राम बहादुर दानी
११ जेष्ठ २०७८ बाजुरा
नेपाली काँग्रेस बाजुराका नेता दीपक विक्रम शाहले आफ्नो उम्मेद्वारी जिल्ला सभापतिका लगी भएकाे बताएका छन । महाधिवेशनको समय नजिकिदै जाँदा बाजुरा जिल्लामा पनि आफ्नो–आफ्नो पदको उम्मेद्वारीको होडबाजी चलि रहेको वेला लोकतन्त्र बिहानी न्युजबाट बिहिबार प्रशासन गरेको समाचारलाई खण्डन गर्दै आफु प्रदेश (क) को सभापतिको उम्मेद्वार न भै जिल्ला कार्य समितिको सभापतिकाे पदका लागी आफ्नो दावी रहेको बताएका छन् ।
असाढ १० गते प्रकाशित लोकतन्त्र बिहानी न्युजबाट प्रकशित समचरको सोही अनलाइनको ग्रुप च्याटमा शेयर भएको समाचारको रिप्लाई दिदै शाहले आफ्ने उम्मेदवारी जिल्ला सभापतिमा रहेकोले यो हावादारी समाचार हो भनिएको छ । त्यस्तै उनि निकट एक कार्यकर्ता मदन जोशी तुफानले आफ्नो सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनिएको छ (विगतमा दिएका भोटहरु बुढीगंगा नदीले बगाए, फेरी पनि तपाइहरु नै वारम्वार नेतृत्व पंतिमा लिन सकिने स्थिति छैन् । ५ बर्ष अघि यिनै औँलाले भोट हालेका हौ रुनु भएको छ)
बिहिबार प्रकाशित समाचारमा जिल्ला सभापति पदका लागि कविराज पण्डित, राम सिंह रावल, देवराज जोशी, जनकराज गीरी, पदम शाही, जुना दानी, महा नेपाली र पदम बडुवाल लगायतक नेताहरुको उम्मेद्वारी रहने कुरा प्रकाशित भए पछि शाहको पनि आफ्नो कडा उम्मेदवारी रहेको बताएका हुन ।
जिल्ला सभापति, प्रदेश (क) र प्रदेश (ख) को जिल्ला सभापतिका प्रत्यासी उम्मेद्वार संगै जिल्ला कार्य समितिको सचिवका लागि पनि नेताहरुको जोडदार उम्मेद्वारी रहने देखिएको छ । सचिवमा १३ औँ जिल्ला अधिवेशनबाट सचिव पदमा पराजित तिलक पुरी, नेपाल बिद्यार्थी संघ बाजुराका पुर्व अध्यक्ष सुरेन्द्र सिंह र रनसिंह ऐडीको उम्मेद्वारी रहने पनि परवल सम्भावना देखिएको छ । नेपाली कँँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा सदरमुकाम मार्तडीमा भन त्यति चहल पहन नदेखिएता पनि जिल्लाको उत्तरी पुवी प्रदेश (क) मा र प्रदेश (ख) को त्रिवेणी, बुढीगंगा र खप्तड छेडेदहमा भने गाँउ स्तर बाटै अधिवेशन र उम्मेद्वारी दिनेहरुको निकै नै चहल पहल बढी रहेको छ । यता जिल्ला प्रतिनिधी, जिल्ला कार्य समति कोशाध्यक्ष, जिल्ला कार्य समिति सह–सचिव, महिला पदाधिकारी र खुल्ला सदस्यहरुका प्रत्यासी उम्मेद्वारहरुको भने त्यस्तो चहल पहल बढेको छैन
बाजुरामा नेपाली काँग्रेसको १४ औ जिल्ला अधिवेशनमा दुई गुट बिच कडा प्रतिस्पर्धा पर्ने देखिएको छ । वडा देखी नगर र जिल्ला स्तरका नेताहरुमा कस्को उम्मेद्वारी कहाँ रहने आफ्नो आफ्नो गुटमा होडबाजी र लभी चलि रहेको छ ।