
बाजुरा: बडीमालिका नगरपालिका वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी संचालन गरिएको छ । आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वास्थ्य केन्द्र उद्घाटन गरिएको हो ।स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै स्वास्थ्य केन्द्र स्थापना गरिएको नगपालिकाले जनाएको छ ।
शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन भने बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काले गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनपछि सेवा क्षेत्र भित्रका हरेक वडाका नागरिकलाई सहज, सरल र सुलभ तरिकाले गाउँ घरमैे स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय सरकार सेवा क्षेत्रभित्रका हरेक नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन निरन्तर लागिरहेको बताउनुभयो ।नगर उपप्रमुख नन्दा कुमारी थापाले शहरी स्वास्थ्य केन्द्र संचालनमा आएसंगै अव नागरिकहरुलाई घर आँगनमै आधारभुत स्वास्थ्य सेवा लिन सजिलो हुने बताउनुभयो । वडा नम्वर ८ को रापक बस्तीका नागरिकहरुलाई घर आँगनमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि नगरपालिकाको सहयोगमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरीएको वडा अध्यक्ष चन्द्र थापाले बताउनुभयो ।
नगरपालिकाले रापक शहरी स्वास्थ्य केन्द्रमा अहेव दुर्गा थापा र अनमी राजु बुढालाई नियुक्त गरेको छ । रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा आएपछि नगरपालिकाको केन्द्रदेखि टाढा रहेका वडा २ को घागर ६ को जडागां, विरेखोला, वडा नम्वर ८ को रापक र ९ नम्वर वडाका नागरिकले सो शहरी केन्द्रबाट आधारभुत स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।
वडा नम्वर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा उद्धघाटन् गरिएको कार्यक्रमको प्रमुख अतिथि अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बडमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कमारी थापा रहेकी थिईन् ।त्यस्तै वडाअध्यक्ष धर्मराज पाध्याय र डम्मर बहादुर महतको समेत सहभागिता रहेको थियो ।