युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
640 पटक पढिएको

राम बहादुर दानी

१० असाढ २०७८

नेपाली काँग्रेसको आसन्न ७ औँ महाधिवेशन नजिकिदै जाँदा बाजुरा जिल्लामा पनि आफ्नो–आफ्नो पदको उम्मेद्वारीको होडबाजी चलि रहेको छ । बिशेषत: बाजुरा जिल्लामा सभापतिका प्रत्यासीहरु बिच निकै धमासा पर्ने देखिन्छ । जिल्ला सभापतिका लागि कबिराज पण्डितले पुन: दोहोरीने सोच राखेका छन भने उनका प्रतिद्ववनदी नेपाली काँग्रेस बाजुराका बरिष्ठ नेता रामसिंह रावल पनि आफ्नो प्यानेलबाट कडा उम्मेद्वाारी दिने भएका छन । जिल्ला सभापतिका लागि कविराज पण्डित, रामसिंह रावल, महा नेपाली, जनकराज गीरी, मन बहादुर रावल, पदम शाही, देवराज जोशी र पदम बढुवालकोे पनि उम्मेद्वारी रहेन परवल सम्भावना भएको छ । उसो त नेपाली काँग्रेस बाजुराकी महिला नेतृ जुना कुमारी दानी पनि लामो समय पछिको राजनितिक यात्रामा अग्रीणी महिलाको रुपमा रहेकी महिला नेतृ हुन । महिला नेतृ दानीको पनि पाटी सभापतिमा उम्मेद्वारी रहने पर्वल सम्भावना रहेको छ । ६ औँ जिल्ला अधिवेशनबाट जिल्ला उप सभापति भैसकेका नेता गोबिन्द मल्लले पनि ७ औँ जिल्ला अधिवेशनमा सभापतिको पदका लागी चाँसो देखाएको पाइएको छ । उसो त नेपाली काँग्रेस बाजुराका पुर्व सचिव धनराज पण्डितको पनि पदिय क्षेत्र पुगी सकेकोले आफ्नो पनि सभापतिमा उम्मेद्वारी रहने दावी गर्दै अएका छन ।

नेपाली काँग्रेसको बिधानमा क्रियाशिल सदस्यता दिएको १० बर्ष पुरा भै नियमित रुपमा पार्टीमा रही इमान्दारीताका साथ काम काज गरेको हुनु पर्ने, क्रियाशिल सदस्य भएको १० बर्ष सम्म पाटीको कुनै पनि तह र तप्कामा आँच आँउने काम नगरी संगठनको उन्नति र प्रगतिमा लागेको हुँनु पर्दछ । त्यस्तै पार्टीको क्रियासिल सदस्यता लिएको १० बर्ष भित्र कुनै पनि अर्को पाटीमा प्रवेश गरी पुन: आफ्नो पार्टीमाा फर्केकोलाई पदिय क्षेत्र मिलेको मानिदैन । यता लामो समय सम्म राजनितिमा नै जिवन त्याग गरेका नेपाली काँग्रेसका नेता जनकराज गीरी, देवराज जोशी, महाा नेपालीको पनि सभापतिको पदका लागी प्रत्यासी रहेको पाइएको छ । उता नेपाली काँग्रेसको जिल्ला कार्य समिति सभापतिमा २४ बर्ष सम्म पदमा रही काम गरेका मन बहादुर रावल र महाधिवेशन प्रतिनिधि सम्म भै सकेको नेता पदम शाहीलाई भने पार्टीका कार्यकर्ता र पदाधिकारीहरुले भने नैतिक पतन गरेर पार्टीलाई पटक–पटक धोका दिएको आलोचनोना गरि रहेका छन । सम्भवत: खुला चुनावी मैदानमा आएको खण्डमा नेता दोय दुबैलाइ भने जनताले बिश्वास नर्गे देखिएको छ । यता नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिंह रावलको भने लामो समय सम्मको आफ्नो राजनिनति र बिभिनन कालखण्डमा प्रजातन्त्रका लागि गरेको योगदान सहित आफु अघिल्लो कार्यकालमा सभापतिमा पराजित भएता पनि यो पटक आफुलाई नै निर्वाचित गराउन अनुरोध गरि रहेका छन ।

उसो त नेपाली काँग्रेस भित्र कुँनै पनि गुट उपगुटको राजनिति नगरेर एक ढिक्का भएर लाग्ने भनिएता पनि पार्टीको अधिबेशन नजिकिदै जाँदा भने गुट उपगुटको होड पाजी निकै चल्ने देखिन्छ । देउवा पक्ष र पौडेल पक्ष बिच नै सभापतिका लागी घम्साघम्सी हुने पनि पाइएको छ । नेपाली काँग्रेसको ६ औँ जिल्ला अधिवेशनबाट नेता रामसिंह रावललाई हराउदै पाटी सभापति बनेका कविराज पण्डितको पनि आफ्नो कार्यकालमा बामपन्थी सरकारको हावी भएकोले जनतालाई आफुले केही काममा खुसी पार्न सके ता पनि केही काम आफुले गर्न बाँकी रहेकोले यस पटक पनि आफुलाई नै दोस्रो कार्यकालका लागी दोहोर्‍याउन अनुरोध गरि रहेका छन । त्यस्तै जिल्ला सभापतिका प्रत्यासीहरु पनि आफ्नो आफ्नो उम्मेद्वारी दिने तयारीमाा छन भने जिल्ला उप सभापतिका लागी पनि नेताहरु उम्मेदवारी दिने तयारीमा छन ।

जिल्ला उप सभापतिका लागी नेता नर बहादुर शाहीको चाँसो रहेको पनि पाइएको छ । बाजुरा जिल्लामा दुइ वटा निर्वाचन क्षेत्र रहेकाले यो बर्षको जिल्ला आधिवेशनमा प्रदेश (क) र प्रदेश (ख) बाट पनि नेताहरु आफ्नो–आफ्नो क्षेत्रको सभापतिका लागी उम्मेद्वारी दिने तयारीमा जुटेका छन । प्रदेश (क) को सभापतिका लागी नेपाली कााग्रेसका नेता एबम् नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष नारायण पाध्याय, नेता भरत रोकाया, नेता पदम कुमार गीरी, नेता राम बहादुर बोहरा र छत्र बहाादुर मल्लाको उम्मेद्वारी देखिएको छ । यता प्रदेश (ख) मा नेपाली काँग्रेस जिल्ला कार्य समिति निर्वाचित सचिव दीपक शाह र देव बहादुर रोकाया लगायतको सभापतिका लागी उम्मेद्वारी रहने परवल सम्भावना रहेको छ ।

जिल्ला सभापति, प्रदेश (क) र प्रदेश (ख) को जिल्ला सभापतिका प्रत्यासी उम्मेद्वार संगै जिल्ला कार्य समितिको सचिवका लागि पनि नेताहरुको जोडदार उम्मेद्वारी रहने देखिएको छ । सभिवमा ६ औँ जिल्ला अधिवेशनबाट सचिव पदमा पराजित तिलक पुरी, नेपाल बिद्यार्थी संघ बाजुराका पुर्व अध्यक्ष सुरेन्द्र सिंह र रनसंह ऐडीको उम्मेद्वारी रहने पनि परवल सम्भावना देखिएको छ । यसरी नेपाली कँँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा सदरमुकाम मार्तडीमा भन त्यति चहल पहन नदेखिएता पनि जिल्लाको उत्तरी पुवी प्रदेश (क) मा र प्रदेश (ख) को त्रिवेणी,बुढीगंगा र खप्तड छेडेदहमा भने गाँउ स्तर बाटै अधिवेशन र उम्मेद्वारी दिनेहरुको निकै नै चहल पहल बढी रहेको छ । यता जिल्ला प्रतिनिधी, जिल्ला कार्य समति कोशाध्यक्ष, जिल्ला कार्य समिति सह–सचिव, महिला पदाधिकारी र खुल्ला सदस्यहरुका प्रत्यासी उम्मेद्वारहरुको भने त्यस्तो चहल पहल बढेको छैन । आउदो श्रावण १२ गते गाँउ अधिवेशन हुदै १६ गते नगर तथा गाँउपालिका अधिवेशन, श्रावण २० गते प्रदेश (क) र प्रदेश (ख) अनी त्यस पछि मात्र श्रावण २२ गते जिल्ला अधिवेशन हुँने समय तय भएको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सकेर भाद्र १६ देखी १९ गते सम्म केन्द्रीय अधिवेशन हुने नेपाली काँग्रेस प्रचार प्रसार बिभिग बि.पी. स्मृति भवन पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!