
बाजुरा,१५ चैत्र : स्वामिकार्तिक खापर गाउँपालिकाका–१ र २ नम्मर वडा साप्पाटामा सडक पुगेको छ । विगत लामो समय अथक प्रयास पछी उक्त वडामा सडक संजाल जोडिएको हो । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया निर्वाचित भई आईसकेपछी गाउँपालिका देखी साप्पाटा जोड्ने सडक निर्माण गर्न लागिएको थियो ।
गाउँपालिकाको करिब एक करोड बराबरको लगानीमा सडक निर्माण सम्पन गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । उहाँका अनुसार यहाँका नागरिकहरुलाई सडक संजाल संग जोड्नका लागी दुई बर्ष देखीको अथक प्रयास पछी साप्पाटामा सडक पुर्याउन सफल भएको बताउनुभयो ।
भौगोलिक विकटताले विकासलाई प्रत्येक गाउँमा जोड्न चुनौती भैरहेका बेला अध्यक्ष रोकायाले दुई बर्ष भित्रै दुर्गम गाउँ साप्पाटामा सडक पुर्याउन सफल बन्नुभएको हो ।
साविकको साप्पाटा गाविसमा जोड्ने सडकमा भिरैभिर,चटाननै चटानले गर्दा सडक गाउँमा पुर्याउन सम्भव थिएन्,तर गाउँपालिकाले ठुलो चुनौतीका बावजुत दुई बर्षपछीको अथक प्रयासमा गाउँमा सडक पुर्याउन सफल बनेको अध्यक्ष रोकायाले बताउनुभयो ।
गाउँमा सडक पुगेपछी यहाँका नागरिकहरु खसी भएका छन् । सडक संजालमा नजोडिएका नागरिकहरु यती बेला सडक संजालमा जोडिएपछी खुसी भएका हुन । सडक संजाल गाउँमा पुगेपछी नागरिकहरुलाई आउजाउ गर्न र सामान ढुवानी गर्न सजिलो हुने भएको जितंजग कटेलले बताएका छन् । साप्पाटाको एक र दुई नम्मर वडामा सडक पुगेपछी पलाता गाउँपालिकाका नागरिकहरुलाई समेत सहज हुने भएको अध्यक्ष रोकायाले बताउनुभयो ।
पछिल्लो समय स्वामिकार्तिक खापर गाउँपालिकाकाले विकास फड्को मार्दै गएको छ । साप्पाटाका नागरिकहरुले स्वामिकार्तिक गाउँपालिकाबाट करिब चार घण्टाको गाडीको यात्रा गरेर गाउँमा पुग्ने गरेका थिए,अहिले छोटो दुरिको सडक भएपछी करिब एकघण्टामा गाउँमा गाउँमा पुग्न सकिने स्थानियले बताएका छन् । उक्त सडक बाजुरा र कालिकोटको सिमाना फयाँल गाउँ सम्म पुगेको छ ।