रुगम रावल रुक्सल
बुढीगंगा नगरपालिका
वडा नंं. १० बाजुरा
प्रदेश सरकारको बजेटसंग स्थानिय सरकारको अस्तित्व जोड्न सकिँदैन । स्थानिय सरकार आइसके पछि स्थानिय तहमा भएका बिकासको बारेमा बहस गरौं । बुढीगंगा नगरपालिकामा स्थानिय सरकारमा कांग्रेस जिते पछिका केही परिबर्तनहरु यस्ता रहेका छन् ।
१ स्वास्थ्य क्षेत्र– प्रत्येक वडामा स्वास्थ्य इकाई स्थापना, दुर्गम जिल्ला बाजुराको टाटेमा :बि.बि.एस.सहितको चिकित्सक सेवा, स्वास्थे चौकी देवलशैन र ब्रहमतोलामा बिद सहितको स्वास्थ्य सेवा, नगर प्रमुख आफै गाउँ स्थरमा पुगेर कोरोना चेकजाँच इत्यादि ।
२ शिक्षा क्षेत्र– प्रत्येक वडामा बिद्यालयमा भवन निर्माण, साना देखि ठुला बिद्यालयमा घेरबार , भानोदय माबी नमुना बिद्यालय, अङ्ग्रेजी, गणित र बिज्ञान बिषयमा अनुदान , धुरालशैन माबीमा प्राबिधिक पढाई सुरु, खेलमैदान, प्रत्येक बिद्यालयमा खानेपानीको बेबस्था गरिएको ।
३ सडक– नगरभित्रका प्रत्येक टोलमा सडक बिस्तार गरिएको ।
४ कृषि– देशकै पहिलो कृषकलाई पेन्सेन, कृषि अनुदान , उत्कृष्ट किसान पुरस्कार ,सिचाइ कुलो,ट्याङ्की १०० मात्रामा निर्माण
५. खानेपानी– नगरभित्रका प्रत्येक वडामा स्वच्छ खानेपानी , फालाशैन बाम्का लगाएतका बजारमा धारा जडान आदि ।
६. कर्मचारी– नगरपालिका देखि प्रत्येक वडामा स्थायी खरिदार ,स्थायी प्राबिधिक कर्मचारीको ब्यबस्था, करार स्वास्थकर्मी आदि ।
एउटै आर्थिक बर्षमा ४०/५० योजनाहरु मेयरकै नाममा अख्तियारमा पुग्छन भने काम गर्ने बाताबरण नै नभएर यति गर्नु धेरै हो। बरु नगर शिक्षक, नगर प्रहरी, नगर सडक ब्याबस्थापन जस्ता कमजोरी हुन सक्छन । गरेका कामको समर्थन गर्न सिकौं । नराम्रो बहिष्कार गरौ ।