युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् |
168 पटक पढिएको

कर्णली क्षेत्रमा पछिल्लो समयमा कार्णलीकी कोईली भनेर चिनिने एउटै नाम हो इब्सल सञ्जाल । कालिकोट जिल्लाको पचलझरना गाँउपालिका वडा नं. ६ पलातामा जन्मिएकी इब्सल एक गीत संगीतको क्षेत्रमा पछिल्लो समयमा दर्शकहरुले निकै नै रुचाएकी गायिका हुन ।बुवा हरीनाराण सञ्जाल र आमा सीता देवि सञ्जालकी एक सुपुत्री हुन इब्सल । उनी सानो उमेर देखि नै गीतहरु गाँउने, बनपाखामा गाई गोरु चराँउदा गुनगुनाउने गर्दथिन । सुन्दरी गायिका तथा मोडेल इब्सल सञ्जालको माउलीघर बाजुरामा हो ।उनी बाल्यकालमा माउली घरमा पनि लामो समय बस्दै आएकी थिईन ।

उनी केही समय माउली घर सराप्लामा बसेकी थिइन । उनको माउलीघर बाजुरा जिल्लाको बुढीगंगा नगरपालीका सराप्लामा हो । उनी रेग्मीको भाञ्जी रहेको गायिका इब्सल बताउछन । कर्णाली जस्तो दुर्गम जिल्ला कालिकोट

मा उनको जन्म २०६१ साल श्रावण १४ गते भएको थियो । इब्सलले २०७७ सालबाट आफुले एक कुशल मोडेल हुने इच्छा राखेर संगीत क्षेत्रमा पाइला टेकेकी थिईन । उनले पापी बुढीगंगा गीतबाट आफ्नो अभिनय सूरुवात गरेकी थिइन भने हाल सम्म उनले ६० भन्दा बढी भिडियोहरुमा अभिनय गरि सकेकी छिन ।

May be an image of 1 person, smiling and text
बाजुरा जिल्लाको कहलाउदै बग्ने बुढीगंगा नदीले मिति २०७७ साल भाद्र महिनामा वाढी ल्याएर ठुलो क्षति गरे पछि संगीतकार राजेन्द्र शाह वि.पी. र हर्क खडायतद्धारा तयार पारिएको कृति पापी बुढीगंगामा उनलाई गीतका सर्जक हर्क खडायतले अबसर दिनु भएको थियो । त्यसैले पो इब्सल भन्छन माउली जिल्लाको प्रेरक हर्क खडायत र जन्म गृह जिल्लाको गीत संगतीको प्रेरण दायी खगेन्द्र न्यौपाने । गीत संगीतको बारेमा उनलाई हामीले जिज्ञासा सोध्दै गर्दा उनि भन्छन गीत संगीतमा आफुलाई निकै उत्प्रेरण दिनु हुने हर्क खडायत र खगेन्द्र न्यौपानेलाई म भगवान सरह ठान्दछु ।

दुर्गम जिल्ला कालिकोटबाट गीत संगीतमा संघर्ष गर्दै उदाएकी सुन्दरी गायिका, मोडेल एबम लाईच दोहोरीकी कोईली इब्सल हेर्दा पनि उत्तिकै सुन्दरी र हसिली छिन । उनमा सजिलै रिसाएका मान्छेहरुलाई फाकाउन सक्ने कला पनि रहेको छ । कर्णलीकी कोईली ईब्सलले हाल सम्म ४० अफिसियल गीत्हरु, ६० भन्दा बढी गीतमा अभिनय र करिव ५०० भन्दा बढी लाईभ दोहोरीमा आवाज दिई सकेकी छन । दोहोरी क्षेत्रका निकै नै प्रख्यात एबम हजारौँ गीहरुका राजा राजु परिवार, मिलन लामा लगाएतका दोहोरी क्षेत्रका कलाकारहरुसंग उनले निकै झट्का दिएर दोहोरी टुक्काहरु दिएकी छन । उनले गाएका लाईभ देउडाहरु पनि मिलियन भन्दा बढी दर्शकहरुले हेरेका छन ।

सुन्दरी गायिका इब्सलको सामाजिक सञ्जालमा एक लाख भन्दा माथी फलोर्स छन भने उनको ब्यक्तिगत युटुव च्याँनेलमा एक लाख भन्दा बढी सस्क्राइबहरु रहेका छन त्यस्तै उनका अन्य सामाजिक सञ्जालहरुमा पनि फलोर्सहरु मिलियन भन्दा बढी नै रहेका छन । कालिकोट जिल्लाले जन्माएका सबैको प्रेरणका स्रोत कोकिल कण्ठी स्वरका धनी पाण्डव बिष्ट पछि कर्णलीकी कोईली भनेर इब्सललाई देश भरी चिन्दै आएका छन । उनी बिशेषतः सानै उमेर देखी गीतहरु गाउनेमा रुचि राख्दछिन भने उनको अर्को रुची समाज सेवा गर्ने रहेको छ । उनी आधारभुत शिक्षा प्राथमिक तह सम्म गाँउकै बिद्यालयमा पढेकी थिन भने निम्न माद्यामिक र माद्यामिक तह सम्मको शिक्षा उनले माउली घर बाजुरामा हासिल गरेकी थिईन ।

May be an image of 1 person and smiling
छोटो समयमा निकै नै चर्चा बटुल्न सफ गायिका इब्सलले धेरै गीतहरुमा अभिनय गरेर संघर्ष जारी थियो तर उनी एकाएक राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको धादिङ जिल्लामा भएको केन्द्रीय अधिबेशनमा कालिकोट जिल्लाबाट प्रतिनिधी भएर आएकी थिईन । त्यसै समयमा उनले मेचीकाली खबरमा मिठो स्वर गाँएकी थिइन । पत्रकार भोजराज थापाले उनको पहिलो अन्तवार्ता समेत त्यही समयमा लिएको थियो । उनको भाग्य चम्कने मौका त्यही राष्ट्रिय लोक दोहोरी गीत् प्रतिष्ठानको केन्द्रीय अधिबेशन नै भयो । त्यस पछि उनी काठमाण्डौ मै कर्मथलो बनाएर लाईभ दोहोरी तिर निरन्तरता दिदै दोहोरीका राजा राजु परियार, मिलन लामा लगायतसंग मिठा दोहोरीका टुक्काले झटारो हान्दै निकै नै शुन्दरताको मुस्कान सहित लाईभ दोहोरीमा स्थापित भईन र दर्शकहरुले उनलाई पछिल्लो समयमा निकै नै रुचाउन थाले ।

पछिल्लो समयमा देश भित्र वा देश बाहिर हुने बिभिन्न मेला महोत्सव र साँस्कृतिक कार्याक्रममा इब्सलको भ्याइ नभ्याई भै रहेको छ । उनको मासिक आम्दानी र आय श्रोतको बारेमा धेरै दर्शकलाई जिज्ञासा हुन सक्छ उनको अहिले मासिक आम्दानी पनि नैकै राम्रो रहेको छ । कर्णली प्रदेशका दुर्गम हिमाली जिल्लाका कलाकारहरुलाई लाइभ गाउन प्रेरणको स्रोत बनी इब्सल । पछिल्लो समयमा इब्सलको यो प्रगती देख्दा लाईभ दोहोरीमा कर्णली प्रदेशबाट सयौ जनाको उपस्थिति रहेको छ । कर्णली प्रदेशले यिनै कोइलीको जस्तै स्वरले भरिएकी इब्सल पछि निकै कलाकारहरुको लर्को साँगीतिक क्षेत्रमा लगाएको छ । कर्णलीको भेषभुषा, रहन सहन र रितिरिवाजलाई केन्द्र सम्म पछिल्लो समयमा मौलिकताका साथ झल्काईएको छ ।

May be an image of 1 person, jewellery and text

यसरी शुदुर तथा कर्णली प्रदेशका देउडा संस्कृतिमा पछिल्लो समयमा कर्णली प्रदेशले गरेको न्याय र धेरै कलाकारहरु जन्माउनमा गायिका इब्सललाई नै श्रेय जान्छ । सुन्दरी गायिका इब्सल जस्तो सुकै बिधाका गीतहरुमा चोटिला टुक्का हान्नमा अब्बल गायिकाको रुपमा स्थापित भएकी छन । आगामी दिनहरुमा कर्णलीकी कोईली सुन्दरी गायिका इब्सलको उज्वल भबिष्यको कामना लोकतन्त्र विहानी न्यूज परिवारको शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!