बाजुरा– नेपाल ट्रेड युनियन जिल्ला कार्यसमितिको एक दिने अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ । श्रमको सम्मान गरौँ, श्रम शक्ति नै श्रमिकको शक्ति हो’ भन्ने मूल नाराका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
बडिमालिका नगरपालिकाको सभा हलमा सन्चालन भएको उक्त कार्यक्रममा श्रमिक अधिकारहरुको उपस्थिति रहेको थियो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्राथमिकता दिएको कार्यक्रममा बताइएको थियो । स्थानिय उत्पादनलाइ थप बृद्धि गर्न ट्रेड युनियनको जिल्ला समितिहरू गठन गर्ने आयोजकले बताए ।
यसरी गठन भएका समितिहरुले श्रमिकहरूको हकहितका लागि निरन्तर क्रियाशिल भएर काम गर्नुका साथै श्रमिकको क्षमता बिकासमा अग्रसर हुने अध्यक्ष चक्र थावाले लोकतन्त्र विहानी न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट आफ्नो भनाई राख्दै नेपाली कांग्रेस पुर्ब पार्टी सभापति कबिराज पण्डितले श्रमिक आफैमा सक्षम जनशब्क्ती भएको बताए । पुर्व पार्टी सभापति पडितले श्रमिकले पाउने हकहितका लागि हतोत्साहित नहुन आग्रह गर्नु भएको छ । ट्रेड युनियनको स्थापना २००४ सालमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोईरालाले गरेको बताए ।
कार्यक्रमको अध्यक्षता ट्रेड युनियनका जिल्ला अध्यक्ष चक्र बहादुर थापाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डित रहनु भएको थियो त्यस्तै नेपाली काँग्रेस जिल्ला उपसभापति पदम बहादुर बडुवाल कार्यक्रमको विशिष्ट अतिथिमा रहेका थिए । कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला न्यौपाने लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थिए ।
जिल्लाका सबै पालिकामा समिति गठन गरिसकेको आयोजकले जनाएको छ । यो संस्थामा २७ वटा संगठन आवद्ध भएको पनि आयोजकले जनाएको छ । श्रमिक अधिकार, क्षमता विकास र स्थानीय उत्पादनको प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत आयोजकले जनाइएको छ । कार्यक्रमले श्रम र श्रमिकको सम्मानका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको जनाईएको छ ।












