बाजुराः चार घण्टापछि प्रहरी द्धारा स्काइभेटर सहित तीन जनाको सकुशल उद्धार गरिएको छ । बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काईभेटर सहित फसेका तीन जनालाई प्रहरीले चार घण्टा पछाडी सकुशल उद्धार गरेको हो ।
कर्णाली प्रदेशको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिका आउन लागेको स्टाईभेटर झुगलाको स्काईभेटर सहित नदीमा फसेका तस्न जनाको धुलाचौर प्रहरी चौकीको टोलीले र्याफ्टिङको सहायताले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नदीमा फसेका कनका सुन्दरी गाउँपालिका–७ बस्ने वर्ष २५ का सुर्यबहादुर पछाई,२३ वर्षीय नानु पछाई र १९ वर्षीय राजेन्द्र वडलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।स्काइभेटर नदी तार्ने क्रममा बीच नदीमा फसेपछि उनीहरुलाई करिव चार घण्टापछि हिमाली गाउँपालिकाको सहयोगमा धुलाचौर प्रहरी चौकीको टोलीले सकुशल उद्धार गरेको प्रहरीको भनाई छ ।











