उक्त खोलामा पुल नहुँदा हरेक बर्षातको समयमा यातायातका साधनहरु समेत अबरुद्ध हुने गरेका छन् भने स्थानियहरुलाई बढी समस्या हुने गरेको छ । खोलामा निमार्ण गरीएको काठेपुल राती आएको अबिरल बर्षातले गर्दा बगाउँदा स्थानियलाई गाईबस्तु चराउँन,मेलापात,घाँस दाउरा गर्न निकै सकस भएको हो । उक्त खोलामा हरेक बर्ष बर्षतको समयमा आएको बाढीले निमार्ण गरीएको काठेपुल खोलाले बगाउने गरेको छ। जसको प्रत्यक्ष असर स्थानिय हरुलाई पर्दै आएको छ । मार्तडी कोल्टी सडखण्ड कालोपत्रे भएपछि खोलामा पक्की पुुल निमार्ण हुन्छ भन्ने आशा मनमा लगेर बसेका त्यहाँका स्थानियको आशा अझै सम्म पुरा हुन सकेको छैन् । ठेकेदारको चरम लापरवाहीका कारण मार्तडी देखि कोल्टीसम्मको सडकखण्ड अझै कालोपत्रे हुन सकेको छैन् । जसको असर स्थानिय बासीहरुलाई पर्दै आएको छ ।

नाउले खोलामा पुल नहुँदा बडीमालिका ७ रजातोलीका बासिन्दालाई खोला तर्न समस्या भएको छ ।खोलामा गुणस्तरीय पुल नहुँदा बर्षातमा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको बडिमालिका ७ रजातोलीका स्थानिय तथा कालाऋृषि युवाक्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन् । उनले भने, “खोलामा बर्षौदेखि काठेपुलको सहयाताले स्थानियहरुले जोखिम मोलेर यात्रा गर्दे आईरहेका छन्,अहिलेसम्म पनि खोलामा पुल बन्न सकेको छैन्,स्थानिय हरेक बर्षातको समयमा ज्यान बाजी लगाएर खोला तरेर वारपार गरीरहेका छन्,कयौ पटक स्थानियहरुले सर्वदानमा काठेपुल निमार्ण गरेपनि बर्षातको समयमा खोलामा पानीको बहाफ उच्च हुने हुँदा काठेपुल बगाएर लैजाने हुँदा समस्या सिर्जना हुने गरेको उनले बताएका छन् । पुल नहुँदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा खोला तर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।

खोलामा निमार्ण गरीएको काठेपुल असार २६ गते राति आएको अबिरल बर्षातले खोलामा बाढी आएपछि पुल भत्काउँदा वारपार गर्न सकस भएको अर्का एकजना स्थानिय प्रेमलाल पाध्यायले बताएका छन् । खोलामा अहिलेसम्म पुल निमार्ण हुन सकेको छैन्,काठेपुलले बर्षातको समयमा काम नगर्ने हुँदा समस्या सिर्जना हुँदै आएको उनले बताए का छन् । खोलामा आएको बाढीले पुल भत्काउँदा अहिले स्थानियहरुलाई आवतजावत गर्न समस्या भईरहेको उनले जानकारी दिएका छन् । स्थानियहरुको सहभागीतामा हरेक बर्ष खोलामा काठुपुल निमार्ण गरीए पनि बर्षातको समयमा उक्त पुल खोलाले बगाएर लैजाने हुँदा समस्या हुने गरेको उनले बताए । खोलामा गुणस्तरीय पुल नबन्दा सम्म स्थानियहरुले पटकपटक समस्या भोगिरहनु पर्ने उनले बताएका छन् । स्थानियहरुले पटकपटक खोलामा पुलको माग गरेका भए पनि अहिलेसम्म कसैले गुनासो नसुनेको  एक जना अर्का स्थानिय  अर्जुन पाध्यायले बताएका छन् । खोलामा पुल नहुँदा बर्षातको समयमा सधै स्थानियहरुले सास्ती खेप्दै आउनु परेको उनले बताएका छन् ।

बर्षातको समयमा यहाँका स्थानीय दैनिक उपभोग्यका समाग्री ल्याउन जिल्ला सदरमुकाम मार्तडी आउने हुँदा खोलामा पुल नहुँदा समस्या भोग्दै आएका छन् । उक्त खोलामा पुल नहुँदा स्थानिय लामो घण्टा हिडेर अर्को बाटो हुदै सदरमुकाम जाने गरेका छन् । बर्षातको समयमा खोलामा निमार्ण गरीएको काठेपुल समेत बगाउँदा बिद्यार्थीहरुलार्य पनि समस्या भएको छ । हरेक बर्षातको समयमा उक्त खोलाले बिद्यार्थिहरुको पढाई समेत प्रभावित गरीदिएको छ । ज्ञानोदय माविमा अध्ययन गर्ने केहि बिद्यार्थी यताबाट पनि जाने हुँदा समस्या हुने गरेको छ । उक्त खोलामा मात्रै नभई अन्य ठाउँमा पनि पुल नुहँदा बिद्यार्थी लगायत स्थानिय लामो बाटो भएर जाने गरेका छन् । खोलामा जति काठेपुल निमार्ण गरीए पनि हरेक बर्षातको समयमा खोलाले उक्त पुल बगाउँदा समस्या हुँदै आएको छ । उक्त खोलामा पुल नहुँदा बर्षौदेखि स्थानिय लगायत यातायातका साधनरुले बर्षातको समयमा सास्ती खेप्दै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!