युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
190 पटक पढिएको

चैत्र १७ बाजुरा:  सञ्चार कर्ममा रहेका पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि कालोपट्टीसहित विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराको आव्हानमा आइतवार जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको सहभागीतामा निधार र हातमा कालोपट्टी बाँधेर विरोध गरिएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको कार्यालयबाट नारा जुलुस सहित सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोणसभा गर्दै कार्यक्रम गरिएको छ ।

केन्द्रको सर्कुलर अनुसार यहीँ चैत्र १५ गते काठमाडौंमा राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्युको विरुद्धमा विरोध प्रर्दशन गरिएको छ । त्यस्तै सोही आन्दोलनमा निरंकुश शैलीमा अन्य पत्रकार तथा सञ्चार गृहमाथि आक्रमण भएको भन्दै तत्काल घटनामा संलग्नमाथि कारवाही गर्न माग गर्दै चरणवद्ध रुपमा देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका छन् ।

समाचार संकलनकै क्रममा पत्रकार रजकको हत्या र आमसञ्चार माध्यममा ज्यानै लिने मनसायले गरिएको आक्रमण विरुद्ध देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् । उक्त घटनाका दोषीहरुलाई कानुनी कारवाहीको माग गर्दै बाजुरामा पनि निधार र हातमा कालोपट्टी बाँधेर नारा जुलुस सहित विरोध प्रर्दशन गरिएको पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेले बताएका छन् ।

त्यस्तै राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकारको हत्या र मिडियामाथि आक्रमण गर्ने माथि कानुनी कारवाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकले बताए । नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार बाजुरा शाखाले शनिवार पनि शोक सभाका साथै विरोध प्रदर्शन गरेको थियो ।

नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकको अध्यक्षतामा सञ्चालन भएको विरोध सभा कार्यक्रममा प्रेस चौतारी नेपालका निबर्तमान केन्द्रिय सदस्य बसन्त बिश्वकर्मा, प्रेस चौतारी निबर्तमान केन्दीय लेखा आयोग समिति सदस्य सर्पलाल गिरी, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय, प्रेस युनियन बाजुराका सचिव राम बहादुर विक, पत्रकार महासंघका पदाधिकारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । विरोध सभा कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाजुरा सचिव प्रेम बहादुर रौलेले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!