काठमाण्डाै–देशभर मंसिर २८ गते हुन लागेको नेपाल पत्रकार महासंघको निवार्चनका लागि देशभरका संगठनहरु लागि परेका छन । स्वतन्त्र, स्वच्छ तरिकाले गरिने पेशा पत्रकारिता हो तर नेपालको पत्रकारितामा भने राजनितिक दलहरुको आडमा पत्रकारिता गरि रहनु पिक पत्रकारिता भएको छ । त्यसैमा सबै भन्दा बढी राजनितिकरण हुने जिल्लामा बाजुरा पर्दछ ।
हरेक पाटीका आफ्नै आफ्नै पत्रकार संगठन छन । जसमा देश भरी प्राय सत्ताधारी नेपाल प्रेस युनियन र प्रेस चौतारी तथा प्रतिपक्षधारी प्रेस सेन्टर र क्रान्तिकारी प्रेस संगठनहरुले गठबन्धन गरि रहेका छन ।
यसै क्रममा बाजुरा जिल्लामा पनि पत्रकारिता गर्नु निकै नै चुनौतीपुर्ण छ । पार्टीको आडमा बसेर पत्रकारिता नगरन त बिचारा पत्रकारहरु वाँच्नै गाह्रो छ । जव नेता र दलको पुच्छर पत्रकारिता गरिदैन भने बाँच्न नै मुस्किल छ । त्यसैले पाटीको आडमा पत्रकारिता गर्न बाध्य हुछन बाजुराका पत्रकारहरु ।
सुचना, विज्ञापन र अन्य प्रकाशित रामाग्रीहरु पाउनका लागि कुनै न कुनै पार्टीको पत्रकार हुनै पर्छ यसले गर्दा मात्र पत्रकारले थोरै चिल्लो लगाउन पाँउछन नत्र भने भोकभोकै बस्नु पर्छ । त्यसैले पनि पाटीको पत्रकार भएर पत्रकारिता गर्न बाध्य हुँन्छन । मंसिर २८ गते मात्र महासंघको चुनाव हुने भए पनि अहिलेसम्म भने कुनै पदका लागि उम्मेद्वारी घोषण भएको छै । नेपाल पत्रकार महासंघ बाजुराको अध्यक्षका लागि नेपाल प्रेस युनियन बाजुराका पुर्व अध्यक्ष प्रेम रौलेले आफ्नो सामाजिक सञ्जाल फुसबुक मार्फत उम्मेद्वारी घोषणा गरेका छन ।