
बाजुरा:पर्यटकिय गन्तव्य पहिचान सहित प्रथम बडीमालिका महोत्सव संचालन हुने भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको तालिमा संचालन हुने गरि महोत्सवको आयोजना गरिने महोत्सव कार्यक्रमका संयोजक अम्मर विश्वकर्माले बताएका छन् ।
बडीमालिकालाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरि दिर्घकालिन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धीमा टेवा पग्ने गरि महोत्सव संचालन गरिने उहाँले बताउनुभयो । स्थानिय कला,संस्कृती र सम्पदाको पहिचान र स्थानिय मौलिक पेशा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेष्य रहेको संयोजक विश्वकर्माले बताए ।
प्रथम बडीमालिका महोत्सव यहीँ चैत्र १६ गते देखी संचालन हुनेभएको छ । करिब १० दिन सम्म संचालन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । ३६ वटा साँस्कृती बाजा सहितले महोत्सवमा दैलो उघार्ने बडीमालिका कृषी तथा साँस्कृतीक महोत्सव व्यबस्थापन समितीले जनाएको छ । महोत्सवमा जिल्ला बाहिर र नगर भित्रका विभिन्न स्थानमा एक सय बढि स्टलहरु राखिने भएका छन् । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा महोत्सव संचालन गरिने भएको हो ।