
बाजुुरा : एशियन लाईफ इन्स्योरेस कम्पनी लिमिटेड बाजुराले बार्षिक उत्सवको अवसरमा बालबालिकाहरुलाई लुगाकपडा वितरण गरेको छ । १७ बर्षबाट अठारौ बर्षमा प्रवेश गरेको अवसरमा बिपन्न तथा असाहाय बालबालिकाहरुलाई लुगाकपडा सहयोग गरेको एशियन लाईफ इन्स्योरेस कम्पनी लिमिटेड बाजुराका प्रमुख विरबहादुर थापाले बताउनुभयो । विहिबार एकऔपचारिक कार्यक्रमका विच बालमन्दिर आधारभुत बिध्यालयमा अध्यायनरत ८ जना बिपन्न तथा साहाय बालबालिकाहरुलाई लत्ताकपडा बितरण गरेको उहाँले बताउनुभयो ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ बर्षको अबसरमा देशभरी रक्तदान, सामाजिक उत्तर दायित्व लगायत विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा जिल्ला शाखा बाजुराले कार्यालय भित्र केक सहित विपन्न बालबालिकाहरुलाई सहयोग गरि मनाईएको छ ।
लुगा कपडा वितरण कार्यक्रममा बालमन्धिर आधारभुत विद्यालयका अध्यक्ष सुरेस रावल,सदस्य हर्क रावलको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा शिक्षक मन बहादुर सार्की र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुराका शाखा प्रबन्धक वीर बहादुर थापाको सहभागिता रहेको थियो ।