
काठमाण्डौ– देउडा संस्कृतिको संरक्षणमा बाजुराको उर्भर भूमिले जन्माएकी बाजुराकी चेली शुसिला थापाको देउडा कोशेली बाजुराकी छोरी सार्वजनिक भएको छ । शब्द सृजनामा खारिएर सृजना गरेको यो गीतमा माया प्रेमका कुराहरुले बुनिएको छ ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ मा जन्मिएकी गायिका थापाले यस भन्दा पहिला पनि गीत संगीतमा पाइला चालेता पनि गायन बिधामा तयति सार्वजनिक भएकी थिइनन । नेपालमा बिभिन्न संघ संस्थाहरुमा काम गर्दै पढाईलाई पनि निरन्तराता दिदै संघर्ष गरेकी गायिका थापाले अछाम जिल्लाका सर्जक प्रेम जैगडीसंग सहकार्य गरेकी हुन ।
गायिका थापा हाल रोजगारीको शिलसिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएकी छिन । प्रवासमा रहेर दुःख कष्ट गरेर भए पनि आफ्नो संस्कृतिको संरक्षण सम्बद्र्धनमा गायिका थापाले आफ्नो लगनशिलतालाइ निरन्तरता दिएकी छन । आफु जहाा रहे पनि जहाँ बसे पनि एउटा नारीले प्रबासको रोजगारी गर्दै संस्कृतिको संरक्षणमा हिम्मत देखाउनु आफैमा सहारनिय भएको संकृतिविद हरुको भनाइ रहेको छ । आज प्रबासमा शुसिला मात्र हैन धेरै नारीहरुले बैदेशिक रोजगारी गर्दै संस्कृतिको संरक्षणमा योगदान यरर्याउदै आएकी छन । यसको एक उदाहरणिय र साहसी नारीको रुपमा आफुलाई गायिका थापाले चिनाएकी छन ।
यस गीतमा माया प्रेमका कुराहरु संगै सिङ्गो जिल्लाको सम्बन्धलाई पनि चित्रण गरेको छ । प्रेम जैगडीले शब्द संगीत गरेको यस बाजुरेलकी छोरी नामक देउडा गीतमा गायिका शुसिला थापा र प्रेम जैगडीले स्वर दिएका छन भने गीतको अभिनय पनि गायक गायिका स्वयम्ले गर्नु भएको छ । गीतको निर्देशन भिम बिष्ट अछामी रेखाले गर्नु भएको छ भने यो गीतको छायाङ्कन अमृत उपाध्यायले गरेका छन ।
त्यस्तै कितको सम्पादन महेन्द्र बिष्टले गर्नु भएको छ । दामदुकी फिल्मस् प्रा.लि.ले बजार ब्यबस्थापन गरेको यो गीत भिम बिष्ट अछामी रेखा युटुव च्याँनेल मार्फत सार्वजनिक भएको छ ।
गीतको भिडियो हेर्न तलको युटुव लिँकमा क्लिक गर्नु होला ।