
चैत्र २८ बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ कुडि मा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ । बुधवार राति ९ बजेको समयमा सोही नगरपालिका बिरु सार्कीकी ९ महिने नाबालिका छोरीको मृत्यु भएको हो ।
बधुबार राती वर्षा संगै चट्याङ परेको बेला नाबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार चट्याङ लागेर मृत्यु भएकी नाबालिकाकी आमा २८ बर्षकी सन्जीता सार्की घाइते भएकी छन् ।
घाईते सार्की को शरीरमा भागहरु पोलिएको छ भने उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।
