काठमाण्डौ– चर्चित गायक भुवन प्रसाद दाहाल र मनिसा साँउदको आवाजमा देउडा गीत दुर्गा देवि माता सार्वजनिक भएको छ । संगीतकार राम बहादुर दानीको शब्द संगीतमा रहेको उक्त गीत डडेल्धुरा जिल्लामा अबस्थित दुर्ग मातालाई बिषयबस्तु बनाएर तयार पारिएको हो ।
शुदुरपश्चिमको धार्मिक स्थललाई बिशष गरी यस गीतमा दुर्गा माता बिषयबस्तु बनाएर शब्द संगीतको सृजना गरिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ३ चिल्फी गाँउमा रहेको दुर्गामातालाई सम्झदै यो गीत एल्बमको निर्माण गरिएको हो ।
लामो समय सम्म नेपाली सेनामा राष्ट्र सेवकको रुपमा काम गरी सेवा निबृत्त भएका उदयमान सर्जक हिक्मत साँउदले यस गीतको उत्पादन गरेका हुँन । सांगीतिक यात्राको उहाँको यो पहिलो गीतमा शुदुरपश्चिमका चर्चित देउडा गायक भुवन प्रसाद दाहालले स्वराङ्कन गर्दा आफु निकै नै हर्षित भएको सर्जक साँउद बताउछन ।
चर्चित देउडा गीत कप्पाल भरी जौंणाको अपार सफलता पछि गायक भुवन प्रसाद दाहालसंग सहकार्य गरी यस गीतमा शब्द सृजना र संगीत भर्न पाँउदा आफु पनि निकै निनै हर्षित भएको संगीतकार एब गायक राम बहादुर दानी बताउछन ।
यस गीतमा निर्मला बोहरा र महेश साँउदले अभिनय गरेका छन भने गीतको छायाङ्कन अमित बि.क.ले गर्नु भएको छ । गीतको सम्पादन हरिश बोहराले गर्नु भएको छ भने गीतमा भैरव उप्रेती (भास्कर) ले डोनमा योगदान पुर्याएका छन । यस गीतको निर्देशन अहिलेका चर्चित निर्देशकको रुपमा चिनिनु भएका डोटेल बड्डा सुरेन्द्र संगमले गर्नु भएको छ ।
लोकतन्त्र विहानी मिडिया हाउसको उत्पादनमा रहेको यस गीतको दृष्य निर्माण श्रीराम फिल्मस्ले गरेको छ । डडेल्धुरा जिल्लाको मनमोहक रुपमा रहेका बिभिन्न ठाँउहरुमा दृष्य कैद गरिएका छन । जिल्लाको धार्मिक स्थल रहेको नवदुर्गा गाँउपालिकाका बिभिन्न रमणिय स्थलहरुमा ड्रोनको सहायताले निकै नै मनमोहक दृष्यहरु कैद गरिएका छन् ।
सुदुरपश्चिमको मौलिक संस्कृति झल्कने गरी निर्माण गरिएको यस गीतमा निकै नै मौलिकता पन झल्को छ । लोकतन्त्र बिहानी मिडिया हाउसद्वारा निर्माण गरिएको यस गीतले बेग्लै सफलता पाउने कुरामा बिश्वस्त रहेको यस गीतका सर्जक हिक्मत साँउदले लोकतन्त्र बिहानी न्युजलाई बताएका छन् ।
यस गीतको शब्द संगीत सृजना गर्न पाएकोमा आफु निकै नै खुसी रहेको कुरा बताउदै सर्जक एबं गायक राम बहादुर दानी आफुले सृजना गरेका विगतका गीतहरु जस्तै यस गीतलाई पनि दर्शक श्रोताले निकै नै मन पराउने कुरामा आफु बिश्वस्त रहेको बताएका छन् ।
यो गीतको भिडियो लोकतन्त्र विहानी मिडिया हाउसको अफिसियल युटुव च्यानेमा जेष्ठ २० गते दिउसो २ बजे सार्वजनिक हुने भएको छ । देविको अर्पणमा निर्माण गरिएको यस गीतमा त्यस क्षेत्रको भाषा, कला र साहित्यकाे साथै संस्कृतिक सम्पदाको संरक्षणमा निकै नै टेवापुग्ने कुरा यस गीतका सम्पूर्ण सर्जकहरुको आशा रहेको छ ।
गीतकाे पुरा भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला ।











