युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
101 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, श्रावण १,बाजुराः नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रशाद पाण्डेले नेपालमा कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरी आफुले काम गर्ने बताएका छन।

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भए संगै पदभार सम्हाल्दै नेपालमा कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरी मन्त्रालयले काम गर्ने बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले नवगठित सरकारले आ-आफ्नो मन्त्रालयबाट देशको सामाजिक,सांस्कृति,भौगोलिक ऐतिहासिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा पर्यटनमन्त्रि पाण्डेले देशमा केहि परिर्वत गर्न तथा राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको बताउनुभयो । मन्त्रि पाण्डेले भन्नुभयो, “ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालमा जुन कोभिडले थला परेको पर्यटन ब्यबसाय र पर्यटन क्षेत्रलाई उकास्ने गरी काम अघि बढाइने बताएका हुन् ।” लामोसमय सम्म कोभिडका कारण सिथिल अबस्थामा रहेको पर्यटन क्षेत्रलाई बढवा दिदै मन्त्रालयले दैनिक कार्य अगाडी बढाउने पनि मन्त्रि पाण्डेले बताए ।

अघिल्लो सरकारमा रहेको मन्त्रिहरुले पुरा गर्न नसकेका कामहरुलाई पुरा गर्दे र थप नयाँ कार्यको थालनी गरिने उनले बताएका हुन् । ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै सबैले आफ्नो क्षेत्रबाट बिशेष भुमिका निर्वाह गर्ने पनि मन्त्रि पाण्डेले बताएका हुन् ।कोभिडले लामोसमयसम्म जुन महामारी खेप्नु परेको थियो त्यसले नेपालको पर्यटन क्षेत्र निकै नै शिथिल अबस्थामा पुगेको थियो । महामारीले गर्दा पर्यटन क्षेत्रले ठुलो अप्ठ्यारो भोग्नु परेको बताउँदै पर्यटन क्षेत्रले भोगेको प्रभावहरुलाई घटाउँदै त्यसलाई बिस्तारै माथि उकास्नको लागी संघियता अनुकुल तिन तह संघ,प्रदेश र स्थानिय तहहरुका पर्यटन क्षेत्रको बिकाश प्रबद्र्धन,सृद्धिढिकरण गर्ने हिसाबले पर्यटन निति बनाउँने गरी निति अगाडी बढाईने मन्त्रि पाण्डेले बताए ।
मन्त्रालयले पर्यटन नितिको सुधार गर्नको लागी अध्ययन गरेर ३ महिना भित्र प्रतिबेदन गर्ने गरी कार्यदल बनाई उक्त कार्यदलले तोकिएकै समयमा नेपालका लागी उपयुक्त पर्यटन निति निर्धारण गरीने मन्त्रि पाण्डेले बताए ।

सम्भावना बोकेका पर्यटकयि क्षेत्रको पहिचान गरी बिस्तृत रुपमा अध्ययन गरीने संगै प्रचारप्रचारको कमिले पछाडी पर्दै गएका पर्यटकिय क्षेत्रहरुको बारेमा पनि अध्ययन गरी प्रचारप्रसारमा ल्याउने गरी काम अगाडी बढाइने उनले बताए ।विसं २०३० मा बाजुरामा आम विष्णु शोभा पाण्डे र बुवा विष्णुदत्त पाण्डेको कोखबाट जन्मिनुभएका पाण्डे विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पत्रकारिता र प्रशिक्षण अनुभव र विशेषज्ञता रहेका मन्त्री पाण्डेका राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचना प्रकाशित रहेका छन्।

पाण्डे नेविसंघको राजनीतिबाट उदाएका पार्टीको केन्द्रीय सदस्य, पार्टीको सहमहामन्त्री हुँदैे अहिले नागरिकक उड्डयन तथा पर्यटन मन्त्री बन्न सफल भएका छन् ।पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने छवि पाण्डेमा रहेको छ । तीन तिन पटक संसदमा प्रतीनिधित्व गरिसकेका पाण्डे पहिलो पटक मन्त्रिको रुपमा सरकारमा सहभागी भएका छन्। पाण्डेको बैचारिक भावनाराम्रो,ब्यबहारका कारण जिल्लाबाट जितेर प्रतीनिधि सभाका सदस्य बनाएका थिए ।

उहाँ त्यो भन्दा अगाडी २०७० सालको संविधान सभाको समानुपानिक सांसद,र २०७४ मा राष्ट्रिय सभाका सदस्य पनि भइसकेका थिए ।प्रत्यक्ष निर्वाचन प्रणालीबाट २०७९ मा बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट सहमहामन्त्री पाण्डे मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!