युनिकोड    राशिफल    एफएम रेडियाे                        
157 पटक पढिएको

बिष्णु बहादुर धामी

नेपाल सांस्कृतिक संघ जिल्ला सभापति
हरेक वस्तु भित्र संघर्ष हुन्छ । किनकी कुनै पनि चिजको विकासको निमित्त संघर्ष अनिवार्य छ । त्यसैले समाजमा संघर्ष छ र संघर्ष हुनु पनी पर्दछ । त्यस्तै हरेक राजनितिक दलभित्र पनी संघर्ष हुन्छ । एउटा सानो परिवारमा समेत संघर्ष हुन्छ भने एउटा व्यक्ति आन्तरिक मन भित्र संघर्ष चलिरहेको हुन्छ । उक्त संघर्ष सत्य र असत्यका बिचमा, सहि र गलतका बिचमा, ठीक र बेठीकका बिचमा तथ्य र अतथ्यका बिचमा नै चलेको हुन्छ त्यहि संघर्षले हो एउटाले अर्कोलाई समाप्त गर्ने हो ।

एउटाले अर्कोलाई समाप्त गर्नु भनेको एउटाले अर्को माथि विजय प्राप्त गर्ने हो । हरेक बिसयबस्तुमा सर्वहारा वर्गले विजय प्राप्त गर्‍यो भने सत्यको विजय हुन्छ भने पूँजी पति वर्गले विजय प्राप्त गर्‍यो भने असत्यको विजय हुन्छ त्यस कारण कसैको प्रगती हुदैन । त्यसैले जहाँ पनि सत्यको विजयको आवश्यकता छ । त्यसैले सर्वहारा वर्ग र पार्टीको संरक्षणको विजयका निमित्त सशक्त वर्ग संघर्षको आवश्यकता पर्दछ । किनकी पुँजीपति वर्गको हातमा सत्ता छ, स्रोत छ र साधन छ । वर्गको सत्ता वदल्न, विचार, राजनीति, संगठन, प्रविधि, सहास सवै चिजको आवश्यकता पर्दछ । त्यहि संघर्ष हो सबैको बिचार बदल्न सक्ने र बिजय प्राप्त गर्ने अवसर ?

अहिले देशभर नेपाली काँग्रेसको १४ औं महाधिबेशनले पार्टीभित्रको अन्तर संघर्षको प्रतिसप्रधा चलिरहेको देखिन्छ । बडा तह पालिका जिल्ला हुदै केन्द्रसम्म कसरी आफु माथिल्लो पदमा पुग्ने भन्ने अन्तर संघर्षमा नेताहरु देखिन्छन् । महाधिवेशनको मिति नजिकिंदै गर्दा कांग्रेसमा नेतृत्वको बहसले प्राथमिकता पाएको हो ।
पार्टी भित्रको अन्तर संघर्षमा सभापती कविराज पण्डित र बरिष्ठ नेता रामसिंह रावलको अन्तीम प्रतिसप्रधा हुने देखिन्छ । जिल्लामा पार्टीको महाधिबेशनले अहिले निकै चहल पहल बढीरहेको छ । जिल्लाको नेतृत्व कस्ले लिने भन्नेमा निकै होडबाजि हुने देखिएको छ । दुई नेताबिच हुने प्रतिसप्रधामा पार्टीका सबै तहका नेता कार्यकर्तासंगको सहकार्य कस्ले बढी गरिरहेको छ गृहकार्य हुने देखिन्छ ।

व्यक्ति, परिवार वा पार्टी भित्र चल्ने संघर्ष र त्यसलाई बदल्नका निमित्त इच्छा शक्तिसहित सकारात्मक सोच चाहिन्छ र नेतृत्व पंतिमा हुनुपर्ने गुण पनी यहि हो । पहिलो रहेक व्यक्तिले आफंैभित्रका खराबीका विरुद्ध संघर्ष गर्ने आँट र हिम्मत गर्नु पर्छ त्यसकारण बजियको संकेत पनी झल्किन्छ । तब मात्र उसले आफ्ना पार्टीलाई सकारात्मक दिशामा बदल्न सक्छ । पार्टीलाई बदल्न सक्छ र समाजलाई बदल्न सक्छ । पहिला अरु भित्र होइन आफै भित्रका खराबीको खोजी गर्नु सक्नु पर्दछ । त्यसलाई सतहमा ल्याउने कोशिस गर्नु पर्छ । यो सच्चा सर्वहारा वर्गको पहिलो दायित्व हो ।
आउदो श्रावण १२ गते गाँउ अधिवेशन हुदै १६ गते नगर तथा गाँउपालिका अधिवेशन, श्रावण २० गते प्रदेश (क) र प्रदेश (ख) अनी त्यस पछि मात्र श्रावण २२ गते जिल्ला अधिवेशन हुँने समय तय भएको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन सकेर भाद्र १६ देखी १९ गते सम्म केन्द्रीय अधिवेशन हुने भएकोे छ ।
जिल्लाको नेतृत्व जस्को हातमा गएपनी सबैलाई अग्रीम शुभकामना । जय नेपाल

लेखक :– बिष्णु बहादुर धामी हाल नेपाल सांस्कृतिक संघका जिल्ला सभापित समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!