
बाजुरा : नेकपा एमाले जिल्ला कमिटि बाजुराको पाँचौ बैठकले संघ र प्रदेश सरकारबाट आउने बजेटमा बाजुरा जिल्लालाई पक्षपात भएको निष्कर्ष बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । नेकपा एमाले को पाँचौ बैठकले जिल्लाको समग्र विकास निर्माणमा संघिय सरकार र प्रदेश सरकारद्वारा विनियोजित बजेटमा असन्तुलित र जिल्लाकै अपमानपुर्ण व्यवहार भएको नेकपा एमाले अध्यक्ष लाल बहादरु ओलीले बताउनु भएको छ ।
नेकपा एमाले बाजुराले सार्बजनिक गरिएको निर्णय अनुसार बिगत लामो समयदेखी बुढीगङ्गा नदी मा रहेको बेलिब्रीज अन्य ठाउँमा सार्न नसकिएको प्रती आफु दुखी भएको बताउनु छ । करिब २ करोड ५० लाख बजेटमा ब्यबस्थापन हुने कामको लागी पटक पटक संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्दा पनि वेवास्ता भएको हुँदा त्यो निकै हेपाहा प्रबृति भएको र जिल्लाको विकासमा उच्चस्तरीय राजनितीक एकता कायम गर्न आवश्यक रहेको नेकपा एमाले जिल्ला कमिटी बाजुराले जनाइको छ ।

आर्थिक बर्ष २०८२,०८३ को निती कार्यक्रम र बजेटमा जिल्लाका सबै स्थानीय तहमा पालिकाहरुले बिकास निर्माणका आयोजनाहरु कम्तीमा तीन वटा योजना प्रस्ताव गर्न निर्देशन गरेको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरि पार्टीका १८ वटा जन–संगठनका ईन्चार्ज तोकी जिम्मेवारी प्रदान गरेको नेकपा एमाले बाजुराले जनाएको छ ।
पार्टी प्रचार–प्रसार विभाग प्रमुख राजन रोकायाले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव काँशी वि.क. लगायत जिल्ला स्थित पत्रकारको सहभागीता रहेको थियो ।