युनिकोड    राशिफल    एफएम रेडियाे                        
438 पटक पढिएको

काठमाण्डौ– “विश्व दृष्टिकोण” नामक अनलाईन पत्रिकाले घटनाको तथ्य नबुझी समाचार प्रकाशन गरेकोमा गायक एबं पत्रकार राम बहादुर दानीकोे आपत्ति रहेको छ । कुनै पनि ब्यक्तिको चरित्र हत्या हुँने गरी एकतर्फी समाचार लेख्नु चारित्रिक अपराध भएको मानिन्छ ।
समाचार संकलन तथा प्रशासन ÷प्रसारण गर्दा दुई तर्फि कुरा बुझेर मात्र लेख्नु पर्नेमा “विश्व दृष्टिकोण”नामक अनलाईनले एकतर्फी कुरा सुनेर मात्र समाचार लेख्नु ब्यक्तिको चरित्र माथी प्र्राहार गर्नु भन्ने बुझिन्छ । हुँदै नभएको कुरालाई वनावटी बनाएर उक्त अनलाईले समाचार प्रशासन गरेकोमा कारवाहीका लागि दानीले माग गरेका छन ।

बिगत १५ बर्ष देखी पत्रकारिता र कलाकारिता पेशा गर्दै आएका गायक दानी फरार भनेर समाचार लेख्नु आफैमा प्रेस स्वतन्त्रतालाई लज्जित बनाउने कुरा हो । पारिवारिक समस्याका कारण बिगत २०७९ साल मंसिरमा भारत गै एक बर्षको बसाई पछि आफ्नो नियमित काम कलाकारिता र पत्रकारितामा फर्केर बिभिन्न सामाजिक काम तथा स्टुडियो गएर नियमित गीतहरु बजारमा ल्याएको तर वनावटी रुपमा आफुलाई ७ बर्ष देखि फरार भनी तथ्य नबुझी समाचार लेखेकोमा “विश्व दृष्टिकोण” अनलाईन प्रति आपत्ति जनाउदै कानूनी उपचार खोज्ने गायक लानीले लोकतन्त्र विहानी नयूजलाई बताएका छन ।
निज दानी र गौमुल गाँउपालिकाकी जानकी कुमारी सार्कीसंग २०७७ चिनजान भै नजिकको सम्बन्ध भएको दानीले बताएका छन । दुबै जनाको सम्बन्धमा एक छोराको मिति २०७८ साल कार्तिकमा जायजन्म भएको पाइएको छ । निज जानकी करिव एक बर्ष काठमाण्डौमा रही आएकी र बच्चाको जन्म हुने महिनामा दुबै जना सेती अञ्चल अस्पताल धनगढीमा सुरक्षित बच्चा जन्माई निजलाई लालन पालन गरी धनगढीमा डेराकोठा लगी बसाएको उनी बताउछन ।

संग साथै बसी रहेको अबस्थामा पनि निज जानकी सार्कीले बिगत ४ बर्ष अगाडी देखि नै आफ्नो ब्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा खुलेरै नानाथरी पोस्ट राख्दै चरित्र हत्या गर्दै आएकी थिईन । तर पनि आफुले केही नभनी यस्तो नगर्न अनुरोध गर्दै आएको उनको भनाइ रहेको छ । यसै क्रममा निज जानकीले एक सविना थापा (रोकाया) नामको फेक फेसबुक आईडी खोलेर खुलेरै नभएका कुराहरु लेख्दै लामो समय सम्म चरित्र हत्या गर्ने गरेको उनले बताए ।

दुई पटक फेक आइडीबाट चरित्र हत्या भएको भनी साईवर ब्युरोमा उजुरी दिदा ब्यूरोले २०८१ साल असोजमा मात्र उक्त फेक फेसबुक आईडी हटाएको थियो । तत्पश्चात निजले अर्को सोही नामको फेक आइडी खोलेर बिभिन्न कपोकल्पित कुराहरु पोष्ट गर्दै आमो समय सम्म चरित्र हत्या गर्ने काम गर्दै आएकी थिईन ।

दुबै जनाको सम्बन्धबाट जन्मिएको बच्चाको स्थानिय निकायबाट जन्मदर्ता प्रमाण पत्र सहित बनाई एकासगोलमा बस्दै आएकै क्रममा निजले पटक पटक मार्ने धम्की दिदै आँउदा मानसिक यातना दिदै आएकी थिईन ।

भारतमा बसी एकासगोलमा कमाई गर्दै एक बर्ष सम्म पनि दुबै जनाबिच खिचोला झै–झगडा हुँदै आएको अबस्था थियो । सोही क्रममा निज जानकीले आफ्ना अफन्त लगाएर दिल्लीमै मारेर गायब गराउछु भनेर त्रसाउने काम गर्दै आएकी थिन । कति पटक त आफैले पनि हात उठाएर घरायसी सामान प्रयोग गर्दै हानेको निज दानीले बताएका छन ।

जे जस्तो भए पनि देबै जनाबाट गल्ती भएको कुरालाई स्वीकार्दै बसी आएका थिए तर पनि निजको बानीमा सुधार नआई बिभिन्न गाली गलौज दिने, राती मारेर गायब गराउने जस्ता कुराहरुले खुलेरै गाली गलौज गरेकी थिई । यसै क्रममा निज जानकीले एक दिन जसरी पनि कोठबाट निस्केर जा हैन भने आज राती तेरो अन्तिम दिन हो, मेरो छोरा आफै पाल्छु, म जेगरे गर्छु, तँ जस्तो बुढोसंग बस्छु ? म आफ्नो तरिकाले आफ्नो उमेरको श्रीमान खोजेर बिहे गर्छु । तँसंग कुनै गुनासो माया मोह छैन, तँलाई मारेर फाले पछि मेरो सलाइको काँटी सम्म गए सरह हुदैन, गैहाल निस्किहाल भनेर भय, डर त्रास दिएर कोठाबाट निकाला गरेको पीडित दानीसंग अडियो, भिडियो र बिगत देखी हाल सम्म बिभिन्न माद्यामबाट चरित्रहत्या गरिएका सामाग्रीहरु सुरक्षित रहेको उनी बताउछन ।

कुनै पनि घटना घट्नुको पछाडी एकतर्फी गलत नभएर दोहोरो गलत हुन्छ भन्ने तथ्य मित्थ्या समाचार सम्प्रेषण गरी भ्रमात्मक र चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण गर्ने मिडियालाई जानकारी हुन आवश्यक छ । यसर्थ यस्तो मानसिक, चारित्रिक यातना हुनु भन्दा एक्लै भागेर बस्नु श्रय हुन्छ भनी निज दानी २०८० साल फाल्गुणको महिनामा निज जानकी बाट अलग भई गएर आफन्तसंग बस्दै बिभिन्न ठाँउमा काम गरी भारतको पट्नामा रहेको एक कम्पनीमा राम्रो कम्प्युटर सम्बन्धि काम छ भनी एक चिनजानको ब्यक्तिले बोलाएर पट्ना गएका थिए ।
कम्प्युटरमा त काम कहाँ पाँउनु उक्त ठाँउमा पनि एक लुट्ने कम्पनीको फेला परेर उनले केही पैसा डुवाएर २ महिना सम्म बसी उतैबाट आफ्नो नियमित कामलाई निरन्तरता दिन मिति २०८१ साल श्रावण महिनामा काठमाण्डौ आएका गायक तथा पत्रकार दानी अहिले बिभिन्न सामाजिक कार्यमा सक्रिय रहेकै बेला निज जानकीले आफुलाई एक्लो छोडेको, तेस्रो बिहेगरेको भनेर एक तथ्य नबुझी समाचार लेखने मिडिया ट्राईल गरिनु ब्यक्ति चरित्र हत्या भएको पाइएको छ ।

२०७९ साल मंसिरमा भारत गइ एक बर्ष मात्र बसेकालाई ६ बर्ष सम्म भारतको नयाँ दिल्लीमा गई रोजगारी गर्दै आएका र तेस्रो श्रीमति भगाएर फरार भनेर गलत समाचार सम्प्रेषण गर्नु कनूनी अपराध भएको दानीले बताएका छन । यात कुन स्त्रीसंग कहिले, कस्की छोरी, कहाँ घर सबै वतन खुलाएर समाचार लेखेको भए तथ्य सावित समाचार मान्न सकिन्छ । कुनै पनि यथेष्ट कुराहरु नलेखी केवल ब्यक्तिको चरित्र हत्या हुने गरी तथ्य बिहिन समाचार प्रकाशन गरी ब्यक्तिकोे त्रारित्रिक र नौसर्गिक अधिकारको हत्या गरेको छ ।

दुबै जनाको सत्य तथ्य के हो भनेर नबुझी एकतर्फ समाचार सम्प्रेषण गरी ब्यक्तिको चरित्र हत्या गरी बाँच्न न मर्न सम्म पु¥याउने “विश्व दृष्टिकोण” अनलाईनका बिरुद्ध सम्बन्धित निकायमा उजुरी गर्ने दानीले बताएका छन ।

यसै क्रममा निज जानकीले पनि पटक पटक बिभिन्न आफु निकटका ब्यक्तिहरु मार्फत मार्न लगाउन धेरै पटक योजना बनाएर आफु चलाख भएर बाँचेको दानी बताउछन । कहिल्यै मेरा मान्छे लगाएर माछु भन्ने त कहिल्यै महिलाले पनि यस्ता घटना घटाउन सक्छन दुई मिनेटमा मारेर गायब गर्छु महिलो जति जे गरे पनि दोषी हुँदैनन मारेर फाले पनि तँलाई नै गलत सावित गराउछु । तँलाई मार्न २ मिनेट लाग्दैन मसंग यदि बसिस भने मर्ने मितिको दिन गनेर बस भनेर यातना, भय, त्रास दिदै आएकोले आफु यसरी निजसंग बस्नु भन्दा कानूनी बाटोमा यो घटना गएको खण्डमा कानूनको ढोकामै सत्य तथ्य भएका कुराहरु बहस गर्ने योजना बनाएर नियमित काममा आएको उनी बताउछन ।
काठमाण्डौमा हुँने बिभिन्न सामाजिक कार्य, साँस्कृतिक कार्यक्रम देखि सबै काम कर्तब्य गर्दै आएको ब्यक्ति कसरी फरार ? यसरी गलत समाचार सम्प्रेषण गरी आफ्नो अनुमति बिना फेसबुकबाट फोटो तानेर बद्नाम हुँने गरी फोटो समेतको दुरुपयोग गरेकोमा “विश्व दृष्टिकोण” अनलाईन पत्रिका प्रति घोर आपत्ति प्रकट गर्दै कारवाहीको माग गर्दछु दानीले दुखेसो पोख्दै भने ।

सामाजिक विदण्डा मच्चाउने, ब्यक्ति ब्यक्ति बिच खलल पु¥याउने, हुँदै नभएका कुराहरुलाई तथ्य सावित नगरी एकतर्फ कपोकल्पित र तथ्यहिन समाचार प्रति आपत्ति जनाउदै दानीले प्रेसकाउन्सिल नेपाल देखि बिभिन्न निकायमा आफु उजुरी दिन बाध्य भएको बताउछन । काठमाण्डौको बानेश्वर स्थित बिजुलीबजारमा कार्यालय रहेको बताउने उक्त अनलाइनका एक जनालाई सम्पर्क गरी सोध्दा उल्टै तैले भन्न खोजेको कुरा केहो भनेर धम्काउदै आएको पनि दानीले दुखेसो पोखेका छन ।

आफुले निजलाई फोन सम्पर्क गरी मलाई कसरी ७ बर्ष देखि फरार भनेर कुन प्रहरी निकायको सूचिमा राखिएको छ ? प्रहरी मार्फत फरार सूचिमा राखेको भनी सावित भए पछि मात्र त्यस्तो अबस्थामा त्यो ब्यक्ति फरार भनी समाचार लेखिन्छ र आफुलाई समाचारको शिर्षकमा नै तेस्रो विवाहगरी फरार भनेर कुन तथ्यमा टेकेर समाचार लेख्नु भयो भनी सोध्दा उक्त “विश्व दृष्टिकोण”मा रहेको सम्पर्क नम्बरबाट उल्टै धम्काउने गरेको दानीले बताएका छन ।

निज जानकाीले सामाजिक सञ्जाल, आफन्तबबाट दिएका ज्यान मार्ने धम्की र निज बाटै मारेर गायब गर्ने तँ गैहाल हैन भने मर्ने दिन गनेर बस भनेका तथा बिगत ४ बर्ष देखि संग साथमा रहदा निजले सामाजिक सञ्जाल फेसबुकमा राखेका बिभिन्न अडियो भिडियो र फोटाहरु स्क्रिन सुट गरी सुरक्षित राखेको र कानूनी प्रक्रियामा जाँदा वा चाहिएका बखत देखाउन सक्ने दानीको भनाई रहेको छ ।

यसै क्रममा निज जानकीले विगतमा पटकपटक मेरो बहिनी,छोरी र आमा बुलावाई गालीगलौज दिने तथा सामाजिक सञ्जालमै खुलेर बहिनी तथा छोरीलाई तँ राम बहादुर दानीकाृ श्रीमति होस भनेर गालीगलौज र धाक धम्की दिदै आएकी थिईन भने आफुले कुनै पनि नयाँ तथा पुराना कलाकार संग गीत रेकर्ड गरी बजारमा आए पछि निजको ब्यत्तिलगत फेसबुमा गएर फेक आईडीबाट तँ राम बहादुर दानी की श्रीमती होस । तँलाई फलानो ठाँउमा संगै हात समाएर हिँड्दा देखेको हो । तिमीहरु फलानो ठाँउको होटेलमा बसेका थियो भनेर अहिले सम्मम करिव ८ जना गायिकालाई पनि फेक आइडी मार्फत भन्दै आएकी छन ।

यसरी चिन्दै नचिनेको र सम्पर्क तथा भेट नै नभएको सविना थापा (रोकाया) नामको फेसबुकबाट मेरा आफन्त, मसंग गीत गाँउने गायकिाहहरु तथा म समेतलाइ गाली गलौज नभएका कुराहरु च्याट तथा फेसबुकमा पोष्ट गर्ने ब्यक्तिको हिम्मत नै हुँदैन । यो फेक नामको फेसबुक आइडी खोलेर जोकोहीले यसरी भन्न सक्दैन कित सम्बन्धित ब्यक्तिसंंग घनिष्ट भएको हुनु पर्दछ । यस्ता अस्वभनिय क्रियाकलाप गरी निजले ब्यक्तिगत रुपमा चरित्रहत्या हुने समेत काम गर्दै आएकीले आफु निजसंग बस्नु भन्दा भागेर अलगै बस्नु ठिक भनी अलगै बसेको बताउछन ।

यदि आफुलाई चित्त नबुझेको कुराका लागि कानूनी उपचारको बाटो हुँदा हुँदै बिभिन्न माद्याम प्रयोग गरी आज भन्दा भोली आफु माथी मिथ्या कुराहरुले प्राहार गर्दै मानसिक यातना दिएकोमा आफ्नो द्दोर आपत्ति रहेको दानी बताउछन । कुनै पनि ब्यक्री अन्यायमा परेमा संविधानले कानूनी उपचारको बाटो दिद दिदै सामाविक सञ्जाल देखि भ्रमात्मक र तथ्य बिहिन मिडिया ट्राइल गरी मानसिक यातना दिनु कानून विपरितको कार्य हो । तयसैमा पनि बिभिन्न ब्यक्ति तथा मिडिया प्रयोग गरी पिडा माथी पिडा दिएको दुखेसो दानीको रहेको छ ।

चरित्र हत्या गरेका केही प्रमाणहरू

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!