
सावित्री रोकाया/बाजुरा,५ चैत्र : जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढि कैदिबन्दी रहेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागार बाजुरामा ६७ जना कैदिबन्दी रहेको जिल्ला कारागार बाजुराका प्रशासक अनिल कुमार तिवारीले बताएका छन् ।
उहाँका अनुसार १० जना महिला र १५ जना पुरुष गरि २५ जनाको क्षमता भएको कारागार हो । जिल्ला कारागार बाजुरा जिर्ण अबस्थामा रहेको हुँदा क्षमता भन्दा बढि कैदिबन्दी राख्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभएको छ । अहिले उक्त कारागार बाजुरामा ६७ जना पुरुष कैदिबन्दी रहेको उहाँले बताउनुभयो ।
जबरजस्तीकरणी मुद्धामा १३ जना, कर्तव्य ज्यान मुद्धामा १७ जना र अन्य ३७ जना गरि ६७ जना कैदिबन्दी रहेको प्रशासक प्रमुख तिवारीले बताएका छन् । कारागारको क्षमता कम भएता पनी कैदिबन्दी धेरै भएका कारण सबै अटाउनपर्ने परिस्थिती रहेको जिल्ला कारागार बाजुराका प्रशासक प्रमुख तिवारीको भनाई छ ।
बाजुराका कैदिबन्दी महिलालाई अछाम कारागार र बालबालिकालाई डोटी बालसुधार गृहमा राख्ने गरिएको छ । महिला र बालबालिकालाई जिल्ला कारागार बाजुरामा राख्ने भवन नभएका कारण सो ठाउँमा पठाईने गरिएको बताईएको छ । कैदिबन्दीहरुलाई जिल्ला कारागार बाजुरामा विभिन्न मनोरञ्जनका साम्रागी रहेका छन् । कैदिबन्दीहरुले राज्यबाट प्रदान गरिने सेवा-सुविधा पाउँदै आएको जिल्ला कारागार बाजुराले जनाएको छ ।
जिल्ला कारागार बाजुराको भवन जिर्ण अबस्थामा हुँदा संघ र प्रदेश सरकार संग बजेट माग गरिएको छ । उक्त भवन निर्माणका लागी २ करोड ५० लाख बजेट विनियोजित भएको प्रसाशक प्रमुख तिवारीले बताए । शारिरीक विकास तथा भवन निर्माण कार्य डोटीको समन्वयमा उक्त भवन निर्माण हुन लागिएको हो । यसको लागी ठेक्का प्रक्रियामा रहेको जिल्ला कारागार बाजुराले जनाएको छ ।