गोबिन्द्र राज तिमिल्सेना,असार ३०,बाजुराः जिल्लामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको बिद्युतिय सेवा नियमित नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा राष्ट्रिय प्रशारण लाईनको बिद्युतिय सेवा जोडिए पनि बिद्युत सेवा छिनमा आउने छिनमै जाने कारणले बाजुराका सेवाग्राही हैरान भएका छन् । जिल्ला सदरमुकाम मार्तडी लगायतका आसपास राष्ट्रिय लाइन जोडिएका ठाउँहरुमा बिद्युतिय सेवा अनियमितता हुँदा त्यहाँका स्थानियहरु मर्कामा परेका हुन् ।एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।जिल्लामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय लाईन जोडिए पनि अझै पनि नियमित बिद्युतिय सेवा सुचारु हुन सकेको छैन्।
जिल्लामा एकैदिनको दर्जनौ पटक बिद्युत आउँने जाने समस्याले सताउन थालेको हो । घरी बिद्युत आउँने जाने कारणले जिल्ला सदरमुकाम लगायत अन्य आसपासका क्षेत्रमा कार्यालयका कामकाजहरु प्रभावित हुँदै आईरहेका छन् ।बाजुराका अझै आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर रहेका छन् । नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा बिद्युतिय समस्या बढी रहेको छ त्यहाँका कतिपय स्थानियहरु अहिले पनि झरो, टुकीको सहायताले दैनिकी चलाउँदै आईरहेका छन् । राष्ट्रिय प्रशारण लाईनको पहुँच पुगेका पालिकाहरुमा पनि बिद्युतिय लाईन नियमित नहुँदा समसइा हुँदै आएको छ । बिद्युत लाईन कतिबेला झ्याप्प आउने र झ्याप्प जाने कारणले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ ।
जिल्लामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनको बिद्युतिय सेवा नियमित गर्न सेवाग्राहीले प्राधिकरणको ध्यानाकर्षण गरे पनि समस्या तलबाटै उत्पन्न हुने हुँदा नियमित बिद्युतिय लाईन सुचारु गर्न नसकिएको नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।जिल्लामा छिनछिनमा बत्ती आउने र जाने समस्या यतावत रहेको छ । कहिँँ हावाहुरीका कारण पोल तथा तार चुडिएका हुन्छन्,कहिँकतै रुखका हाँगा बिगा पन्छाउने बुस कटिगं गर्ने क्रममा पटकपटक अबरुद्ध हुने गरेको बितरण केन्द्र बाजुराले जनाएको छ । ३३ के.भि. प्रशारण लाईन साँफेबरग देखि मार्तडीसम्म समस्या आउँछ,उक्त लाईन निमार्णको लागी सटडाउन गरेर निमार्ण गर्नुपर्ने हुन्छ भने कहिँकतै रुखका हाँगा बिगा,पन्छाउने कार्य,लगायत कहिल्यै कुनै ठाउँमा फल्ट देखिने र कहिल्यै बाहिर जिल्लाबाटै बिद्युतिय लाईन अबरुद्ध हुने हुँदा बिद्युतिय लाइन नियमित हुन नसकेको बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको भएपनि दैनिक बिद्युतिय सेवामा अनियमितता हुँदा यहाँका नागरीक समस्यामा परेका छन् । प्राधिकरणले साँफेबगर–मार्तडी ३३ के.भी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।राष्ट्रिय प्रशारण लाइनले झनै समस्यामा पारेको यहाँका सेवाग्राहीको भनाई रहेको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका जतिपनि ठाउँमा दैनिक कामकाजमा समस्या भईरहेको सेवाग्राहीको भनाई रहेको छ ।विद्युत अवरुद्धका कारण बिद्यार्थीहरुको दैनिक पढाइ लेखाइमा समेत समस्या भएको छ । स्कुलमा सरहरुले गृहकार्य धेरै दिएका हुन्छन् स्कुल बिदा भएर घर गयो भने घरको कामकाज गर्नुपर्ने हुन्छ राती गृहकार्य गर्न लाग्दा घरी बत्ती आउँछन् जान्छन् कहिले बत्ती नै हुदैन् हामी जस्ता बिद्यार्थीहरुलाई बढी समस्या भएको मालिका मा.वि.मा अध्ययनरत एक जना बिद्यार्थी प्रकाश तिमिल्सेनाले बताएका छन् । बिद्युतीय लाईन घरी आउने जाने कहिल्यै लामो समयसम्म पनि नआउँने कारणले दैनिक पढाई समेत प्रभावित हुने गरेको उनले गुनासो गरेका छन् ।
जिल्ला बाजुरामा बिद्युतीय सेवा अनियमित हुँदा दैनिक सरकारी कार्यालयका कामकाज प्रभावित बन्ने गरेका छन् । साथै बिद्युतीय लाइन घरी आउँने घरी जाने कारणले कतिपय कार्यालयका बिद्युतीय सामाग्रीहरुमा क्षेती पुगेको छ । झ्याप झ्याप बिद्युत आउने जाने कारणले बिद्युतीय सामाग्रीहरुमा असर परेको हो । साथै दैनिक बिद्युतीय सेवा अनियमित हुँदा जिल्लाका सरकारी कार्यालयका कामकाज,लगायात सञ्चार माध्यमहरु बढी प्रभावित हुने गरेका छन् ।जिल्लामा राष्ट्रिय प्रशारण लाईन जोडिए यता कुनैदिन पनि नियमित बिद्युतिय सूचारु हुन सकेको छैन् । जसको असर जिल्लाबासीहरुलाई पर्दै आएको छ । बिद्युति सेवा नियमित नहुँदा दिनभर सरकारी, गैरसरकारी कार्यालय तथा सञ्चार माध्यममा कामहरु प्रभावित हुदै आएका छन् ।
बिद्युतिय सेवा अबरुद्ध हुने
जिल्लामा पुन बिद्युत सेवा अबरुद्ध हुने भएको छ ।असार ३० गते आइतबार देखि श्रावण ५ गते शनिबार सम्म पुन बिद्युतिय सेवा अबरुद्ध हुने भएको छ । असार ३० गतेदेखि श्रावण ५ गतेसम्म फरक समयमा बिद्युत सेवा अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।
बाजुरा बितरण केन्द्र अन्तर्गत निर्माण भईसकेको ३३-११ के.भि.बाजुरा सबस्टेशन देखि ३३-११ के.भि.साँफेबगर सबस्टेशन सम्म सबस्टेशन अन्तरर्गतको लाईन जडान कार्य तथा ३३ के.भि.प्रशारण लाइन टेप्टिङ कार्य भईरहेकोले असार ३० गतेदेखि श्रावण ५ गतेसम्म बिद्युतिय लाई अबरुद्ध हुने बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ । बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो ३ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म् लाइन सटडाउन रहने कार्यालयले जनाएको छ । साथै सार्वजनिक बिदा र शनिबारको दिनमा विहान ९ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म् बितरण केन्द्र अन्तर्गतका सम्पुर्ण बिद्युतिय लाइन बन्द हुने नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।











