युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
337 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,श्रावण २,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर.७ स्थित चिनेचौर कुन्नाले खोलामा काठेपुल जिर्ण भएर खोलाले भत्काउँदा रजातोलीका स्थानीयबासी जोखिमपुर्ण जिर्ण अवस्थामा रहेको काठेपुलमा यात्रा गर्न बाध्य छन । चिनेचौर कुन्नाले खोलामा करिब एक बर्ष अघि निमार्ण गरिएको सो काठेपुल अहिले  खोलाले भत्काउँदा  स्थानियहरुलाई समस्या भएको हो । स्थानियहरुको सर्वदानमा निमार्ण गरीएको उक्त पुल अहिले जिर्ण भएर भत्किदा स्थानियहरुलाई आवतजावत गर्न समस्या भएको हो । स्थानियहरुले सर्वदानमा पुल निमार्ण गरे पनि स्थानिय सरकार भने मुखदर्शक रहेको छ । स्थानियले पटकपटक गुणस्तरीय पुलको माग गर्दा पनि स्थानिय सरकार बेखबर बनेको छ । स्थायिनहरुको सर्वदानमा धेरै पटक काठेपुल निमार्ण गरीयो तर बर्षातको समयमा खोलामा पानीको बहाफ धेरै हुने हुँदा खोलाले काठेपुल भत्काउँदा बर्षौदेखि समस्या  हुँदै आएको स्थानियहरुले बताएका छन् ।

खोलाले भत्काएको उक्त काठेपुलपुलबाट रजातोली,गोपीसेराबासी जोखिम मोल्दै यात्रा गर्न बाध्य छन ।खोलामा पानीको बहाफ संगै नाला निकै गहिरो भएका कारण आधा भत्किएको अवस्थामा यात्रा गर्नूपर्दा सास्ती खेप्नु परेको स्थानीयबासीले बताएका छन । बडिमालिका नगरपालिका वडा नं ७ गोपीसेराका शुभराज तिमिल्सेनाले सो पुलबाट यात्रा गर्दा निकै डर लाग्ने गरेको बताएका छन् । पुल आधा भाच्चिएको अवस्थामा छ कसरी पारी जाने हो भन्ने चिन्ताले सताउँछ उनले भने । त्यस्तै सोही स्थानका खेमराज तिमिल्सेनाले स्थानियहरुले उक्त काठेपुलमा जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको बताएका छन् । करिब बिस मिनेट माथीबाट अर्का बाटो भएपनि यात्रा लामो हुने हुँदा स्थानिय सोहि जिर्ण काठेपुलबाट  यात्रा गर्न बाध्य रहेका  उनले बताए । स्थानियलाई खोलाले भाच्चिंएको पुलबाटै जानुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।

उक्त खोलामा स्थायिनहरुले बर्षौदेखि सर्वदानमा काठेपुल निमार्ण गर्दै आईरहेका छन् तर एक बर्षैभित्रै काठेपुल जिर्ण हुने हुँदा समस्या आउँने गरेको स्थानियहरुको भनाई रहेको छ । स्थानिय सरकारले पनि केहि वास्ता गरेको छैन् जिर्ण काठेपुलले जोखिम बढाएको स्थानियहरुले बताएका छन् । चुनावको बेला ठुलाठुला आश्वासन दिने जनप्रतिनिधिहरु पनि चुनाव जितिसके पछाडी गाउँको समस्याको बारेमा केहि बोल्दैनन्,गाउँघरमा कहिले बाटोघाटोले सताउँछ,कहिले बर्षातको समयमा खानको लागी पानीको समस्या हुन्छ,स्थानिय खोलाकै पानीमा भर पर्नु पर्ने बाध्यता हुन्छ,गाउँघरतिर नत सिचाईको लागी गुणस्तरीय सिचाईहरु बन्न सकेका छन्। असार साउनको महिनामा खेतमा रोपार्ई गर्नको लागी पनि पानीको लागी झगडा समेत हुने गर्छ,गाउँघरतिर विकाश निमार्णका कामहरु सञ्चालन भएका छन् तर खाली पैशा खानको लागी मात्रै काम सञ्चालन भए,गतिला कामहरु सञ्चालन हुन सकेनन् जसले गर्दा गाउँघरमा कहिले बाटोघाटो,कहिले पानी लगायत बिभिन्न समस्या हुँदै गएको स्थानियहरुले बताएका छन् । चुनावको बेलामामा भोट हालेर त जिताई सक्यौ गाउँमा चाही कहिले गुणस्तरीय बिकाशका कामहरु बन्ने होइनन् जनताका दुःख जस्ताका त्यस्तै छन् स्थानियले बताए ।

कुन्नाले खोलाको काठेपुल जिर्ण भएर अहिले खोलाले भत्काएर मध्य नदिमा राखेको छ त्यसैमा स्थानियहरु वारपार गरीरहेका छन् जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ । सोहि बाटो हुँदै ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययन गर्न यता गोपीसेराबाट बिद्यार्थीहरु जाने गर्दछन् उनीहरुलार्य पनि वारपार गर्न बर्षौदेखि निकै असहज हुँदै आएको छ । घरमा काम हुन्छ,स्कुल जानको लागी समय थोरै हुन्छ त्यसैमा हतार हतारमा जानुपर्ने हुन्छ,माथी पुलबाट जाउँ भने स्कुल पुग्न घण्टौ लाग्छ,स्कुलमा ढिला पुगिन्छ त्यसैले काठेपुलकै यात्रा गरेर भएपनि जोखिम मोल्दै जानु परेको ज्ञानोदय माविमा अध्ययनरत एक जना बिद्यार्थी भिम प्रशाद तिमिलसेनाले बताएका छन् । बर्षौदेखि हामीहरु यहि जिर्ण पुलको सहायताले बिद्यालय जानु परेको छ । खोलामा तर्न सकिदैन् माथि पुलबाट जाउँ समयमै स्कुल पुगिदैन अनि काठेपुलमा ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । यो काठेपुलले बढीजसो गोपीसेराबाट पढ्न जाने बिद्यार्थीहरुको लागी बढी समस्या गरेको बिद्यार्थी तिमिल्सेनाले बताएका छन् ।

पुल भाच्चिने डरले आफु अरुको सहारामा मात्र पुलबाट वारपार गर्ने गरेको पनि उनले बताएका छन् । पुल निकै नै जोखिमपुर्ण रहेकोले कतिपयले पुलबाट हिड्न छोडेको छन् ।पछिल्लो समयमा स्थानीयले काठ र भांच्चिएका काठेफुबाट जोखिमपुर्ण यात्रा गर्ने गरेका छन् । सोहि ठाउँको नाउले खोलामा पनि गएको असार २६ गते राति आएको अबिरल बर्षातले गर्दा खोलामा बाढी आउँदा आवातजावत गर्न बनाईएको काठेपुल भत्काउँदा समस्या भएको थियो । वडाका दुईटै खोलामा अहिलेसम्म काठेपुलको सहायतामा स्थानियहरु बढीजसो वारपार गरीरहेका छन् । यता कुन्नाले खोलामा पनि काठेपुल नदिको बिचमा रहेको छ त्यहि काठेपुल बाट अहिले स्थानियहरु ज्यानको बाजी लगाएर वारपार गरीरहेका छन् । खोलामा गुणस्तरीय पुल नहुँदा नहुँदा स्थानियलाई बर्षातको समयमा सास्ती खेप्नु परेको छ । बर्षौदेखि खोलामा काठेपुलको सहायताले जोखिमपुर्ण यात्रा गरेर स्थानिय ओहोरदोहोर गरीरहेका छन् । तर निमार्ण गरीएको काठेपुल बर्षातको समयमा खोलाले भत्काएर बिच नदिमा पुर्याउदा झनै समस्या थपिएको छ ।

अहिले खोलाको बिच नदिमा काठेपुल रहेको छ । खोलामा अत्याधिक पानीको बहाफ रहेको हुँदा स्थानिय खोला तर्न नसकेर उहि जोखिमपुर्ण काठेपुलबाट ज्यान बाजी लगाएर वारपार गरीरहेका छन् । खोलाको काठेपुल पुरानो र जोखिमपुर्ण भएकाले खतराको संकेत देखिएको छ । यदि समयमै ध्यान पुर्याएन भने ठुलो क्षती हुने सम्भावना रहेकोे छ । स्थानियहरुले सर्वदानमा निमार्ण गरेर खोलामा हालिएको काठेपुल खोलाले भत्काउँदा समस्या भएको हो ।अहिले खोलाको बिचमा अड्किएको सोहि काठेपुलमा स्थानियहरुले जोखिमपुर्ण यात्रा गर्दे वारपार गरीरहेका छन् । रातभर पानी पर्छ,काठेपुल झनै चिप्लो भएको हुन्छ,खोलामा तरौ सम्भव छैन् यहि काठेपुलको सहायताले भएपनि ज्यान जोखिममा राखेर आउँजाउ गर्नुपर्ने बाध्यता रहेको रजातोली बासीहरुले बताएका छन् ।गाउँघरमा कहिले बाटोघाटो,कहिले खानेपानी लगायत बिभिन्न समस्याले सताउँदै आएको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!