बाजुरा- जिल्लाको बडीमालिका नगवरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ९ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
पालिकाका ९ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाका ९ वडामा अनुगमन गर्दा जन्मेदेखि १५ महिनाका तीन सय ८० बालबालिका र १६ महिनादेखि ५९ महिनाका पाँच सय ८४ जना बालबालिकाहरु नियमित रुपमा खोप पाइरहेकाले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख टेकबहादुर खड्काले जानकारी दिएका छन् ।
पालिकामा बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप पाइरहेकाले बच्चाहरु कोही पनि खोपबाट बञ्चित नभएको शाखा प्रमुख खड्काले बताए ।
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए ।
नगरपालिकामा नौ सय ६४ जना बालबालिकालाई आवश्यक सबै नियमित खोप पाइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख खड्काले बताए ।
बाालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी छ ।
यहाँका बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा पूर्ण खोप अभियानलाई सफल भएको बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताए ।
पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेवीका कर्मचारी सरोकारवाला लाई धन्यबाद दिनुका साथै नियमितताको गर्न सझाव समेत दिएका थिए ।
नगर उपप्रमुख नन्दा कुमारी थापाले पालिकाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगापना बनाउँदै लैजान चुनौति रहेको छ यसको निरन्तरताको लागि स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालले प्रतिबद्ध हुन जरुरी रहेको बताएकी छन् ।
स्वास्थ्य मानव जीवनको संवेदनशिल क्षेत्र हो, स्वास्थ्यकर्मी मानव जीवनका भगवन हुन त्यसैले स्वास्थ्यकर्मीहरुले सेवा प्रति कट्टीबद्ध भएर सेवामा लाग्न सुझाव दिएको थियो ।
बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता हासिल गरेसंगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत पालिकाले खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको जनाएको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख तथा पूर्ण खोप सुनिश्चितताका संयोजक अमरबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा नगर उप प्रमुख नन्दा कुमारी थापा,९ वटै वडाका वडा अध्यक्ष, कर्मचारी लगायत सहभागी थिए । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले गरेका थिए ।











