बाजुरा: करदाता शिक्षा सम्बन्धि उद्योग व्यवसायीहरुलाई जानकारी गराएको छ । सुक्रबार उद्योग बाणिज्य संघ बाजुराको कार्यालयमा उद्योगी, व्यापारी र व्यवसायीलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि करदाता शिक्षाका बारेमा जानकारी गराएको हो ।
बाजुरामा उद्योग व्यबसाय गर्दै आएका व्यापारिहरु संग छलफल गर्दै जानकारी गराएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । आर्थिक बर्ष २०८१/८२ कर को बारेमा छलफल सहित उद्योग व्यबसायीहरुलाई प्रशिक्षण दिएको कर अधिकृत झलन बहादुर बुढाले बताएका छन् । प्रशिक्षण कार्यक्रममा करदाताले पाउने सेवा,सुबिधा लगायतका बिषयमा प्रशिक्षण गराईएके उहाँले जानकारी दिनुभयो ।
उद्योेग बाणिज्य संघका बाजुराका अध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती करदाता सेवा कार्यलय साँफेवगर अछामका प्रमुख झलन बहादुर बुढा रहेका थिए । त्यस्तै कार्यक्रममा मार्तडी स्थीत उद्योग व्यबसायीहरुलको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भने उद्योग बाणिज्य संघ बाजुराका सचिव राम बहादुर शाहिले गरेका हुन ।











