
सावित्री रोकाया बाजुरा: एक माने मा भन्ने हो भने त नेपालको सबैभन्दा पिछडिएको जिल्ला भनेर चिनिन्छ बाजुरा । भौगोलिक दृष्टिकोण ले निकै विकट भएपनी सम्भावना र प्राकृतिक स्रोत ले भरिपुर्ण मानिन्छ।
बाजुरा मा विभिन्न प्रकारका धार्मिक स्थल संगै प्राकृतिक पर्यटकिय क्षेत्र हरु पनि रहेका छन्। त्यहि मध्ये को एक हो छेडेदह ताल पछिल्लो समय यस ताललाई ( प्रेम ताल अर्थात लभ ताल ) ले पनि प्रख्यात मानिन्छ । यो ताल मा बिशेष प्रेमिल जोडी हरु एक अर्कामा माया का मिठा बात गर्दै प्रेम को सुगन्ध लियर अंगालो को स्पर्श ले मनोरञ्जन गर्ने गर्छन्।

पछिल्लो समय यहाँ घुम्न आउने को संख्या पनि बढ्दो छ। यस क्षेत्रमा स्थानिय संगै छिमेकी जिल्ला बझाङ , अछाम लगायत विभिन्न ठाउँबाट पर्यटकहरु पनि घुम्न आउने गर्छन्।बाजुरा जिल्लामा धार्मिक मठ मन्दिर तथा पर्टकिय सम्भावना बोकेका ताल , नदि ,झरना, गुम्बा , हरियाली बुट्यान छन्। खप्तड छेडेदह गाउँपालिका मा पर्ने छेडेदड ताल वरिपरि हरियाली डाँडाकाँडा ले छोएर बिचको भाग समथर मैदान आहा यो ताल नियाल्दा पानको पत्ता आकार को देखिन्छ।
बिछोडिएका प्रेम जोडी पनि त्यो ताल सम्म पुगे आफू ले कहिले प्रेम बाट नछुटिएको महसुस हुन्छ। एक्लै भएको महसुस नगराउने प्रेम ताल को एउटा छुट्टै कहानी छ जस्तो , जहाँ आश ,भरोसा टुटिसके पश्चात् त्यो एकान्त वातावरण मा रमाउन पाउनु , चराचुरुङ्गी को सुमधुर आवाज संग मीठो धुन गुनगुनाउन को आनन्द नै बेग्लै हुन्छ ।
छेडेदड ताल भौगोलिक हिसाबले निकै पिछडिएको भएपनि त्यहाँ जाने हरेक मानिस को मनमोहक दृश्य ले रमणीय क्षेत्र भएकाले यहाँको संरक्षण , प्रचार प्रसार तथा प्रर्वद्वन को आवश्यकता रहेकाले आन्तरिक र बाह्य पर्यटक भित्राउने गरि यस क्षेत्रलाई सबै मिलि पर्यटन पर्वद्वन गर्न का लागि लाग्नु पर्नै देखिन्छ।