
साबित्री रोकाया/बाजुरा,२६ फागुन: जिल्ला प्रहरी कार्यालय बाजुराले चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा सात लाख चालिस हजार पाँच सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधन माथी कारबाही गरी तिन लाख चालिस हजार पाँच सय राजस्व संकलन गरिएको हो ।
सो अवधीमा विभिन्न किसिमका ६ सय १० सवारी साधान माथी कारबाही गरी सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक बाजुराका प्रहरी सहायक निरिक्षक गंगादत्त पन्तले बताउनुभयो । उहाँका अनुशार कारबाहीमा पर्ने मध्य चार पाङ्गे सवारी साधानको संख्या बढेको छ ।
यस आर्थिक बर्षको साउन देखी यता आठ महिनाको अवधीमा सबै भन्दा बढी जिप कारबाही परेको उहाँले जानकारी दिए । विना लाईसेन्स सवारी साधान चलाएको ,कागजपत्र नभएको ट्राफिक नियम पालना नगरेको लगायतका कारण ति सवारी साधनहरु कारबाहीमा परेको निरिक्षक पन्तले बताएका छन् ।
आर्थिक बर्ष २०८०÷०८१ को आठ महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय बाजुराले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधन माथी कारबाही गरी रु ३ लाख ४० हजार राजस्व संकलन गरिएको हो ।
ट्राफिक चेकजाँचमा गरिएको कडाईका कारण राजस्व संकलनमा बृद्धी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेष्यले जिल्ला ट्राफिक प्रहरीलाई जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्दै आईरहेका छौं ।