युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
438 पटक पढिएको

दयाराम पण्डित/बाजुरा,२१ पुस : बाजुराका गगनचुम्वी डाँडामा निर्माण गरिएका भ्युटार बेकामे अवस्थामा छन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका भ्युटावरहरु प्रयोगविहन अवस्थामा मात्र छैन, राज्यकोषको करोर्डौ रुपैंयाको लगानी बालुवामा पानी सरह भएको छ ।

बुढिनन्दा नगरपालिकाको कोल्टी गाउँकोमाथि निर्माण गरिएको भ्युटावर निर्माणदेखि नै प्रयोग विहीन छ । कोल्टीको डाँडाबाट पुरै सेरोफेरो देखिन्छ । प्राकृतिक टावर डाँडामाथि भ्युटार राखेदेखि एकजाना मान्छे चढेको देखेको छैन । त्यहाँ टावरको सट्टा एक वृद्धाश्रम निर्माण गर्न सके कमसेकम बुढाबुढीको विश्राम गर्ने थलो त बन्थ्यो, बुढिनन्दा नगरपालिकाका पूर्व वडाध्यक्ष भिमबहादुर कार्कीले भने । कोल्टीमा खानेपानीको अबस्था नाजुक छ । सिंचाइँ कुलोनहुँदा किसानले पानीपालो कुर्नुपर्ने अवस्था छ । जनप्रकाश माविको अधुरो भवन निर्माण अहिलेसम्म अलपत्र छ खेलमैदान नहुँदा जिल्लामा खेलकुद आयोजना गर्न नसकिने अवस्था छ पूर्व अध्यक्ष कार्कीले भने ।

बडिमालिका नगरपालिका वडा न। सात कालाजग्रा आफैमा पाँच हजार फिट भन्दा माथि उचाइमा छ । कालजग्राबाट यसैपनि पश्चिमतिर फर्किदा अछाम, डोटी बझाङ्ग देखिन्छ । उत्तर पूर्व पर्किदा हुम्ला, जुम्ला मुगु र कालिकोट देखिन्छ । त्यो हाईटमा फेरि टावर थप्न भनेको राज्यश्रोत दोहन गर्नु हो । कालाजग्रा टावर निर्माण गर्नुभन्दा ढम्कनेमा आलु भण्डारण केन्द्र,पाण्डुपैनमा स्याउ कोल्ड स्टोर, खानेपानी, सिंचाइ र विद्यालयमा लगानी गरे नागरिकले प्रत्यक्ष लाभ उठाउन सक्थे । पेटपाल्न मुस्किल हुने नागररिकका लागि ढम्कनेमा कालाजग्रा टावर र फोनपार्क निर्माण गर्नु भनेको कागलाई बेलपाक्यो हर्ष न बिस्मात हो स्थानीय गोरख धामीले भने ।

त्यसैगरी बुढीगंगा नगरपालिकाको वडानं चार कोटमा निर्माण गरिएको बार्जुकोट भ्युटावर पनि प्रयोग विहीन छ । बाजुराको पश्चिम क्षेत्रको सबै भन्दा अग्लो ठाउँ बार्जूकोट त्यही माथिको भ्यूटावरको अर्थ छैन । जनताको आवस्यकताको योजान हुंदैहैन । नेताका कार्यकर्ता भरणपोषणका लागि आएका योजनाको कुनै अर्थ छैन स्थानीय भोजराज पाध्यायको भनाई छ । कार्यकर्ताको उक्साहटमा राज्यस्रोतको दोहन भएको छ , मान्छेलाई सहजरुपमा हिड्ने बाटो छैन । खाने पानी छैन । पढ्ने स्कुल छैनन् । स्कुल भवन र बाटो निर्माणमा स्थानीयले जनश्रमदान गर्नुपरेको छ। स्कुल भवन बनाउने श्रमिकको ज्याला सरकारले अहिले सम्म भुक्तानी गर्न सकेको छैन । सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकेको अवस्थामा लाखों रुपैंया खर्च गरेर निमार्ण गरिएका बेकामे भ्युटावरको काम छैन । बजुरेली नागरिकको अहिलेको आवस्यता भ्युटावर चढ्ने हैन । शुलभ शिक्षा , स्वास्थ्य बाटो र पोषणयुक्त खाद्यन्नको आवस्यकता हो स्थानीय रमेश नेपालीले गुनासो गरे ।

डिभिजन बन कार्यालय बाजुराका सूचना अधिकारी शुभाषचन्द्र अयडीका अनुसार बुढिनन्दा नगरपालिका २ कोल्टीको भुवानीमाण्डौं भ्युटावरका लागि २० लाख रुपैंया, बुढिगंगा नगरपालिकाको बार्जुकोट दरवार भ्युटावर निर्माणका लागि ५० लाखमा ३३ लाख १२ हजार ४ सय ९९ रुपैंया र बडिमालिका नगरपािलका वडा न। सात स्थित कालाजग्रा भ्युटावर तिसलाख रुपैंयामा २९ लाख एक हजार चार सय ३८ रुपैंया भुक्तानी भएको छ । उक्त रकम प्रदेश सरकारबाट डिभिजन वनकार्यालयमा आएको थियो । उक्त योजना डिभिजन वनकार्यालयको नभएको प्रदेशबाट डिभिजन बनमार्फत भुक्तानीिगर्नुपर्ने गरी आएकोले कहाँ कसरी आयो आफूलाई थाह नभएको सूचना अधिकृत अयडीले भने ।

बाजुरा आफैमा भ्युटावरको जिल्ला हो , यहाँ हजारौं डाँडाले भ्युटावरको काम गरेको छ । फोन नलाग्दा अग्लो डाँडामा पुगेर फोन लाग्ने प्रकृतीले गुन लगाएको जिल्लाहो , जनताको आवस्यकता भन्दा नेताको पहुँचमा आएका योजनाले जनताको विकास गर्दैनन् बडिमालिका नगरपािलकाका संस्थापक मेयर पदम बडुवालले भने ।

प्रकृतिक भ्युटावरको जिल्लामा अप्रकृतिक भ्युटावर, फोनपार्कमा लगानी गर्नुभन्दा बडिमालिका वडानं तिन र जालीको तरकारी शुलभ दरमा मार्तडी ल्याउन चोयाकोटदेखि जिल्ला अस्पतालको डिल सम्म रोपवय निर्माण गरे किसानलाई सहज हुन्थ्यो । बजारवासीले सस्तो र ताजा अर्गानिकक तरकारी खान पाउँथे,नेकपा समाजवादीका जिल्ला सचिव निरवहादुर शाहीले भने । तिपाडा‐मनामा रोपवय सञ्चालन गर्दा मनाका सयौं कृषकलाई राहत भएको उदाहरण दिदै बिकास जनमुखी हुनपर्छ सचिव शाहीले भने । भ्युटावर त सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्सका लागि हो , दिनभरी काम गरेर बेलुकी एककिलो चामल किन्ने । एक गाउँबाट अर्को गाउँ जान घण्टैं पैदल हिड्न् र सुलभ स्वास्थ्यसुविधा नपाएका नागरिकालागि भ्युटावर आवस्यकता हैन मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।

कोल्टी, कालाजग्रा र कोटका भ्युटावर त राज्य श्रोतको दुरुपयोगका एक प्रतिनीधिमुलक घटनामात्र हुन् । नेताको पहुँचमा आएका फोनपार्क भ्युटावर कर्णाली नदीतटमा वनाइका खेलमैदान कागजमा देखिने सिंचाई तथा खानेवपनी योजना, आठजना विद्यार्थी पढ्ने स्कुलमा वार्षिक करोड रुपैंया खर्च गर्ने पद्धति बाजुरेली सोझा बाजुरेली नागरिकको नियति बनाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!