बाजुराः–मंगलबार बिहान पिलुचौरबाट जगन्नाथको काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मतका लागि टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का लगायत कर्मचारी चढेको टेलिकमकै बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएका प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक लगायत गम्भीर घाइतेलाई एम्बुलेन्समा सदरमुकाम मार्तडी ल्याउन लागिएको र उहाँहरूको पहिचान हुने क्रम जारी रहेकाले थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताउनुभयो ।जिप सडक बाट अन्दाजी ८०मिटर तल खसेको जनाइएको छ ।











